Thursday, October 20, 2016

वर्तमान साहित्य , वर्ष -१,अंक-१



प्रगतिवादी साहित्य विशेष अङ्क 


विषय-सूची

प्रगतिवादको सैद्धान्तिक परम्परा युवा कम्युनिस्ट 
                                                                                       – प्रेमसागर पौडेल
साहित्य : संघर्ष र साधनका दुई रूप 
                                                                                       – फैज अहमद फैज
प्रगतिवादी साहित्यिक मान्यता 
                                                                                       – डा. यदु नन्दन उपाध्याय
प्रगतिवादी साहित्यका मान्यताहरू
                                                                                       – डी.आर. पोखरेल
प्रगतिवाद र साहित्य 
                                                                                       – विष्णु प्रभात
प्रगतिवादी साहित्य र यसको विशेषता  
                                                                                       – निनु चापागाईं
नयाँ जनवादी क्रान्तिमा साहित्य र कलाको भूमिका  
                                                                                       – चैतन्य
जनताको साहित्य र साहित्यकार  
                                                                                        – हरिबहादुर श्रेष्ठ



-------------------------------------

प्रगतिवादको सैद्धान्तिक परम्परा युवा कम्युनिस्ट
– प्रेमसागर पौडेल
१. विषय प्रवेश

वर्तमान समयको प्रगतिवादी साहित्यको स्वरूप र अवस्थामाथि विचार गर्दा माक्र्सवादी दर्शनले प्रभाव पारेका देशहरूमा कला–साहित्यसम्बन्धी क्षेत्रमा माक्र्सवादी चिन्तनको व्यापक असर र प्रभाव देखिन्छ । यद्यपि यसको परम्परा माक्र्सवादी दर्शनले स्पष्ट आकार लिनुभन्दा पहिलेको अवस्थाबाटै प्रारम्भ भएको मत पनि विभिन्न साहित्यिक चिन्तक एवं समालोचकहरूले राख्ने गरेका छन् । यहा“नेर के कुरामा स्पष्ट समझदारी बनाउन सकिन्छ भने जसरी विभिन्न दार्शनिक परम्पराले विकासका क्रम पार हुदै हेराल्किटस, हेगेल र फायरवाखको अवस्थासम्ममा शास्त्रीय जर्मन दर्शन समृद्ध भएर ऐतिहासिक र द्वन्द्वात्मक भौतिकवादको माक्र्सवादी दर्शनले मूर्तरूप लियो । त्यसैगरी माक्र्सवाद पूर्वीय दर्शनहरूको विकासक्रम र तिनीहरूमा अन्तरनिहित रहेको जीवनदायी, गतिशील र क्रान्तिकारी तत्वहरूको प्रभाव समकालिन साहित्यमा पर्नु स्वभाविक थियो । तसर्थ माक्र्सवादी दर्शनले मूर्तस्वरूप ग्रहण गर्नु पूर्वको अवस्थामा जसरी दर्शनको क्षेत्रमा सापेक्षिक वैज्ञानिक दृष्टिकोणहरू विकसित ह“ुदै आएका थिए, त्यसैगरी तात्कालीन समाजमा व्याप्त विभिन्न सामाजिक सम्बन्धहरूका बारेमा, विकृति र विसंगतिका विरुद्धमा स्वाभाविकरूपमा प्रश्न उठ्दथ्यो र साहित्यिक चिन्तक एवं सर्जकहरूले वस्तुगत धरातलको यथार्थतामा खडा भएर अवश्य पनि अपेक्षित भविष्य र परिणामका बारेमा आफ्ना धारणा एवं सिर्जनाहरू प्रस्तुत गर्दथे । यसरी यथार्थको यान्त्रिक चित्रण गर्ने तहबाट जब वस्तुनिष्ट यथार्थवादी प्रबृत्तिको विकास भयो । त्यही धरातलमा नै अहिलेको प्रगतिवादी साहित्यको जग रहेको छ भनी ठम्याउन सकिन्छ । त्यही जगबाट प्रारम्भ गरी नेपालको वर्तमान प्रगतिवादी साहित्यको अवस्थासम्म यसले पार गरेको कालक्रमिक अवस्थामा स्थापित परम्पराहरूको अध्ययन गरी रेखाङ्कन गर्नु यस लेखको मुख्य उद्देश्य हो । अध्ययनका क्रममा प्राप्त सूचना, विवरण र जानकारीहरूलाई व्यवस्थित प्रकारले प्रस्तुत गर्न यसको ऐतिहासिक पृष्ठभूमि, राजनैतिक एवं दार्शनिक चिन्तनको परम्परा, सौन्दर्यशास्त्रीय चिन्तन प्रणालीहरू विशिष्ट व्यक्तित्व एवं नेपालको सन्दर्भमा यहाको राजनैतिक पृष्ठभूमि, साहित्यिक पृष्ठभूमि र वर्तमान अवस्था जस्तो विभिन्न उपशिर्षकहरूको सृजना गरिएको छ ।


२. ऐतिहासिक पृष्ठभूमि
प्रगतिवादी साहित्यको सैद्धान्तिक परम्पराको ऐतिहासिक पृष्ठभूमिको अध्ययनलाई मुख्यतः यसले जग हालेको पृष्ठभूमि, यसले सुस्पष्ट दार्शनिक मार्गदर्शन प्राप्त गरेको पृष्ठभूमि, यसको विकासमा विभिन्न राजनैतिक दार्शनिक चिन्तनहरूले पु¥याएको योगदान, विभिन्न देशमा स्थापित भएका मूल परम्परा र विशिष्ट व्यक्तित्वहरूलाई स्पष्ट रेखाङ्कन गर्नु आवश्यक देखिएको छ । तसर्थ माक्र्सवादले स्पष्ट आकार ग्रहण गर्नुपूर्वको स्थिति, माक्र्सवादका संस्थापकहरू एवं यसका दार्शनिक राजनैतिक प्रवर्तकहरूले विकसित गरेको परम्परा र त्यसको आलोकमा विश्वका विभिन्न देशहरूमा विकसित परम्परा मध्ये मुख्यतः नेपालको प्रगतिवादी साहित्यको क्षेत्रमा बढी प्रभाव राख्न सफल चिन्तन प्रणाली एवं विशिष्ट व्यक्तित्वहरूलाई विभिन्न उपशिर्षकमा प्रस्तुत गरिएको छ ।

२.१. माक्र्सवाद पूर्वीय सैद्धान्तिक परम्परा

अहिलेको विश्वमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट जीवन र जगत्को अध्ययन गर्ने र त्यसलाई कलाका माध्यमबाट अभिव्यक्त गर्ने साहित्यिक सिद्धान्तका रूपमा प्रगतिवादलाई स्वीकार गरिएको छ । ‘समाजवादी यथार्थवाद’ का नामले समेत बुझ्न सकिने प्रगतिवादको विकासको प्रारम्भ तात्कालीन समाजको कला–साहित्यमा प्रचलित यथार्थवादी चिन्तन परम्पराबाट भएको देखिन्छ । दार्शनिक स्तरमा सुनिश्चित रूपमा भौतिकवादी चिन्तनको परम्परा बसी नसके पनि दर्शन, कला–साहित्यका क्षेत्रमा देखापरेको यथार्थवादी चिन्तनले भौतिकवादी चिन्तनका निम्ति पृष्ठभूमिको निर्माण गरेझै साहित्यका सन्दर्भमा पनि प्रगतिवादलाई प्रगतिवादपूर्वको यथार्थवादी चिन्तनले वस्तुपरक प्रबृत्तितर्फ अभिमुख गराउन आवश्यक मार्गदर्शन गरेको (गौतम, २०४९ ः ७)१ बताउ“छन् । मानव जातिको उत्पत्तिसंगै प्रारम्भ भएको कला–साहित्यले अपूर्व मानवीय श्रम संगसंगै विकसित हुने क्रममा सामाजिक परिघटनाहरूलाई अभिव्यक्त गर्ने विभिन्न पद्धतिको पछिल्लो कडीको रूपमा यथार्थको अंकन गर्ने चिन्तन प्रणाली विकसित गरेको देखिन्छ । पुनर्जागरणकालको आरम्भसम्म कला–साहित्यलाई दैवी शक्ति र वरदानका रूपमा सिमित गर्ने गरिएको थियो । त्यो परम्पराबाट माथि उठेर जीवनको बाह्य प्रकृति एवं मानवीय प्रवृत्तिको उद्घाटन गर्ने साहित्य सिर्जनाको थालनी रेंवलेज, सरवेन्तिज तथा शेक्सपियरले गरेको उनीहरूका कृतिमा देखिन्छ । दार्शनिक क्षेत्रमा देकार्त र बेङ्कनको यथार्थवादी चिन्तनले जीवन र जगतलाई वस्तुगत रूपमा हर्दै उदीयमान अन्तरविरोध र असंगतिलाई ठम्याएर मानवीय अस्तित्वलाई धार्मिक रुढीबाट मुक्त पार्ने जुन योगदान पु¥यायो त्यसले नै कला–साहित्यलाई माक्र्सवाद पूर्वीय वस्तुगत यथार्थवादतर्फ निर्देशित गरेको पाइन्छ । भौतिक जगतको अस्तित्वलाई चेतनाको अधिनमा राख्ने पुरानो दार्शनिक मतलाई खण्डित गर्दै देकार्तले भौतिक पदार्थलाई अस्तित्वमान यथार्थवस्तु बताएर वस्तुगत यथार्थवादी चिन्तन परम्परालाई नया“ दृष्टि प्रदान गर्ने प्रयत्न गरे पनि उनले यथार्थलाई द्वन्द्वात्मक रूपमा व्याख्या र विश्लेषण गर्न नसकेको (मिश्र, १९७३ ः ६–७)२ देखिन्छ । उनको चिन्तन मुख्यरूपमा दार्शनिक पक्षसंग सम्बद्ध भए पनि यसको प्रभाव समकालिन साहित्यमा परेको पाइएको छ ।

फ्रान्सेली राज्यक्रान्ति (१७८९ ई.) यथार्थवादी चिन्तनलाई स्पष्ट आकार लिने अनुकूलता प्रदान गर्ने पृष्ठभूमि बन्न पुग्यो । यसले सामन्तवादी राज्यसत्तालाई प“ूजीवादतर्फ संक्रमण गराइ दिए पछि चिन्तनको परम्परागत प्रणालीप्रति गहिरो सन्देह उत्पन्न हुनु स्वभाविकै थियो । आर्थिक, सामाजिक प्रणालीमा नया“ वर्ग उदीयमान भए पनि त्यसले सामाजिक अन्तरविरोधहरूलाई ठीक प्रकारले संबोधन गर्न सकेको थिएन । पुराना विसंगतिको थुप्रो लिएर फ्रान्सको पू“जीवादसंगै प्रकट भएको पू“जीपतिवर्गका नया“ सामाजिक मूल्यहरू उसकै सांस्कृतिक विरासदले गर्दा जब कामयावी बनेनन् तब त्यो असंगतिले समकालिन समाजको यथार्थवादी साहित्य चिन्तनमा मुख्य भूमिका खेल्यो । यथार्थवादी दृष्टिबाट सम्पन्न रचनाकारले मात्र प्राप्त गर्न सक्ने सफलता यस समयका यथार्थवादी रचनाकारहरूले प्राप्त गरेको दृष्टिकोण (सुखोव, १९७० ः २३)३ राख्दछन् । अठारौं शताब्दीको दार्शनिक परम्परालाई विश्लेषण गर्ने क्रममा राल्फ फक्सले आदर्शवादका विरुद्ध अठारौं शताब्दीले डटेर मुकाविला गरेको बताउदै यथार्थवादी साहित्यिक आन्दोलन उपन्यास संगसंगै देखापरेको ठान्दछन् । अठारौं शताब्दीलाई ‘उपन्यासको स्वर्ण युग’ बताउने फक्सले युग सत्यलाई निर्भिकतासाथ चित्रण गर्ने प्रवृत्तिका कारणले यथार्थवाद विकसित हुन सकेको मत राख्दछन् । त्यस बेलाको यथार्थवादले सामाजिक सम्बन्धका आधारभूत अन्तरविरोधहरूलाई ठम्याउन र त्यसको समाधानका वैज्ञानिक आधारहरू प्रस्तुत गर्न नसके पनि पू“जीवादी पद्धतिमा देखिएका खराब पक्षहरू एवं विघटन हु“दै गएको पतनशील सामन्तवादी समाजका स्वरूपहरूको यथार्थ चित्रण गर्न यथार्थवादी साहित्य चिन्तन समक्ष थियो भन्ने मतहरू पाइन्छन् ।


उन्नाइसौं शताब्दीमा दर्शनको क्षेत्रमा यथार्थवाद बढी समृद्ध र विकसित हुन पुग्यो । त्यसबेलाका अग्रणी दार्शनिकहरू अन्स्र्ट माख, हेगेल र फायरवाखले यस धाराको विकासमा नया“ दृष्टि र महŒवपूर्ण योगदान दिए । इन्द्रिय संवेदनाको जटिलतालाई नै यथार्थ बताएर यसैलाई प्राथमिकता दिई वस्तुगत जगतपति अभिमूख हुनुलाई सही यथार्थदृष्टि बताउने अन्स्र्ट माखको दर्शनले यथार्थ जगतको वस्तुपरकतालाई ठम्याउन सकेको थिएन । यसै अवधिमा फायरवाखको यान्त्रिक भौतिकवादी दृष्टिकोण र हेगेलको ‘आदर्शवादी यथार्थवाद’ यथार्थवादको परम्परा देखा परे । द्वन्द्ववादलाई स्वीकार्ने तर आदर्शवादलाई त्याग्न नसक्ने हेगेल र भौतिवादलाई स्वीकार्ने तर द्वन्द्ववालाई आत्मसात् गर्न नसक्ने फायरवाखको दर्शनमा चिन्तनसम्बन्धी गम्भीर कमजोरी रहेको भए पनि यसले यथार्थवादी रचना पद्धतीमा पर्याप्त नविनताहरू थपेको टिप्पणी दार्शनिकहरूले गरेका छन् । यी विविध दृष्टिकोण, मान्यता र विश्लेषणलाई आधार बनाएर हेर्दा माक्र्सवादको विकास हुनु पूर्व विद्यमान दार्शनिक चिन्तन परम्परा यथार्थवादी भएको र यही पृष्ठभूमिले नै माक्र्सवादी दर्शन र प्रगतिवादी साहित्यलाई स्पष्ट दृष्टिकोण, नविनतम मूल्य र मान्यताका साथ विकसित हुने आधार प्रदान गरेको मानिन्छ ।


माक्र्सवाद पूर्वको वस्तुगत यथार्थवादी दार्शनिक परम्परा जसमा हेगेलको आदर्शवाद र फायरवाखको यान्त्रिक भौतिकवाद मुख्यतः प्रभावशाली थिए, त्यसकै वरिपरि समकालिन साहित्यको चिन्तन परम्परा सिमित भएको पाइन्छ । यद्यपि उनीहरूको भूमिका र योगदानले सामाजिक विकासका सिद्धान्तलाई सम्बद्ध पारेको थियो । बेलिन्स्की, गेर्चेन, चेर्निशेभ्स्की जस्ता उन्नाइसौं शताब्दीका रसियाली क्रान्तिकारी प्रजातन्त्रवादीहरूले पनि सामाजिक विकासको सिद्धान्तमा ठूलो योगदान पु¥याएका थिए । सामाजिक विकासमा अर्थतन्त्रको भूमिका, इतिहासको निर्माणमा जनताको देन, शोषकहरू र शोषितहरूको वर्गीय हितमा देखिने विरोधाभाष, दर्शनशास्त्र, साहित्य–कला, इत्यादिको वर्गीय चरित्रबारे उनीहरूले आफ्नो समयको निम्ति गहकिलो विचार पोखेका थिए (आफानासेयभ, २०५४ ः २२०)४ । दासप्रथा तथा सामन्तवादको तीव्र आलोचना गर्ने क्रान्तिकारी विचारक विस्सारियन ग्रिगेरियेविच बेलिन्स्की आफ्ना सिर्जनाहरू मार्फत तात्कालीन अवस्थाको घृणास्पद वास्तविकताप्रति सशक्त विद्रोह, साहित्यकारमा हुनुपर्ने जनप्रतिबद्धता, जीवनको आन्तरिक र बाह्रय चित्रणमा यथार्थताको आग्रह एवं वास्तविकता यथार्थ एवं कलात्मक यथार्थका बीचको अन्तर सम्बन्ध आदि विषयहरूलाई मुखरित गर्न (अनु. नागर, १९८० २६–२८)५ सफल देखिएका छन् । सामाजिक रूपान्तरणको आन्दोलनमा सक्रियतापूर्वक क्रियाशील रहदा जेल एवं निर्वासनको सजाय समेत भोगेका अलेक्जेण्डर इवानोवीच हर्जनको समेत विशिष्ट र मौलिक योगदान पाइन्छ । ‘शास्त्रीयतावाद र स्वच्छन्दतावाद’, ‘पुरातन र नवीनको सङ्घर्ष’ ‘शास्त्रवादको उदय’ आदि जस्ता प्रसस्त रचनाहरू मार्फत हर्जनले प्रचलित साहित्यिक परम्पराका विशेषता र सिमाहरूलाई विश्लेषण गरेर यथार्थ जगतका सापेक्षतामा कलात्मक चिन्तन र साहित्यको मूल्यांकन गर्ने वस्तुवादी प्रबृत्तिको विकास गरेको पाइन्छ । साहित्यकारबाट स्पष्टतः विश्वदृष्टिकोणको अपेक्षा गर्ने हर्जनले विश्वदृष्टिकोणको सापेक्षतामा कला–साहित्यलाई हेर्नु पर्ने मत राख्दछन् ।


माक्र्सवादी दर्शनका संस्थापक माक्र्स–एंगेल्सले महान रुसी विद्वान, आलोचक एवं चिन्तकका रूपमा आफ्ना साहित्यहरूमा प्रसस्त चर्चा गरेका निकोलाई ग्राबिलोविच चेर्निशेब्स्कीले माक्र्सवाद पूर्वको कला–साहित्यसम्बन्धी दृष्टिकोणलाई नया“ दिशा दिएका छन् । फायरवाखको यान्त्रिक भौतिकवादीे दर्शनस“ग सम्बद्ध ह“ुदाह“ुदै पनि इतिहास सम्बन्धी विषयगत, समाजदर्शन तथा समाजको आलोचनाको सन्दर्भमा उनले फायरवाखका दार्शनिक सीमाको अतिक्रमण समेत गरेका छन् र नया“ क्रान्तिकारी विन्दुको खोज तथा त्यसलाई प्राप्त गर्ने पद्दतिका क्रममा असंगति तथा अन्तरविरोधबाट ग्रस्त भए पनि भविष्यका केही महŒवपूर्ण दिशाको संकेत उनीबाट हुन गएको जर्ज लुकासको (नागर, १९८० ः १०२)६ मत रहेको छ । ‘रुसी साहित्यको गोगोल युग’, ‘सौन्दर्य र कलाकार’, ‘कविको कृतित्व’, ‘चरित्र चित्रण’, ‘बेलिन्स्कीको युग’, ‘वास्तविकताको ज्ञान’ जस्ता कैयन महŒवपूर्ण रचनाका स्रष्टा चेर्निशेब्स्कीले साहित्य र यथार्थ जगतको तथा यथार्थ जगत र सौन्दर्यका बीचको अन्तरसम्बन्ध प्रष्ट पार्दै प्रकृति तथा मानव जीवनका सन्दर्भमा सौन्दर्यको भौतिकवादी व्याख्या प्रस्तुत गरेर समकालिन चिन्तन परम्परालाई विशिष्टता प्रदान गरेका छन् ।

माक्र्सवाद पूर्व विशिष्ट प्रगतिवादी चिन्तकका रूपमा दोब्रोल्यूबोबले दास प्रथा, जारशाही शासन र सामन्तवादी पू“जीवादी व्यवस्थाका कुरूपताको कडा आलोचना गर्दै दर्शन, राजनीति र साहित्य सिर्जनामा आफूलाई सक्रिय पारे । ‘अध्यारो राज्यमा’, ‘रुसी जीवनको चित्रणका विशिष्टताहरू’, ‘कलाकारको धर्म’, ‘आलोचक र कलाकार’, ‘कलाकारको दृष्टिकोण’, ‘यथार्थवादी आलोचक’, ‘कलाको कसौटी’, ‘आलोचनाको शैली’, ‘हाम्रा कथाकारहरू’, (नागर, १९८० ः २०९–२५६)७ जस्ता कैयन सृजनाहरूमार्फत् दोब्रोल्यूबोबले साहित्यको स्वरूप, कार्यशैली तथा कला–साहित्य र आलोचनाको दायित्व आदिबारे वस्तुवादी दृष्टिकोण प्रस्तुत गर्ने प्रयत्न गरेका छन् । यथार्थ र कलात्मक प्रतिबिम्बका बीचको अन्तरसम्बन्ध तथा कलात्मक प्रतिविम्बन र लेखकीय दृष्टिकोणका बीचको वस्तुगत सम्बन्ध आदि विषयलाई उनले आफ्ना मौलिक चिन्तकहरू मार्फत् महŒवपूर्ण योगदान दिएका छन् ।

भाववादी धरातलमा रहेको साहित्य चिन्तन परम्परालाई यथार्थवादी जगमा ल्याईपु¥याउन उल्लेखनीय कदम चालिएको योे चरणको चिन्तन परम्पराले निश्चित प्रगतिवादी मान्यतालाई समेत स्थापित गरेको निष्कर्ष निकाल्न सकिन्छ । यसले प्रथमतः कला–साहित्य र युगिन परिस्थितिका बीचमा वस्तुगत अन्तरसम्बन्धको आवश्यकता देख्दछ । ‘साहित्यलाई समाजको ऐना’ ठान्ने परम्परागत मान्यतामा सन्देह प्रकट गरी समाजलाई जनताको अर्थमा प्रयोग गर्ने जनपक्षीय धारणा राख्दै साहित्यलाई जनताको दर्पण अथवा समग्र मानव जातिको आन्तरिक जीवनको दर्पण र त्यसको प्रतीक ठान्दछ । श्रम र कला चेतनालाई अन्तर सम्बन्धित देख्नु यसको तेस्रो मान्यता हो भने कलात्मकरूप वस्तुगत गुणलाई स्वीकारी वस्तुगत जगतको कलात्मक सृजनालाई आत्मसात गर्ने अर्काे मान्यता पनि स्थापित भएको देखिन्छ । यस चरणको प्रगतिवादी मान्यताले साहित्यमा समग्र मानवीय भावहरूको अपेक्षा गरेको वस्तुनिष्ठता मात्र नभएर त्यसको सजीव चित्रणलाई विशेष महŒव दिएको देखिन्छ ।

२.२. माक्र्सवादी चिन्तन परम्परा

कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सद्वारा प्रतिपादित माक्र्सवाद द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन थियो । त्यसको स्थापनाले प्रगतिवादलाई निश्चित दार्शनिक आधार प्रदान ग¥यो । माक्र्स–एंगेल्सले बृहत्तररूपमा कला–साहित्य सम्बन्धी चिन्तकका रूपमा खास सक्रियता नदेखाएका भए पनि समाज विकासका विभिन्न पक्षहरूको व्याख्या, विश्लेषण गर्ने क्रममा त्यसको एक महŒवपूर्ण शाखाका रूपमा रहेको कला–साहित्यबारे चिन्तन गरेका छन् । उनीहरूले द्वन्द्वात्मक एवं ऐतिहासिक भौतिकवादको वैज्ञानिक दर्शनका आधारमा कला–साहित्यका बारेमा विस्तृत अवधारणाहरू अगाडि सारेका छन् । सर्वप्रथम सौन्दर्यबोधको प्रादुर्भाव कसरी भयो भन्ने प्रश्नलाई भौतिकवादी ढंगले समाधान गर्दै माक्र्स एंगेल्सले– मानिसको कलात्मक प्रतिभा, सौन्दर्य विज्ञानको दृष्टिले जगतको अध्ययन गर्ने उसको क्षमता, सौन्दर्यबोधको प्रतिभा र कला कृतिहरूको सिर्जना गर्ने योग्यता मानव समाजको दीर्घकालीन विकासको फलस्वरूप उत्पन्न भएका हुन् र यी कुरा मानव श्रमका नतिजा हुन् (माक्र्स–एंगेल्स, २०६३ ः १२७–१३२)८ भनेर स्पष्टतापूर्वक यो प्रश्नलाई भौतिकवादको जगमा खडा गरिदिएको पाइन्छ ।


कलाको विकासमा सापेक्षिक स्वतन्त्रतालाई एउटा विशिष्टता ठान्दै कला कृतिहरू ऐतिहासिक दृष्टिले निश्चित सामाजिक रूपहरूसंग जोडिएका भए पनि ती रूपहरू नष्ट हुने बित्तिकै तिनको महŒव हराउ“छ भन्ने कुरालाई माक्र्सवादले सही मान्दैन । यस सन्दर्भमा माक्र्सले प्राचीन युनानी कला तथा महाकाव्यहरूको दृष्टान्त प्रस्तुत गरेका छन् । त्यसले आज पनि हामीलाई बौद्धिक सन्तुष्टि प्रदान गरेको बताउदै कतिपय कुराहरूमा एक आदर्श र अलभ्य नमुना बनिरहेको विश्वास प्रकट गर्दछन् । माक्र्सले यस प्रकारका घटनाको अत्यन्त सारगर्भित व्याख्या प्रस्तुत गर्दै भनेका छन्– यसको कारण के हो भने युनानी कलाले मानव जातिको लागि लाक्षणिक विकासका ती प्रारम्भिक चरणहरूमा, उसको तथाकथित बालककालमा विद्यमान वास्तविकताको सरल, स्वस्थ्य तथा स्वाभाविक अनुभूतिलाई प्रतिविम्बित गर्दछ, त्यस ‘नैसर्गिक सत्य’ को कामनालाई प्रतिविम्बित गर्दछ, जसको आफ्नै अनुपम आकर्षण र सबैमाथि समानरूपले लागू हुने विशिष्ट संमोहन छ (माक्र्स–एंगेल्स, २०६३ ः ८८)९ भनेका छन् । माक्र्स–एंगेल्सले आफ्ना कृतिहरूमा प्रतिपक्षतापूर्ण समाजमा कलाको वर्गीय चरित्रबारे कतिपय अत्यन्त सारगर्भित विचार प्रकट गरेका छन् । ती महान् लेखकहरूले समेत, जो आफ्नो वर्गीय स्थितिको विपरित पनि यथार्थ जीवनको सही तथा सर्वाङ्गीण चित्र प्रस्तुत गर्न समर्थ हुन्छन्, वर्गीय समाजको अवस्थामा सत्तारुढ वर्गहरूको विचार र स्वार्थको भार अनुभव गर्दछन् र आफ्ना कला कृतिहरूमा उनीहरूलाई महŒवपूर्ण छुट दिन पुग्दछन् भन्ने कुरा उनीहरूले देखाएका छन् । ग्योटे, शिलेर, बाल्जाक तथा अन्य लेखकहरूको दृष्टान्तमा माक्र्स र एंगेल्सले ती लेखकहरूको लागि लाक्षणिक विरोधाभास उनीहरूको मनोस्थितिको विशुद्ध व्यक्तिगत विशेषता नभएर सामाजिक जीवनका वास्तविक अन्तर विरोधहरूको वैचारिक प्रतिबिम्ब हो भन्ने देखाएका छन् ।

कलालाई वर्गहरूको बीचमा वैचारिक सङ्घर्षको महŒवपूर्ण हतियार बताउ“दै माक्र्सवादका संस्थापकहरूले कलाले शोषकहरूको सत्ता बलियो पार्ने मात्रै होइन, त्यसलाई हल्लाउन पनि सक्छ, वर्गीय उत्पीडनको संरक्षण गर्न सक्दछ, अथवा यसको विपरित श्रमजीवी जनताको आत्मचेतनाको विकासमा सहयोगी पनि बन्न सक्दछ (माक्र्स–एंगेल्स, २०६३ ः २०)१० भनेका छन् । उनीहरूका अनुसार वर्ग भनेको सदासर्वदाको लागि निर्धारित तथा अपरिवर्तनशील कुरा होइन । ऐतिहासिक विकासको क्रममा वर्गहरूका बीचको पारस्परिक सम्बन्ध बदलिंदै जान्छ, सामाजिक, जीवनमा तिनको भूमिका आधारभूतरूपमा बदलिन्छ । तसर्थ ज्ञानसम्बन्धी आफ्नो द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तलाई कला–साहित्यको विश्लेषणमा प्रयोग गर्दै कुन दृष्टिकोण निर्माण गरेको पाइन्छ भने कलाकृति वास्तविकतालाई प्रतिबिम्बित गर्ने मात्रै नभएर त्यसलाई अनुभव गर्ने र चिन्ने पनि साधन हो, यो मानव जातिको बौद्धिक विकासमा प्रभाव पार्ने सबैभन्दा प्रवल यन्त्र हो ।


इतिहास र ऐतिहासिक घटनाक्रमहरूको विश्लेषण गर्ने माक्र्सवादी दृष्टिकोणले पूर्ववर्ती यथार्थवादी दर्शनको कालमा भएका साहित्यिक चिन्तन र प्रभावको वैज्ञानिक र तथ्यपरक मूल्यांकन गर्द प्रगतिवादी साहित्य चिन्तनको परम्परालाई समृद्ध पारेको देखिन्छ । पूर्ववर्ती यथार्थवादलाई परिभाषित गर्दै एंगेल्सले यथार्थवादको तात्पर्य सही विवरणको अतिरिक्त सामान्य चरित्रहरू तथा सामान्य अवस्थाको यथार्थ चित्रण बताएका छन् । माक्र्स–एंगेल्सले यथार्थवादी चित्रणलाई वास्तविकताको काटीकुटी नक्कल नभएर घटनाहरूको सारसम्म पुग्ने तरिका, कलात्मक सामान्यीकरणको एउटा विधि र निश्चित युगका लाक्षणिक विशेषताहरूको उद्घाटन गर्ने पद्दति (माक्र्स–एंगेल्स, २०६३ ः ९४)११ बताएका छन् । शेक्सपियर, सेर्भान्तेस, ग्योटे, बाल्जाक, पुश्किन तथा अन्य यथार्थवादी साहित्यकारहरूको रचनामा उनीहरूले यसै गुणलाई सबैभन्दा बढी महŒव दिएका छन् । माक्र्सले डिक्केन्ज, थ्याक्करे, ब्रोन्टे र गास्केल जस्ता उन्नाइसौं शताब्दीका अंग्रेज यथार्थवादीहरूलाई उपन्यासकारहरूको त्यस्तो चम्किलो तारामण्डल भनेका छन्– जसका सजीव तथा ओजपूर्ण पुस्तकहरूमा सबै पेसेवर राजनीतिज्ञहरू, पत्रकारहरू तथा नैतिकतावादीहरू मिलेर प्रस्तुत गरेका राजनीतिक तथा सामाजिक सत्यभन्दा कता हो कता बढी मात्रामा राजनीतिक तथा सामाजिक सत्य प्रस्तुत गरिएको छ (माक्र्स–एंगेल्स, २०६३ ः २९०)१२ ।

कुनै पनि कलाकृतिको लागि सत्य चित्रण, चित्रित घटनाहरूप्रति निश्चित ऐतिहासिक दृष्टिकोण र पात्रहरूमा त्यस्ता सजीव, व्यक्तिगत गुणहरू आवश्यक हुन्छन् जसले त्यस्तो वर्गीय परिवेशको चरित्र र मनोस्थिति व्यक्त गर्दछ भन्ने दृष्टिकोण माक्र्स–एंगेल्सको पाइन्छ । वास्तविक यथार्थवादी कलाकृतिका रचनाकारले पाण्डित्यपूर्ण दर्शन छा“टेर होइन, बरु त्यस्ता प्रतिभाशाली प्रतिभाहरूको माध्यमबाट पाठक समक्ष आफ्नो विचार प्रकट गर्दछ, जसले कलात्मक अभिव्यञ्जनाद्वारा पाठकको मस्तिष्क र हृदयलाई प्रभावित तुल्याउ“छ । साहित्यलाई राजनीतिमाथि उभ्याउने प्रयत्न र ‘कला कलाको लागि’ भन्ने जस्ता सिद्धान्तको तीव्र आलोचना गर्दै यथार्थवादी लेखकहरूका कृतिहरूमा प्रगतिशील दृष्टिकोण प्रतिविम्बित हुनुपर्छ, यी कृतिहरू प्रगतिशील विचारधाराद्वारा ओतप्रोत हुनुपर्छ र वास्तवमा नै आफ्नो समयका जल्दाबल्दा समस्यासंग गा“सिएको हुनुपर्छ भन्ने स्पष्ट धारणा माक्र्स–एंगेल्सको रहेको छ । उनीहरूको यो विचारले साहित्यमा पक्षधरता र विचारधारात्मक तथा राजनीतिक प्रतिबद्धतालाई स्पष्टरूपमा निर्देश गरेको छ । ‘म सामान्यरूपमा पक्षधर काव्यको विरोधी होइन’ भन्ने सन्दर्भ जर्मन लेखिका मिन्ना काउत्स्कीलाई लेख्दै एंगेल्सले भनेका छन्– बियोगान्त साहित्यका जन्मदाता एरिखलुस र प्रहसनका जन्मदाता आरिस्तोफान दुवै अत्यन्त प्रयोजनमुखी कवि थिए । दान्ते र सेर्भान्तेस पनि कम प्रयोजनमुखी थिएनन् र शिलेरको कृति ‘विश्वासघात र प्रेम’ को मुख्य विशेषता नै के छ भने यो पहिलो जर्मन राजनीतिक प्रयोजनमुखी नाटक थियो । उत्कृष्टतम् उपन्यासहरूको रचना गर्ने सबै आधुनिक रुसी तथा नर्वेली लेखकहरू प्रयोजनमुखी छन् (माक्र्स–एंगेल्स, २०६३ ः ९२)१३ भन्ने एंगेल्सको भनाइबाट साहित्यमा पक्षधरता र विचारधारात्मक तथा राजनीतिक प्रतिबद्धताको आवश्यकता राम्ररी प्रष्टिन्छ । आफ्ना रचनाहरूमा व्यक्त दृष्टिकोणहरूले माक्र्स–एंगेल्स एकलका“टे नीति प्रवचन, कलात्मक विधिको स्थानमा उपदेशवादी तथा सजीव प्रतिभाहरूलाई एकनासे रूपरेखा परिणत गर्ने कुरालाई स्विकार गर्दैनथे भन्ने बुझिन्छ ।

साहित्य चिन्तनको लामो ऐतिहासिक परम्परा र समकालीन विश्वमा प्रचलित मुख्यमुख्य चिन्तन प्रबृत्तिहरूको गहन विश्लेषण गरेर माक्र्सवादी दर्शन वा माक्र्सवादी साहित्यिक चिन्तनले प्रगतिवादी साहित्यलाई गहनतम् जीवन क्रियाहरूको यथार्थको अभिव्यक्ता बनाएको छ । प्रगतिशील साहित्य अग्रणी विचारको उद्घोषक र समाजका प्रगतिशील शक्तिहरूको हितको रक्षकका रूपमा स्थापित गरेको छ । पू“जीवादी समाजमा कलाको विकासमा देखिने विरोधाभासपूर्ण चरित्रलाई सम्पूर्ण बुर्जुजा समाजकै अन्तरविरोधपूर्ण प्रकृतिको अभिव्यक्तिका रूपमा विश्लेषण गर्दै माक्र्सवादका संस्थापकहरूले केवल सर्वहारा क्रान्ति तथा सामाजिक पुननिर्माणको आधारमा मात्रै कलात्मक रचनाको क्षेत्रमा रहेका अन्तरविरोधको समाधान गर्न सकिने मान्यतालाई विकसित पारेका छन् । नया“ साम्यवादी समाजका आधारभूत गुणहरूको परिकल्पनामा अनुपम दुरदर्शिता देखाएको माक्र्सवादी चिन्तन परम्पराले साम्यवादलाई सबैभन्दा पहिले व्यक्तिको सर्वतोमुखी सामाञ्जस्यपूर्ण विकासको लागि आवश्यक वास्तविक स्वतन्त्रता भनेको छ । यस दृष्टिकोणलाई पुष्टि गर्दै माक्र्सले– स्वतन्त्रताको राज्य वस्तुतः केवल त्यही मात्रै सुरु हुन्छ, जहा वाध्यता र सांसारिक आवश्यकताद्वारा निर्धारित श्रमको अन्त्य हुन्छ (माक्र्स–एंगेल्स, २०६३ ः ९२)१४ भनेका छन् ।

माक्र्सवादी साहित्यिक चिन्तन परम्पराले वस्तुगत यथार्थवादको लहरोमा अल्झिरहेको प्रगतिवादलाई दार्शनिक, राजनैतिक र साहित्य सम्पूर्ण पक्ष र आयामहरूमा विकसित तुल्याएर समाजवादी यथार्थवादको दार्शनिक धरातलमा खडा गर्ने कार्य ग¥यो । शोषणबाट मुक्त श्रम समाजवादी व्यवस्थाका सम्पूर्ण बौद्धिक र सौन्दर्यात्मक सिर्जना प्रतिभाको स्रोत बन्ने भविष्यप्रतिको अनुपम दुरदर्शिताका साथ साम्यवादी समाज स्थापनाको कार्यभार उद्धेश्य र प्रयोजन प्रस्ट्यायो । यसका लागि प्रगतिवादी साहित्यले अग्रणी विचारको उद्घोषक बन्दै प्रगतिशील शक्तिहरूको हितको रक्षकका रूपमा आफूलाई क्रियाशील पार्नुपर्ने अवस्था समेत प्रस्ट्यायो । वास्तविक आर्थिक, राजनैतिक तथा बौद्धिक स्वतन्त्रताको वातारणमा मात्रै मानिसको सृजन प्रतिभाले पूर्णरूपमा विकास गर्न सक्ने प्रष्टाउदै सर्वहारा क्रान्तिले मात्रै बौद्धिक संस्कृतिको विकासका असिमित सम्भावनाहरू उत्पन्न गर्ने कुरा ठम्यायो । जगतको साम्यवादी पुनर्निर्माणलाई नै सर्वहारावर्गको महान् र ऐतिहासिक दायित्व ठानेन माक्र्सवादले त्यस्तो दायित्व पूरा गर्ने, संसारलाई बदल्न सक्ने, अर्थतन्त्र र राजनीति मात्रै नभएर संस्कृतिको क्षेत्रमा पनि उत्तरोत्तर विकासका ढोकाहरू खोल्दै मानव जातिका उच्चतम नैतिक एवं सौन्दर्यात्मक मूल्यहरूलाई मूर्तरूप दिन सामथ्र्यवान शक्ति सर्वहारावर्ग मात्र रहेको निष्कर्ष प्रस्तुत ग¥यो ।

माक्र्सवादी दर्शनका संस्थापक माक्र्स–एंगेल्सले दर्शन, राजनीति, अर्थशास्त्र आदि विभिन्न वैचारिक एवं संगठनात्मक कार्यको अत्यन्त व्यस्थताका बीच साहित्यिक चिन्तन र कला–साहित्यसम्बन्धी माक्र्सवादी अवधारणाको विकास मात्र गरेनन् आफ्नो जमानाका सर्वाेत्तम प्रगतिशील लेखकहरू तयार पार्ने, उनीहरूलाई समाजवादी आन्दोलनभित्र तान्ने, उनीहरूका रचनाहरूमा देखापरेका कमजोरीहरूलाई हटाउन मद्दत गरी साहित्यमा सर्वहारा क्रान्तिकारी परम्परालाई अगाडि बढाउन महŒवपूर्ण योगदान समेत पु¥याए । जर्मन कवि हाइनरिख हाइने त्यसका ज्वलन्त उदाहरण थिए । ‘सिलेजिएनका जुलाहाहरू’ र ‘जर्मनी जाडोको कथा’ जस्ता कविताका सर्जक हाइनेलाई ‘आधुनिक जर्मन कविहरू मध्ये सबैभन्दा महान् कवि’ (माक्र्स–एंगेल्स, २०६३ ः ३००)१५ भनेर एंगेल्सले उनका सृजना संग्रहको समेत मूल्यांकन गरेका छन् । १८४८–४९ ई. को क्रान्तिको समयमा माक्र्स–एंगेल्ससंग घनिष्ट मित्रका रूपमा का“धमा का“ध मिलाएर सक्रिय जर्मन कविहरू गेओर्ग भेएर्त र फेर्दिनान्द फ्रेइलिग्राथले पनि यो साहित्यिक चिन्तन परम्परालाई विकसित पार्न महŒवपुर्ण योगदान पु¥याए । भेएर्तको मृत्युपछि उनका साहित्यिक रचनाहरूको संकलन र जर्मन सामाजिक जनवादी पत्रपत्रिकामा प्रकाशित गरेर व्यापक प्रचार प्रसार गर्ने कार्य स्वयं माक्र्स र एंगेल्सले गरेका थिए । माक्र्सवादी दर्शन र माक्र्स–एंगेल्सको साहित्यिक परम्पराले नै १८४८–४९ ई. मा जर्मन क्रान्तिकारी काव्यका विभूतिहरूको पंक्तिमा फेइलिग्राथ उभिन पुगे । माक्र्सको मृत्युपछि नवौं र अन्तिम दशकमा यो साहित्यिक चिन्तनको परम्परालाई अगाडि बढाउन एंगेल्सले अथक प्रयत्नलाई जारी राखे । उनले यस समयमा पनि त्यस किसिमका लेखक तथा कलाकारहरू तयार पार्ने प्रयास गरिरहे, जसले शास्त्रीय साहित्यका सर्वाेत्तम परम्परालाई आत्मसात गर्दै सर्वहारावर्गका मुक्ति संग्राममा सक्रिय भाग लिन सकून, क्रान्तिकारी सङ्घर्षका अनुभव तथा कार्यभारहरूको व्यापक समझदारीको आधारमा अग्रसर हुन सकुन ।

२.३. विशिष्ट माक्र्सवादी विचारकहरूको चिन्तन परम्परा

कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सले स्थापना गरेको माक्र्सवाद विभिन्न चरणहरूमा विकसित ह“ुदै आएको छ । प्रतिस्पर्धात्मक पू“जीवादको एउटा विशिष्ट चरणमा माक्र्स–एंगेल्सद्वारा प्रतिपादित सिद्धान्तलाई देश, काल र परिस्थितिअनुसार विकसित गर्ने क्रममा संसारमा धेरै ठूलठूला उथलपुथलहरू भए । उत्पादन प्रणाली र समग्र सामाजिक सम्बन्धहरूमाथि आएको परिवर्तनले माक्र्सवादलाई विकसित तुल्यायो । यस क्रममा माक्र्सवादको विकास र प्रवद्र्धनमा उल्लेखनीय योगदान दिने महान् राजनैतिक चिन्तकहरू देखा परे । तसर्थ अहिलेको सन्दर्भमा माक्र्सवाद भन्नाले माक्र्स–एंगेल्सद्वारा प्रतिपादित सिद्धान्त मात्र नभएर त्यसको प्रयोग र व्यवहारको विशिष्टतामा मुख्यतः लेनिन, स्टालिन र माओसम्मका योगदानहरूको समष्टीलाई बुझिन्छ । यसबाट के कुरा प्रष्ट हुन्छ भने अहिलेको माक्र्सवाद भनेको ‘माक्र्सवाद, लेनिनवाद, माओविचारधारा’ हो । यद्यपि यस दर्शनलाई मार्गनिर्देशक ठान्ने नेपालका कम्युनिस्ट पार्टीहरू विभिन्न समूहमा विभाजित रहेको अवस्था छ र उनीहरूको माक्र्सवाद–लेनिनवाद प्रति मोटो समझदारीमा समानता रहे पनि माओका योगदानको मूल्यांकनका प्रश्नमा बेग्लाबेग्लै मान्यताहरू राख्दछन् । माओका विचार र योगदानलाई वादकै रूपमा परिभाषित गर्ने, तिनीहरूलाई विचारधाराको रूपमा आत्मसात गर्ने र माओका विचार र योगदानलाई सिद्धान्तका रूपमा आत्मसात नगर्ने मूलतः तीनवटा प्रवृत्तिहरू देखापरेका भए पनि तथ्यहरूको अध्ययनले अहिलेको माक्र्सवाद भनेको ‘माक्र्सवाद, लेनिनवाद, माओविचारधारा’ हो भन्ने वैज्ञानिक र ठोस आधारहरू प्रदान गरेको पाइन्छ । यद्यपि माओका योगदानहरूको दार्शनिक र राजनैतिक मूल्यहरू खोज्ने विषय यस अध्ययनको मूल विषय नभएकाले राजनैतिक दार्शनिक विवादको छानविनलाई यहा“नेर महŒव दिनु आवश्यक देखिंदैन । यहा“ स्पष्ट हुनुपर्ने एउटा मात्र कुरा के छ भने माक्र्स–एंगेल्सको प्रतिस्पर्धात्मक पू“जीवादी युग पछाडि विश्व जब साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा प्रवेश ग¥यो, त्यसले माक्र्सवादलाई विकसित गर्दै लेनिनवादको स्थापना ग¥यो । पछि अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाका राष्ट्रहरूलाई सामन्त, दलाल एवं औपनिवेशिक शक्तिको पंजाबाट मुक्त गर्ने सन्दर्भमा माओ त्से तुङले विशिष्ट योगदान दिए र नया“ जनवादी क्रान्तिको बाटोलाई अवलम्बन गरेर माक्र्सवाद, लेनिनवादको सफलतापूर्वक प्रयोग गर्न माओ त्से तुङ सफल भए । राजनैतिक सङ्घर्षको कुरा मात्र होइन, द्वन्दवादका नियमहरूलाई व्यापक अर्थमा परिभाषित गर्दै स्पष्ट दार्शनिक समझदारीको विकास गर्न माओसम्मका योगदानहरू अत्यन्त महŒवपूर्ण रहेकाले र माक्र्सवादी दर्शनकै अंगका रूपमा यी विचार र मान्यताहरू विकसित भएकाले बेग्लाबेग्लै देश, काल र परिस्थितिमा विकसित भए पनि लेनिन, स्टालिन र माओ त्से तुङका योगदानलाई माक्र्सवादकै अंगका रूपमा आत्मसात गर्नुपर्दछ । तसर्थ लेनिन, स्टालिन र माओ त्से तुङले अगाडि सारेका कला–साहित्य सम्बन्धी मान्यता र चिन्तन परम्परालाई कुनै देश विशेषमा स्थापित प्रगतिवादी चिन्तन परम्पराभन्दा बेग्लै र विशिष्ट अर्थमा अध्ययन गर्नु आवश्यक देखिएको छ ।

क. लेनिनवादी चिन्तन परम्परा

जारशाही शासकको पञ्जाबाट रुसलाई मुक्त गर्ने महान् राजनैतिक आन्दोलनको नेतृत्व प्रदान गर्ने कार्यमा क्रियाशील रह“दारह“दै पनि माक्र्सवादी साहित्यिक चिन्तनलाई सैद्धान्तिक र व्यवहारित क्षेत्रमा विकसित पार्ने काममा लेनिनको महŒवपूर्ण भूमिका देखिन्छ । वर्गसङ्घर्षको अत्यन्त जटिल मोडमा रुसी क्रान्तिलाई हा“केका लेनिनले विकसित तुल्याएका माक्र्सवादी साहित्यिक मान्यताको केन्द्रमा वर्गसङ्घर्षका जटिलताहरू पाइन्छन् । साहित्य सम्बन्धी उनका विचारहरू विभिन्न रचनाको रूपमा छरिएका भए पनि ‘पार्टी संगठन र पार्टी साहित्य’ तथा ‘रुसी क्रान्तिका दर्पण लेभ तोल्सतोय’लाई माक्र्सवादी साहित्य चिन्तनका आधारभूत दस्तावेजका रूपमा लिन सकिन्छ । साहित्य, समाज र जनताको सम्बन्ध, साहित्य र कलाको वर्गीय चरित्र, साहित्यको सामाजिक हतियारको रूपमा प्रयोग, पार्टी प्रतिबद्धता, इतिहासको मूल्यांकन र क्रान्तिकारी आशावाद जस्ता मान्यताहरूको विकासमा लेनिनको महŒवपूर्ण योगदान पाइन्छ । जसरी माक्र्स–एंगेल्सले साहित्य र वर्गसङ्घर्षलाई जोडका थिए, त्यसैगरी लेखकहरूको सृजनात्मक कार्यलाई राजनीतिक पार्टीका नीति र कार्यसंग जोड्ने काम लेनिनले गरेका छन् । लेखकहरूलाई पार्टी प्रतिबद्धताका लागि गरिएको आव्हान प्रगतिवादी साहित्यलाई वर्ग सङ्घर्षको माध्यम बनाउने आग्रहको रूपमा रहेको र त्यही पार्टी प्रतिबद्धतासम्बन्धी उनका धारणाहरू पछि गएर समाजवादी यथार्थवादमा प्रतिस्थापित ह“ुदै समाजवादी यथार्थवादका आधारहरू बनेका हुन् (मैचेको, १९६९ ः ८)१६ भन्ने मानिन्छ । प्रतिबद्धताको सवालमा लेनिन जति सजग देखिन्छन्, उती नै लेखकको सृजनात्मक कल्पना, रचनात्मक स्वतन्त्रता र कलात्मक सौन्दर्यप्रति लेनिनको उच्च सम्मान पाइन्छ ।

सर्वहारा कला र संस्कृतिको विरुद्धमा क्रियाशील विभिन्न साहित्यिक मान्यता र प्रबृत्तिहरूको प्रतिरोध गर्न लेनिनले सर्वहारा वर्गको साहित्यलाई सांस्कृतिक हतियारको रूपमा विकसित गर्नुपर्ने बताए । उनले राजनीतिक र आर्थिक क्षेत्रमा गरिने सङ्घर्षलाई सांस्कृतिक क्षेत्रसंग जोडेर वर्गसङ्घर्षका हरेक पक्षलाई तीव्रता प्रदान गर्नुपर्ने औलाएका छन् । पू“जीवादी नाफाखोरहरूको स्वार्थको रक्षा गर्ने उद्धेश्यले प्रकाशित साहित्यभन्दा पृथक साहित्यलाई सर्वहारावर्गको विकसित र विस्तारित गर्नुपर्दछ भन्ने लेनिनको दृष्टिकोण पाइन्छ । पार्टी कार्यक्रम र साहित्यलाई प्रतिबद्धतापूर्वक अगाडि बढाएर मात्र क्रान्तिकारी साहित्यले आफ्नो जिम्मेवारी पुरा गर्न सक्ने स्पष्ट दृष्टिकोण राख्दै उनले भनेका छन्– साहित्य सर्वहारा वर्गको साझा उद्देश्यको एउटा अंश हुनुपर्दछ र सम्पूर्ण मजदुर वर्गको सम्पूर्ण वर्गचेतन शक्तिद्वारा सञ्चालित अभिन्न महान् सामाजिक जनवादी यन्त्रको ‘दा“ती र पूर्जा’ हुनुपर्दछ (लेनिन, १९७४ ः २३२)१७ ।

कला–साहित्यका सम्बन्धमा लेनिनले तीनवटा पक्षलाई विशेष जोड दिएको पाइन्छ । उनले वर्गीय पक्षधरता, कला–साहित्यको क्रान्तिकारी भूमिका र लेखकको सृजनात्मक कल्पनागत स्वतन्त्रतालाई ज्यादै राम्ररी पक्रेका छन् र एकापसमा अन्तरसम्बन्धित बताएका छन् । लेखकहरूसंग पार्टी प्रतिबद्धताको आव्हान गर्नुलाई लेनिनले लेखन कार्यलाई समूहबद्ध, संगठित र योजनाबद्धरूपमा विकसित गर्नु हो भन्दछन् । लेखकको सर्जनात्मक एवं कल्पनागत कार्यलाई प्रष्टाउदै लेनिनले भनेका छन्– साहित्यले यान्त्रिक समिकरण समतलन, अल्पमतमाथि बहुमतको प्रभुत्व सबैभन्दा कम स्वीकार गर्छ भन्ने कुरा निर्विवाद छ र सर्वहारा वर्ग र साहित्यको सम्बन्ध वा कार्य अरु कार्य जस्तो हु“दैन भन्ने कुरा पनि यसबाट प्रष्ट भएको छ (लेनिन, १९७४ ः २३२)१८ । अभिव्यक्ति स्वतन्त्रताका मौलिक पक्षहरू र सौन्दर्यगत मान्यतालाई यान्त्रिक ढंगबाट होइन, द्वन्द्वात्मक ढंगबाट बुझ्न आग्रह गर्दै पार्टी प्रतिबद्धता र सिर्जनशील कार्य एकअर्काका विरोधी नभएर पुरक हुन् भन्ने कुरामा सर्जकहरूलाई विश्वस्त गराउनु र क्रान्तिकारी उत्साहको संचार गराउनु नै पार्टी लेखन सम्बन्धी लेनिनका धारणाहरूको उद्धेश्य रहेको बुझिन्छ ।

‘कला कलाका लागि’ भन्ने मान्यताको माक्र्स–एंगेल्सले दृढतापूर्वक खण्डन गरेजस्तै वर्गीय समाजमा साहित्यको स्वतन्त्ररूपलाई प्रष्ट पार्दै लेनिनले वर्गीय समाजमा स्वतन्त्र र वर्गभन्दा परका साहित्य हु“दैन भन्ने कुरा प्रष्टाएका छन् । आफूूलाई वर्गभन्दा पर, राजनीतिभन्दा माथि र तटस्थ ठान्ने लेखकहरू वास्तवमा प्रतिक्रियावादी वर्गका पृष्ठपोषक हुन भन्दै लेनिनले उनीहरूलाई– प“ूजीवादी महोदयहरू, नितान्त स्वतन्त्रताको कुरा केवल धोका र षड्यन्त्र मात्र हो भन्ने कुरा म भन्न चाहन्छु । पैसामा आधारित समाज जहा“ मेहनतकश जनताहरू गरिबीमा र मुट्टीभरहरू परजीवी झै रहन्छन्, त्यहा“ असली र सा“चो स्वतन्त्रता हुन सक्दैन (लेनिन, १९७४ ः २५४)१९ भनेका छन् । लेनिनले त्यस्तो साहित्य मात्र स्वतन्त्र साहित्य हुने सम्भावनालाई बताइएका छन्– जुन साहित्यले मानव जातिको क्रान्तिकारी चिन्तनको अन्तिम उद्धेश्यलाई समाजवादी सर्वहारा वर्गको अनुभव तथा जीवित कार्यद्वारा फलदायी बनाउ“छ । एउटा वर्गले अर्काे वर्गमाथि शोषण गर्ने र दवाउने स्थिति कायम रहेसम्म स्वतन्त्र साहित्यले मूर्तरूप ग्रहण गर्न नसक्ने लेनिनको मान्यता रहेको छ ।


‘हामीले सपना देख्नुपर्छ’ (लेनिन, १९८० ः २२)२० भन्ने लेनिनको प्रसिद्ध युक्ति पाइन्छ । उनको यो विचारले साहित्य–कलाका सर्जकहरूलाई क्रान्तिकारी भविष्यदृष्टि प्रदान मात्र गरेको छैन वर्तमानको चित्रणमा सिमित नरहेर भविष्यलाई चियाउने आदर्श कला–साहित्यमा प्रतिविम्बित गर्न दिशाबोध गराएको छ । उनले राजनैतिक विषयका सन्दर्भमा सपना देख्नु पर्ने कुरा व्यक्त गरेका भए पनि यसलाई राजनीतिमा मात्र सीमित नराखी हरेक क्षेत्रमा लागु गर्न जोड दिएका छन् । वर्तमानको शोषक समाज र शासकहरूस“ग घनिभूत सङ्घर्षमा सहभागी भएर शोषक समाज र यसको शासक वर्गलाई पराजित गर्न र नया“ समाज व्यवस्थाको स्थापनासंगै शोषित वर्गको राज्यसत्ता कायम गर्न सम्भव छ भन्ने निश्चितता, दृढता र विश्वास कला–साहित्यमा प्रतिविम्बित हुनुपर्ने आवश्यकतालाई लेनिनको सपना देख्ने सन्दर्भसंग जोडेर हेर्नु पर्छ । सपना देख्नु कोरा सपना र भावनाको कुरा नभएर सपना र क्रान्तिकारी चिन्तन बीचको द्वन्द्वात्मक सम्बन्धलाई लेनिनले सृजनात्मक कल्पना, भविष्यदृष्टि र आशावादका रूपमा व्याख्या गरेका छन् ।

ख. माओको चिन्तन परम्परा

अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक आर्थिक अवस्थामा रहेका मुलुकहरूको क्रान्ति सम्बन्धमा माक्र्सवादलाई सृजनात्मक ढंगले प्रयोग गरी चीनिया समाजको रूपान्तरणको नेतृत्व गरेका माओ त्से तुङ राजनैतिक व्यक्तित्व हु“दाहु“दै दर्शन र कला–साहित्य एवं संस्कृतिको विकासमा मौलिक र विशिष्ट योगदान दिन सफल चिन्तक मानिन्छन् । नौलो जनवादी संस्कृति सम्बन्धी अवधारणाबाट सर्वहारा सांस्कृतिक क्रान्तिको संचालनसम्म माओले समाजलाई केन्द्र बनाएर समाज र संस्कृतिका आयामहरूलाई द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणले अध्ययन चिन्तन गरेका छन् । साहित्य र कलालाई वैचारिक सङ्घर्षको महŒवपूर्ण हतियारमात्र बनाएनन् लामो वर्गसङ्घर्षको प्रक्रियामा माओले यसकाके प्रयोगलाई उच्च प्राथमिकता दिए । कला–साहित्य सम्बन्धी चिन्तनको क्रममा माओले साहित्यको स्रोत, साहित्य र कलाको उद्धेश्य, कलात्मकता र विचारको समन्वय, वर्ग सङ्घर्ष र संस्कृतिजस्ता विभिन्न सम्बन्धहरूमाथि व्यापक चर्चा गरेका छन् । १९४२ ई. को कला–साहित्य सम्बन्धी येनान गोष्ठीमा प्रवचन दिने क्रममा व्यक्त अवधारणाहरूलाई माक्र्सवादी साहित्य चिन्तन सम्बन्धी महŒवपूर्ण दस्तावेजका रूपमा लिइन्छ ।

समाज र सामाजिक जीवनलाई कला–साहित्यको प्रमुख स्रोत बताउदै जीवन, जगत र सामाजिक गतिविधिहरूको तथ्यपरक, यथार्थ, वस्तुनिष्ठ र वैज्ञानिक ज्ञानका अभावमा कला–साहित्यले आफ्नो उद्देश्य पूरा गर्न नसक्ने माओको दृष्टिकोण पाइन्छ । समाज नै साहित्य प्रमुख स्रोत भएकाले लेखक कलाकारहरूको मानसिकतामा त्यो वस्तुजगतले पारेको प्रतिविम्बको प्रभाव साहित्य र कलामा व्यक्त हुने उनको ठम्याई छ । माओका अनुसार– विचारधारात्मक रूपमा साहित्यिक रचना र कलाकृतिहरू मानव मस्तिष्कमा सबै प्रकारका सामाजिक जीवनका प्रतिविम्बात्मक उपज हुन् । क्रान्तिकारी कला र साहित्य क्रान्तिकारी लेखक र कलाकारहरूको मस्तिष्कमा सामाजिक जीवनको छापको प्रतिविम्बात्मक उपज हो । जनताको जीवन वस्तुतः साहित्य र कलाको लागि कच्चा पदार्थको भण्डार हो, एउटा यस्तो कच्चापदार्थ जुन स्वाभाविकरूपमा विद्यमान रहन्छ, जुन अपरिपक्व भएर पनि सजीव, समृद्ध र मौलिक हुन्छ । यसको दा“जोमा समस्त कला–साहित्य पूर्ण फिक्का र निजीव प्रतीत हुन्छन् । जनजीवन कला–साहित्यको एक मात्र स्रोत हो र अनन्त स्रोत हो (माओ, १९६७ ः १८)२१ । यसरी माओले साहित्यको स्रोत मात्र प्रष्ट पारेका छैनन् उनले लाखौंको संख्यामा रहेका शोषित पीडित जनताले शोषणका विरुद्ध जारी राखेको सङ्घर्षमा साहित्यले सहयोगीको भूमिका निर्वाह गर्नुपर्छ र साहित्य वास्तवमा तिनै जनताको हितका पक्षमा हुनुपर्छ भन्दछन् ।

साहित्यको पक्षधरता र लेखकको प्रतिबद्धताको सवाल जुन निरन्तर उठ्दै आएको थियो, त्यसलाई अझ विस्तारितरूपमा परिभाषित गर्ने काम माओले गरेका छन् । उनी कुनै पनि साहित्य निश्चित उपयोगितावादमा अडिएको हुन्छ र सर्वहारा वर्गका लेखकहरूले सर्वहारा वर्गको उपयोगितावादलाई अगाल्नु पर्दछ भन्दछन् । सङ्घर्षका विभिन्न रूपहरूमध्ये राजनैतिक सङ्घर्षलाई प्रमुख बताउ“दै माओले यसलाई सफल पार्न सांस्कृतिक सङ्घर्षको महŒव उत्तिनै आवश्यक देख्दछन् । यस किसिमको कार्य सर्वहारावर्गको सङ्घर्षमा प्रतिबद्ध क्रान्तिकारी लेखकहरूबाट मात्र सम्भव हुने माओको ठम्याई पाइन्छ । शत्रुलाई हराउन हामीले मुख्य गरी बन्दुकधारी पल्टनमा भर पर्नुपर्छ । तर यस पल्टनले मात्र पुग्दैन हाम्रा मानिसहरू माझ एकता ल्याउनु र शत्रुलाई हराउन हामीसित सांस्कृतिक पल्टन पनि हुन अत्यन्त जरुरी छ (माओ, १९६७ ः १०)२२ भन्ने माओको स्पष्ट मान्यता पाइन्छ ।

वर्गीय समाजमा हरेक वर्गको आ–आफ्नो राजनीतिक र कलात्मक कसी हुन्छ र हरेक वर्गले आ–आफ्नो वर्गस्वार्थ अनुरूप कलात्मक एवं वैचारिक मानदण्ड तयार पार्दछ भन्दै माओले कलाकृतिमा अन्तरवस्तु र रूपको प्रश्नलाई गम्भीररूपमा लिएका छन् । राजनीति र कलात्मकता वा अन्तरवस्तु र रूप दुवैको वर्ग चरित्र हुने हुनाले प्रत्येक वर्गले राजनीतिक कसीलाई नै प्रमुख स्थान दिन्छ भन्ने कुरा व्यक्त गर्दै कलात्मक राजनीतिक अन्तरवस्तु प्राप्तिको साधन भएकाले हरेक लेखकले यसैलाई केन्द्रमा राखेर नै अन्तरवस्तु र रूपको निर्वाह गर्ने बताएका छन् । यसबाट माओले वैचारिक पक्षलाई पहिलो र कलात्मक पक्षलाई गौण महŒव दिएको बुझिए पनि यस प्रश्नमा उनले निरपेक्ष दृष्टिकोण राख्दैनन् । अन्तरवस्तुले प्राथमिकता पाउनुपर्छ भन्नुको अर्थ कृतिलाई विचारको उद्बोधनमा मात्र सीमित राख्ने नभएर कृतिमा विचार र कलात्मकताको सुन्दर तालमेल हुनुपर्दछ, स्तरीय विचार, सुसंगठित विषयवस्तु र कलात्मक शैलीको एकताले नै कृतिलाई उन्नत बनाउ“छ भन्ने माओको स्पष्ट दृष्टिकोण पाइन्छ । कुनै पनि कलाकृतिको उद्देश्य पाठकलाई सौन्दर्य चेतना प्रदान गरी वैचारिक उर्जा लिन सघाउनुु हुने भएकाले उच्च विचार र यथार्थवादी रचना शिल्पबाट मात्र यो कार्य सम्भव हुने उनको धारणा छ । उनी भन्दछन्– राजनीतिक तवरले जतिसुकै प्रगतिशील भए पनि कलात्मक सीप नभएका कलाकृतिहरूमा कुनै ज्यान ह“ुदैन । त्यसो हुनाले हामी गलत राजनीतिक दृष्टिकोण भएका कलाकृतिहरूकै सिर्जना गर्ने रुझानको विरोध गर्छाै र त्यसका साथै राजनीतिक तवरले सही भए पनि कलात्मक ज्यान नभएका पोस्टरे र नारावादी शैलीयुक्त कृतिको पनि हामी विरोध गर्दछौं (माओ, १९६७ ३०)२३ ।

जनताको लागि साहित्य लेखिंदा उनीहरूको सौन्दर्यचेतना र सौन्दर्य अनुभूत गर्ने सामथ्र्यलाई केन्द्रमा राख्नु पर्ने भन्दै जनताको साहित्य सरल भाषामा लेखिएको हुनुपर्ने, यसको अभिव्यक्ति बोधगम्य र संप्रेषणयुक्त हुनुपर्ने माओको दृष्टिकोण पाइन्छ । सरलीकरण र स्तरीयताको प्रश्नलाई द्वन्द्वात्मकरूपमा व्याख्या गर्दै साहित्यमा सरलताको प्रश्न जस्तै स्तर निर्माणको प्रश्नलाई पनि गम्भीर बताएका छन् । समाजमा रहेका क्रान्तिकारी अगुुवा, समर्थक र कार्यकर्ताहरूको सौन्दर्य चेतनाको स्तरमा असमानता रहेका कारणले पाठकको चेतनास्तरलाई ख्याल गरेर चेतनास्तर उठाउ“दै लैजाने र पाठकको सौन्दर्यचेतना अनुरूपको गुणात्मकता कायम गर्न ध्यान पु¥याउने दुइवटा कार्यभार पूरा गर्नुपर्ने माओको दृष्टिकोण पाइन्छ । उनले के भन्दछन् भने– हाम्रो दृष्टिकोण अनुसार स्तर उकास्ने काम सरलीकरणमा आधारीत हुन्छ अनि सरलीकरणको काम स्तर उकास्ने कुराबाट निर्देशित हुन्छ । त्यसै हुनाले नै हामीले भनेका हौं सरलीकरणको कामले स्तर उकास्ने काममा अड्को थाप्ने कुरा त परै जाओस् झन् यसले त उकास्ने कामका लागि आधार तयार पारिदिन्छ (माओ, १९६७ ः २१)२४ । सांस्कृतिक वा अधिरचनाका विभिन्न रूपहरूमा परिर्वतन हुनासाथ सम्भव नहुने भएकाले माओ नया“ जनवादी चरणबाट समाजबाट निर्माण हु“दै साम्यवादसम्म पुग्ने प्रक्रियामा निरन्तर वर्ग सङ्घर्षको आवश्यकता देख्दछन् । त्यसका लागि कलाकारहरूको सृजनात्मक कार्यलाई अझ व्यापक विविधतायुक्त र शिल्प सजगताले धारिलो पार्ने कुराप्रति उत्साहित पार्दै माओले १९५७ ई. मा ‘सयौं फूल फुल्न देऊ र हजारौं प्रतिभाहरूलाई प्रतिस्पर्धा गर्न देऊ’ भन्ने नारा अगाडि सारेका थिए । सर्वहारा वर्गको उद्धेश्य प्राप्तिको प्रक्रियामा पू“जीवादी र संशोधनवादी तत्वबाट लगातार बाधा र व्यवधानहरू हाल्ने सम्भावनालाई आत्मसात गरेर त्यसका विरुद्ध निरन्तर सङ्घर्षको नीति अगाडि सारेको पाइन्छ । यही वास्तविकतालाई आत्मसात गरी माओले १९६६ ई. देखि चीनमा ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ को आरम्भ गरेका थिए, जुन उनको मृत्युपश्चात टुंगिन पुग्यो । यसरी माक्र्सवादी दर्शनका आधारमा कला–साहित्यको चिन्तन गर्नुका साथै त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न माओले जीवनमा सङ्घर्ष गरेर उच्च प्रकारको प्रगतिवादी साहित्यिक चिन्तन परम्परालाई विकसित गरेको पाइन्छ ।

२.४. साहित्यिक चिन्तक–सर्जकहरूको चिन्तन परम्परा 

माक्र्सवादी दर्शनले प्रभाव पारेका देश तथा माक्र्सवादी सिद्धान्तको प्रयोगका सन्दर्भमा त्यसको अंगका रूपमा विकसित भएको माक्र्सवादी राजनैतिक विचारकहरूका चिन्तन परम्पराका अलावा विश्वका विभिन्न देशहरूमा कला–साहित्यको क्षेत्रमा विशिष्ट प्रकारको चिन्तन परम्पराको विकास भएको छ । १९१७ ई. को अक्टोवर क्रान्तिबाट सोभियत संघमा यसको प्रत्यक्ष प्रभाव देखापरे पछि विश्वका धेरै देशहरू प्रभावित भएको र त्यहा“ कला–साहित्य र संस्कृतिमा प्रगतिवादको प्रभाव बढ्दै गएको ऐतिहासिक तथ्यहरूको अध्ययनबाट ज्ञात हुन्छ । नेपालको प्रगतिवादी साहित्य चिन्तनको परम्परा मुख्यतः भारतीय परम्पराबाट प्रभावित भए पनि जर्मन, रुस, बेलायत र चीन लगायतका देशहरूमा विकसित भएको परम्परा तथा हंगेरीका जर्ज लुकास, अष्ट्रियाका अन्स्र्ट फिशर र अमेरिकाका हावर्ड फास्टजस्ता व्यक्तिहरूको चिन्तन परम्पराको प्रशस्त प्रभाव र असर अनुभूत गर्न सकिन्छ ।
प्रगतिवादी साहित्य चिन्तनको क्षेत्रमा विभिन्न देशका लेखक समीक्षकहरूको चिन्तन परम्पराको महŒव रहने भए पनि माक्र्सवादी सौन्दर्यशास्त्रीय मूल्यहरूको प्रतिपादन र नेपालमा परेको असर र प्रभावलाई आधार बनाएर हेर्दा निम्नानुसारका साहित्यिक चिन्तन परम्परा उल्लेखनीय हुन आउ“छन् ।

क. जर्मनेली चिन्तन परम्परा

जर्मनी शास्त्रीय दर्शनको विकासमा महŒवपूर्ण योगदान पु¥याएको देश हो र कार्ल माक्र्स तथा फ्रेडरीक एंगेल्स यसै देशका नागरीक पनि हुन । माक्र्सवादी दर्शनका संस्थापक भएका नाताले यहा“को शास्त्रीय दर्शन र परम्परागत सांस्कृतिक परम्पराको उनीहरूमाथि जसरी प्रभाव परेको थियो त्यसैगरी माक्र्सवादी चिन्तन प्रणालीको विकासमा जर्मनेली चिन्तन परम्पराको प्रभाव पर्नु स्वभाविकै थियो । साहित्य र कला क्षेत्रमा प्रगतिवादी सौन्दर्यचिन्तनको परम्परा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सबाटै सुरु भएको पाइन्छ । यद्यपी, त्यस क्षेत्रमा माक्र्स–एंगेल्स स्वयम्को सैद्धान्तिक योगदानका बारेमा भने माथिनै चर्चा गरिएको छ ।
माक्र्स–एंगेल्समा कला–साहित्यप्रति अगाद पे्रम थियो । आफ्नो यौवनकालमा माक्र्स–एंगेल्स दुबैले कविता लेख्दथे । एंगेल्सले त एकपटक आपूmलाई कवि नै बनाउने विचार समेत बनाएका थिए । उनीहरूको कला–साहित्यप्रति यति धेरै अनुराग हु“दाहु“दै पनि त्यस क्षेत्रमा केन्द्रित र सिमित बन्न सकेनन् । यद्यपी, उनीहरूमा विश्वकलाको राम्रो ज्ञान थियो । साहित्य, शास्त्रीय संगीत तथा चित्रकारीताप्रति गहिरो प्रेम थियो । माक्र्सले व्यस्त कार्यका बीचबाट समय निकालेर साहित्यिक चिन्तन र सृजना गर्न चाहन्थे तर त्यो सम्भव भएन । उनले साहित्य–कला सम्बन्धमा बेग्लै रचना गर्न नसके पनि द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादको विकास एवम् राजनैतिक अर्थशास्त्रको आलोचनाका सन्दर्भमा सामाजिक घटनाक्रमहरूलाई व्याख्या गर्ने क्रममा महŒवपूर्ण वैचारिक मान्यताहरू अगाडि सारेका छन् । माक्र्स–एंगेल्सका साहित्यिक चिन्तनस“ग सम्बन्धित मान्यताहरू साहित्य र कला नामक कृतिमा संग्रहित गरिएको छ । यस कृतिको अध्ययनबाट उनीहरूमा कला–साहित्य सम्बन्धि अध्ययन ख“दिलो थियो भन्ने कुरा मात्र प्रष्टिदैन समाजवादी यथार्थवादको साहित्यिक चिन्तन परम्परालाई वैचारिक एवं सैद्धान्तिक मार्गनिर्देश पनि प्राप्त हुन्छ ।

एंगेल्सले विभिन्न रचनाहरूका सन्दर्भमा कला–साहित्य सम्बन्धि महŒवपूर्ण मान्यतालाई व्यक्त गरेका छन् । ‘वा“नरबाट मान्छेमा संक्रमणमा श्रमको भूमिका’, ‘परिवार, नीजि सम्पत्ति र राज्यको उत्पत्ति’, ‘प्रकृतिको द्वन्द्ववाद’, ‘जर्मन जनपुस्तकहरू’, ‘फ्रान्सेली तथा जर्मन इतिहासको सामग्री’, ‘इङ्गल्याण्ड तथा आयरलेण्डका इतिहासमाथि टिप्पणी’, ‘आरम्भिक इसाई धर्मका इतिहासका विकासमा’, ‘लुडविक फायरवाख र शास्त्रिय जर्मन दर्शनको अन्त्य’जस्ता कृतिहरूमा उनको प्रगतिवादी साहित्यिक चिन्तन परम्परा राम्ररी अभिव्यक्त भएको पाइन्छ । 

माक्र्स–एंगेल्सले संयुक्त रूपमा तयार पारेका कृतिहरू ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’, ‘जर्मन विचारधारा’ र ‘पवित्र परिवार’ले साहित्य सम्बन्धि माक्र्स–एंगेल्सको चिन्तनलाई प्रष्ट पारेका छन् । सा“च्चै भन्ने हो भने यी कृतिहरूलाई साहित्यसम्बन्धि माक्र्सवादी धारणाका प्रस्थापनाका रूपमा लिन सकिन्छ ।

फ्रेञ्ज महेरिङ्गले माक्र्स–एंगेल्स पछाडि उनीहरूको उत्तराधिकारीका रूपमा जर्मनेली चिन्तन परम्परालाई विकसित गरे । उनले हेगेलका सौन्दर्यशास्त्र सम्बन्धि भाववादी मान्यताको विरोध गर्दै माक्र्सवादी सौन्दर्यशास्त्रलाई वृहत्तर रूपमा स्थापित गरे । ‘कार्ल माक्र्स जीवनको कथा’ (१९१८) जस्तो प्रसिद्ध कृतिका सर्जक फ्रेञ्ज महेरिङ्गको माक्र्सवादी सौन्दर्यशास्त्रीय मान्यताले जर्मनको साहित्यिक चिन्तन परम्परालाई समृद्ध पार्न उल्लेख्य योगदान पु¥याएको पाइन्छ । जर्मनेली चिन्तन परम्परालाई विकसित तुल्याउने कार्यमा विसौं शताब्दिका सर्वाधिक चर्चित कविता र नाटकका रचयिता ब्रटोल्ट ब्रेख्तको योगदान समेत उल्लेखनिय मानिन्छ ।
बाल्टर बेञ्जामिन अर्का जर्मनेली साहित्यिक चिन्तन थिए जसले हरेक युगका रचानाकारले भविष्यको सपना मात्रै देख्दैन, स्वप्नद्रष्टाका स्थितिमा सजगता ल्याउनका निम्ति प्रेरित पनि गर्छ भन्ने मान्यता राख्दथे । उनका अनेकौं सौन्दर्यशास्त्रीय विचार र विवेचनाले प्रगतिवादी साहित्यमा जर्मनेली चिन्तनलाई उजागर गरेका छन् । यसका अतिरिक्त हर्वर्ट मारक्यूज, एडर्नो आदि जर्मनेली साहित्यिक चिन्तकहरूले माक्र्सवादी सौन्दर्यशास्त्रको विकासमा विशेष भूमिका खेलेको पाइन्छ ।

ख. रसियाली चिन्तन परम्परा

पूर्व सोभियत संघ प्रगतिवादी साहित्यका लागि मात्र नभएर माक्र्सवादको विकास र प्रयोगका लागि नै महŒवपूर्ण कर्मथलोको रूपमा विश्वप्रसिद्ध रह्रयो । लेनिनको नेतृत्वमा १९१७ ई.को अक्टोवर क्रान्तिस“गै माक्र्सवादी दर्शनलाई पहिलो पल्ट व्यवहारिक कार्यान्वयनमा ल्याउने काम रसियाबाटै भयो । माक्र्सवादलाई लेनिनवादमा विकसित तुल्याउने लेनिनको विचारधारात्मक योगदानका बारेमा लेनिनवादी चिन्तन परम्परामा चर्चा गरिएको छ । यद्यपि रसियाली साहित्यिक चिन्तन परम्पराको सन्दर्भमा लेनिनको नाम छुटाउन संभव भएन । लेनिन राजनैतिक व्यक्ति र विचारक मात्र नभएर कुशल साहित्यिक चिन्तक र स्रष्टासमेत थिए । विभिन्न कविता र कैयन साहित्यिक लेखहरूको रचना गरेका लेनिनको ‘क्लारा जेट्किनस“गका कुराकानी’ मा पनि साहित्य सम्बन्धि धारणा र चिन्तनहरू बडो प्रष्टरूपमा देखिन्छन् । लेनिनको पुस्तक ‘साहित्यका बारेमा’ले प्रगतिवादी साहित्यिक चिन्तनलाई महŒवपूर्ण सैद्धान्तिक आधार दिएको छ र नया“ दृष्टिका साथ मार्गदर्शन गरेको पाइन्छ । ‘पार्टी संगठन र पार्टी साहित्य’ ‘हर्जन युजेपोŒार, टाल्सटाय आदिको मूल्याङ्कन’, ‘रुसी क्रान्तिका दर्पण लियो टाल्सटाय’, ‘लियो टाल्सटाय र आजको मजदुर आन्दोलन’, ‘लियो टाल्सटाय र सर्वहारा’ जस्ता महŒपूर्ण रचना गर्ने क्रममा लेनिनले लेखक र रुसी समाजका विभिन्न पक्षहरूमा विषद चर्चा गरेका छन् ।
‘रुसीहरूको राष्ट्रिय गौरव’ रचनामा व्यक्त लेनिनको राष्ट्रियता सम्बन्धि चिन्तन, ‘क्लारा जेट्किनस“ग कुराकानी’ रचनामा निजी सम्पत्तिमा आधारित समाजमा कलाकार र साहित्यकारको स्थान एवं यौन प्रेम सम्बन्धी एक गिलास पानीको सिद्धान्तले साहित्यिक चिन्तनको रुसी परम्परालाई नया“ मूल्यबोध गराएको पाइन्छ । कला र संस्कृतिको वर्गीय पक्षधरता र प्रतिभाहरूको योगदानको मूल्याङ्कनजस्ता रचनामार्फत साहित्यिक चिन्तन परम्परालाई नया“ उचाइमा स्थापित गराउन लेनिन सफल भएको देखिन्छ । कतिपय सैद्धान्तिक मूल्यहरूमा गम्भीर असमझदारीका बावजुद ‘साहित्य र क्रान्ति’ नामक कृतिमार्फत ट्राटस्कीले कला–साहित्य सम्बन्धि महŒवपूर्ण विचारहरू व्यक्त गरेका छन् । कला–साहित्यमा दृष्टिकोण प्रश्न, रूपवादको बारेको प्रगतिवादी दृष्टिकोण, यथार्थवादको कलात्मक मूल्य आदिमा ट्राटस्कीका मौलिक चिन्तनले रसियाली प्रगतिवादी चिन्तन परम्परामा ऐतिहासिक मूल्य प्रतिस्थापित गरेको (मिश्र, १९७३ ः १५९)२५ बताइन्छ ।

जी.भी. प्लेखानोव रसियाली साहित्यिक परम्परालाई समृद्ध तुल्याउने अग्रणी चिन्तकका रूपमा देखा पर्दछन् । ‘कला र सामाजिक जीवन’ नामक पुस्तकमा उनले कला–साहित्यसम्बन्धी आधारभूत मान्यताहरू अगाडि सारेका छन् । विचारको व्यापकता र कलाको विशिष्टतालाई स्पष्ट पार्दै प्लेखानोवले विचारबाट अलग रहेको कुनै विषय हु“दैन र सबै विचार कला हुन सक्दैन भनेका छन् । माक्र्सवादका संस्थापकहरूले आर्थिक आधार र माथिल्लो बनोटको सम्बन्धमा व्यक्त गरेका अवधारणाहरू माथि विशेष प्रकाश हाल्न उनको कृति ‘माक्र्सवादका मूल समस्याहरू’ सफल भएको छ । इतिहासमा व्यक्तिको भूमिका सम्बन्धी वहसका सम्बन्धमा बुर्जुवाहरूले माक्र्सवादी सौन्दर्य दृृष्टिमा व्यक्तिको सत्तालाई निषेध गरिन्छ भनेर लगाएको आरोपको खण्डन गर्दै ‘इतिहासमा व्यक्तिको भूमिका’ नामक पुस्तकमा विषद छलफल गरी यो विषयलाई निराकरण गर्न सफल भए । यसरी दर्शन, साहित्य, कला, सामाजिक सिद्धान्त र विचारधाराका बारेमा प्रसस्त कृतिहरूको रचना गरी रुसी साहित्यिक चिन्तन परम्परालाई अगाडि बढाउने प्लेखानोव रुसको प्रथम माक्र्सवादी साहित्यिक चिन्तकका रूपमा स्थापित थिए ।

साहित्यिक चिन्तकभन्दा बढी सृजनात्मक साहित्यकारका रूपमा विश्वप्रसिद्ध रसियाली लेखक म्याक्सिम गोर्की स्रष्टाका माध्यमबाट चिन्तन गर्न पछाडि परेनन् । ‘व्यक्तित्वको विघटन’ नामके महŒवपूर्ण सैद्धान्तिक लेखमा उनले समकालिन रसियाको मात्र होइन समग्र प्रगतिवादी साहित्यिक चिन्तनका आधारभूत मूल्यहरूलाई प्रस्तुत गरेका छन् । कला–साहित्यको पूनर्सिजनाका श्रोत लोककथाहरू रहेको बताउ“दै लोककाब्यको प्रेरणा श्रोत ग्रहण गरेर नै मिल्टन, दा“ते, मिकीबीज, गोथे, र शिलरले कल्पनाको उच्च शिखरमा उडान पु¥याउन सकेको दृष्टान्त प्रस्तुत गर्दै लोकप्रिय साहित्य सृजनाका आधारहरू प्रष्ट्याएका छन् । गोर्कीले आप्mनो लेख ‘रचना शिल्पको कुरा’ मार्फत सारा संसार अध्ययनको सामग्री भएको, शक्ति लगाएर आफ्नो उद्देश्य अनुसार संसार बदल्न सकिने, सिक्न नसकिने कुनै वस्तु नभएको हु“दा पृथ्वीलाई अध्ययन गरी प्रत्येक वस्तुबाट ज्ञान लिएर आफ्नो उद्धेश्य अनुरूप पृथ्वीलाई बदल्नुपर्ने विचार राख्दै कला र साहित्यको उद्धेश्यलाई छर्लङ्ग्याउने काम गरे । गोर्कीले विचारको उत्पत्तिका विषयमा व्यापक चर्चा गर्दै विचारको सृजना पृथ्वीबाट हुन्छ । अनि यो श्रमका माटाबाट फुट्छ र पर्यवेक्षण, तुलना तथा अध्ययनका प्रयोगले गर्दा तथ्य ठहर्न पुग्छ भन्ने दिशाबोध गराउ“दै श्रमका संसारले आवश्यक देखेमा क्रान्तिका चेतनालाई सहयोग पु¥याउनु साहित्यको कर्तव्य हो भन्ने प्रष्ट्याए ।
अनातोली लुनाचास्र्की रसियाका अर्का विशिष्ट प्रतिभा थिए । नया“ समाजका चिन्तक वैज्ञानिक, पत्रकार र कुशल वक्ताका रूपमा परिचित लुनाचास्र्कीले शास्त्रीय कला–साहित्य, सङ्गीत र संस्कृति सम्बन्धी प्रश्नमा गहन चिन्तन गरी पन्ध्रसय जति लेख रचनाको सृजना गरे । उनको ‘अन लिटरेचर एण्ड आर्ट’ पुस्तकले रसियाली साहित्य चिन्तनको परम्परालाई विस्तारीत गरिदिएको पाइन्छ । उनका समकक्षी चिन्तक, समालोचकहरूमा लियो ट्राटस्की, शोलोखोव आदिको नाम अग्रपङ्तीमा आउ“छ । भ्लादिमीर मायाकोव्स्की अर्का प्रसिद्ध रसियाली कवि हुन् । उनले कविता कसरी लेख्ने भन्ने बारेमा महŒवपूर्ण धारणाहरू प्रस्तुत गरेको पाइन्छ । रूपवादी भविष्यवाद र यथार्थवाद माथि आलोचनात्मक टिप्पणी लेखेर कला–साहित्यलाई अभिजात गृह, विशाल भवन र पुस्तकालयसम्म सिमित राख्ने परम्परालाई भत्काउ“दै सडक, गल्ली, चिया पिउनेहरू जम्मा हुने दोकान र सबै मानिसहरूसम्म सम्प्रेषित गर्नुपर्ने धारणा राखे ।

‘साहित्य आमसर्वहारा ध्येयको अंग’ बताउने शोलोखोव मूलत स्रष्टा भएकाले उनको साहित्यिक चिन्तन र मान्यताहरू रचनाहरूमै व्यक्तिएको पाइन्छ । ‘लोकवुद्धिको मूल्यवान निधी’ नामक लेखमा शोलोखोवले लोकसाहित्यका कतिपय मरणशील पक्षहरूलाई छोडेर जीवनशील पक्षहरू अंगाल्ने बुद्धिमत्ता लेखकमा हुनुपर्ने धारणा राखेका छन् । समसामयीक रुसी परिवेशका सौन्दर्यशास्त्री र साहित्य चिन्तनका रूपमा ए.जीस (आब्नेर जीस)को योगदान पनि महŒवपूर्ण देखिन्छ । ‘कलाकार र काल’ (१९६३ ई.) ‘कला र सौन्दर्यशास्त्र’ (१९७५ ई.) ‘कलाका विधाहरू’ (१९७९ ई.) ‘माक्र्सवादी सौन्दर्यशास्त्रको सिद्धान्त’ (१९८२ ई.) ‘माक्र्सवादी सौन्दर्यशास्त्रको आधार’ (१९७७ ई.) ‘कलाका वैचारिक र सौन्दर्यात्मक पक्षहरू’ (१९८५ ई.)जस्ता कृतिहरू मार्फत उनले रसियाली साहित्यिक चिन्तन परम्परालाई विकसित पार्दै महŒवपूर्ण अवधारणाहरू व्यक्त गरेका छन् ।
अलेक्जेण्डर पुश्किन, दोस्तोवेवस्की, तानेयेव, अलेक्जेण्डर ब्लेड, यूरी बारावास, ए. येगोरोव, के. डलगोव, एम.ओव्स्यानिकोव, अलेक्सेई तोलस्तोई, को.फेदिन, फाद्येभ, अलेक्जेण्डर बखोव, अनातोली गुलारोफ, येझेभोव, निकोलाई सिलायेव र वि.लुक्यानोव जस्ता रसियाका प्रगतिवादी साहित्यिक चिन्तकहरूले माक्र्सवादी सौन्दर्यशास्त्र, प्रगतिवादी साहित्य सृजना र समालोचनाको प्रारम्भ, विकास र प्रयोगमा उल्लेखनीय योगदान पु¥याउ“दै रसियाली प्रगतिवादको चिन्तन परम्परालाई विकसित गरेको देखिन्छ ।

ग. बेलायती चिन्तन परम्परा

माक्र्सवादी आदर्शको रक्षार्थ स्वयंसेवकको रूपमा स्पेनको मुक्ति युद्धमा जुटिरहेको बेला (१९३७ ई.) मा तीस वर्षको उमेरमा मृत्युवरण गरेका क्रिस्टोफर कडवेल (१९०९ ई.) बेलायतको प्रगतिवादी साहित्य–सिद्धान्त सम्बन्धी चिन्तन परम्पराका उल्लेखनीय व्यक्तित्व मानिन्छन् । प्रगतिवादी साहित्य–सिद्धान्त सम्बन्धमा मूख्यतः कवितालाई कडवेलले अध्ययनको मूलक्षेत्र बनाएका थिए । ‘इल्युजन एण्ड रियलिटी’, ‘ए स्टडी इन डाईङ्ग कल्चर’, ‘फर्दर स्टडी इन डाईङ्ग कल्चर’ र ‘रोमान्स एण्ड रियलिज्म’ जस्ता कृतिका सर्जक कडवेलले ‘इल्युजन एण्ड रियलिटी’ पुस्तकमा कविताको चिनारी दिने प्रसङ्गमा सबै समाज व्यवस्था, उत्पादन–पद्दती, सभ्यता, साहित्य, संस्कृति र कलाको जानकारी गराएका छन् । यसलाई उनको विशद रूपमा माक्र्सवादका सबै आधारभूत कुराहरू र यूरोपेली साहित्यको इतिहास समेत समावेश गरी लेखिएको बेजोड पुस्तक मानिन्छ । उनले जर्ज बनार्ड शा, टि.ई. लरेन्स, डि.एच.लरेन्स, एच.जि. वेल्स जस्ता प्रसिद्ध लेखकहरूका माध्यमबाट अतिमानव, शौर्य, कलाकार तथा यूरोपियासम्बन्धी बुर्जुवा धारणाको खण्डन गर्दै (शोलोखोव, १९६६ ः १७८)२६ बेलायती प्रगतिवादी चिन्तन परम्परालाई माक्र्सवादी दर्शनको आधारभूमिमा खडा गर्ने प्रयत्न गरेका छन् ।

राल्फ फक्स पनि त्यस्तै प्रतिभाशाली विचारक र महान् योद्धा थिए, जो कडवेलजस्तै स्पेनको मुक्तियुद्धमा स्वयंसेवकको रूपमा लड्दा मारिए । राल्फ फक्सले अध्ययनको क्षेत्र मुख्यतः उपन्यास विधालाई बनाएका थिए । उपन्यास विधाको विकास–प्रक्रिया, उपन्यासका उत्प्रेरक युगिन तŒवहरू, उपन्यास विधामा प्रतिबिम्वित युगीन जनजीवन आदिको विश्लेषणात्मकरूपमा चर्चा गर्दै उपन्यासविधालाई उनले पू“जीवादी युगको महाकाव्यका रूपमा (फक्स, १९७९ ः ८०–८२)२७ चित्रित गरेका छन् । उनले उपन्यासका विशिष्टतातर्र्फ संकेत गर्दै उपन्यास खालि कथात्मक गद्यमात्र नभएर मानव जीवनको गद्य भएको जानकारी (फक्स, १९७९ ः १०)२८ दिएका छन् । कलात्मकरूपमा अन्तरवस्तु र रूपको संयोजनका लागि क्रान्तिकारी विचार र वातावरण, लोकजीवनको भाषा, व्यङ्गको दृष्टि, कल्पना जस्ता कुराहरू औपन्यासिक उपयुक्तताका लागि आवश्यक देख्ने दृष्टि फक्सको पाइन्छ र कला विचार दुबै कोणबाट उपन्यासले फेरी नयँ“ जीवन प्राप्त गर्नसक्ने दिशाको जानकारी गराएको देखिन्छ । यसबाट राल्फ फक्सको साहित्य चिन्तन खाली आफ्नो स्पष्टता मात्र नभएर आफ्नो प्रखरता तथा गहिराईमा माक्र्सवादी साहित्य चिन्तनको एउटा महŒवपूर्ण शृङ्खला भएको (मिश्र, १९७३ ः २९१)२९ शिवकुमार मिश्रको राय पाइन्छ । राजनैतिक विश्लेषणलाई विशेष चासो र महŒवका साथ लिने जर्ज थमसन बेलायती साहित्य चिन्तन परम्पराका अर्का हस्ती भेटिन्छन् । ‘माक्र्सवाद र कविता’ कृतिका लेखक थमसनले माक्र्सवादी दृष्टिकोणमा आधारीत भई कविता र काव्य स्रोतको वस्तुगत विश्लेषण गरेका छन् । कविताको उद्भव, प्रक्रिया र स्रोत सम्बन्धमा कडवेलस“ग समान मान्यता राख्ने थमसनले नाटक विधाको उद्भव, स्रोत र विधा वैशिष्ट्यताका बारेमा चर्चा गरेका छन् । ‘एकिलस एण्ड एथेन्स’, ‘माक्र्सिज्म एण्ड पोयट्री’ र ‘ह्युमेनियम’ जस्ता महŒवपूर्ण रचना मार्फत बेलायती प्रगतिवादी चिन्तन परम्परालाई विकसित गर्न थमसनको महŒवपूर्ण भूमिका रहेको बुझिन्छ ।

हर्वर्टरीड, टि.एस. इलियट, मिल्टन मरे माथि टिप्पणी गर्ने ‘क्राइसिस एण्ड क्रिटिसिज्म’ का लेखक ऐलिक वेष्टले पनि बेलायती साहित्यिक चिन्तन परम्परामा विशिष्ट स्थान बनाएका छन् । सबै समकालीन समालोचना सिद्धान्तलाई उपभोगको सिद्धान्त हो भन्ने धारणा राख्ने रेमण्ड विलियम महŒवपूर्ण चिन्तक ठहरिएका छन् । उनले कुनै कलावस्तु लाभप्रद र सही उपभोगको हुन सकोस (रोहिताश्व, १९९१ ः १३३)३० भन्ने उद्देश्य राखेको प्रष्ट्याइएको छ । मानवीय शोषणका विरुद्ध नारी पुरुषका संयुक्त सङ्घर्षमा प्राचिन साहित्यका अनुशीलनबाट वर्तमान द्वन्द्वलाई सम्झन सकिन्छ र त्यसलाई बदल्नका लागि प्रभावपूर्ण ढंगले काम गर्न सकिन्छ (रोहितश्व, १९९१ ः १२७–२८)३१ भन्ने मान्यता राख्ने ‘माक्र्सिज्म एण्ड लिटरेरी क्रिटिसिज्म’ कृतिका लेखक टेरी इगल्टनले समेत बेलायती प्रगतिवादी चिन्तन परम्परामा उल्लेखनीय योगदान पु¥याएका छन् ।

नेपालमा बढीजसो क्रिष्टोफर कडवेल, राल्फ फक्स् र जर्ज थमसनको प्रभाव देखिएको भएपनि उल्लेखिक चिन्तकका अतिरिक्त ‘द कमिङ स्ट्रगल’ र ‘लिटरेचर एण्ड डाइलेक्टिकल’ का लेखक जान स्टैची, ‘द प्रोग्रेस अफ रेडिकल’ का सर्जक टि.ए. जेक्सन, ‘पोयट्री एण्ड सोसाइटी’ र ‘नोवेल टुडे’ का सर्जक फिलिप हैण्डरसन, ‘जान बनायान–मेकर अफ मिथस्’का लेखक जैक लिड्से, ‘ट्रेडिसन एण्ड डिजाइन इन होमर’ का लेखक सि.एम. बाबरा तथा ‘द एस्थेटिक्स अफ जर्ज लुकास’ का सर्जक किर्ल फाल्वा जस्ता प्रगतिवादी साहित्यिक चिन्तकहरूको बेलायती परम्परामा विशेष भूमिका देखिन्छ ।

घ. चीनीया परम्परा

भौगोलिक प्रतिकुलताका कारण नेपालको उत्तरी छिमेकी देश चीन भएर पनि सामाजिक सांस्कृतिक सम्बन्धको विस्तार एवं जातिय अन्तरघुलनमा सहजता छैन । यद्यपी तात्कालीन चीनको जस्तै अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक आर्थिक, सामाजिक अवस्थामा रहेको नेपालमा आर्थिक समृद्धि र विकासका लागि चीनीया ढा“चाको राजनैतिक परिपाटीको परीकल्पना बढेपछि नेपालमा चीनीयँ“ प्रगतिवादी साहित्यको प्रभाव बढ्न पुगेको पाइन्छ । चीनको साहित्यिक चिन्तन परम्परा माओकालीन अवस्थाबाट बढी प्रभावशाली रूपमा देखा परेको मानिन्छ । येनानको कला–साहित्यसम्बन्धि गोष्ठीमा दिएको भाषणलाई माक्र्सवादी सौन्दर्यचिन्तनको तेस्रो चरण मानिन्छ । माक्र्सवादको प्रयोेग र विकासका सन्दर्भमा लेनिनवादलाई माओले अरु समृद्ध र विकसित तुल्याएपछि माक्र्सवाद ‘माक्र्सवाद–लेनिनवाद’का रूपमा मात्र नभएर ‘माक्र्सवाद–लेनिनवाद–माओविचारधारा’को रूपमा विकसित भएको थियो । दर्शन र राजनीतिका साथै माओका सौन्दर्यचिन्तनका मान्यताहरूले समग्र माक्र्सवादी सौन्दर्यचिन्तकका क्षेत्रमा गुणात्मक विकास गरेको पाइन्छ । माक्र्सवादलाई विकसित तुल्याउन माओका वैचारिक योगदान बारे चर्चा गर्दा साहित्यिक मान्यताको समेत गरिएकाले चीनको साहित्यिक चिन्तकका रूपमा क्रियाशिल अन्य विशिष्ट व्यक्तिहरूका बारेमा केन्द्रित हुनु सान्दर्भिक हुनेछ ।
माओ त्से तुङ पछि चाउ एन लाएको नाम चीनीया प्रगतिवादी चिन्तकहरूको परम्परामा समाविष्ट भएको पाइन्छ । उनले कवि कलाकारलाई श्रमिक जनताको एक अंग मानेका छन् र कला र सृजनालाई मानवीय श्रमस“ग एकाकार तुल्याउ“दै सामाजिक जनजीवनका जीवन्त वास्तविकताको चित्रणतर्फ जोड दिएका छन् । चीनीया प्रगतिवादी समालोचक कू–मो–जोले क्रान्तिपश्चात कला–साहित्यको नव निर्माणमा देखापरेका समस्याहरूमाथि चर्चा गर्ने क्रममा माओको संयुक्त मोर्चा सम्बन्धी नीतिलाई प्रस्ट पार्दै विभिन्न विचारधारा भएका लेखकहरूका बीचमा संयुक्त मोर्चाको आवश्यकता बारे प्रकाश पार्दै गैर प्रगतिवादीहरूका साहित्यिक चिन्तनको समेत कदर गर्नुपर्ने चाउ (चाउ एन लाए, १९९० ः ३४)३२ स्थितिलाई विश्लेषण गरेका छन् । कवि, कलाकार र जनजीवनका बीचको सम्बन्ध रचनात्मक निर्माणको मूल श्रोतका रूपमा यथार्थ चित्रण मा कवि कलाकारको प्रतिवद्धता,जनसङ्घर्षको सैद्धान्तिक पक्ष र प्रगतिशील साहित्यको सैद्धान्तिक पक्षका बीचको अन्योन्य सम्बन्ध, कला–साहित्यमा गरिने परम्परागत चित्रण, यथार्थवादी धारणा र वर्तमानको यथार्थवादी प्रगतिवादी धारणा आदिका बीचमा पाइने अन्तर आदि विषयमा कू–मो–जोका मौलिक दृष्टिकोणहरू (चाउ एन लाए, १९९० ः ३४–५०)३३ पाइन्छ ।

साहित्य चिन्तकका रूपमाभन्दा बढी सर्जकका रूपमा स्थापित लु शुनले कला–साहित्यको स्वरूप तथा उद्देश्यका विषयमा आफ्ना मान्यताहरू अगाडि सारेका छन् । जीवनका यथार्थपक्षका बारेमा जानकारी प्रदान गर्ने सत्यता, सामाजिक प्रगतिका लागि हितकारी हुने शिवत्व र आत्मिक सुख प्रदानगर्ने सुन्दरतालाई लु शुनले कला–साहित्यका आवश्यक तŒव मान्दछन् । कला–साहित्यले घटित तथ्यको मात्र विवरण प्रस्तुत नगरी घट्न सक्ने घटनाको पनि परिकल्पना गरिएको यथार्थको पनि अपेक्षा गर्छ (ल्यू चाए पूm, १९९२ ः१०३)३४ भन्ने लु शुनको स्पष्ट दृष्टिकोण पाइन्छ । साहित्यलाई राष्ट्रिय संस्कृतिको प्रतिबिम्बका रूपमा हेर्ने (लु शुन, २०३४ ः १४)३५ लु शुनले साहित्यकारको चेतनाको श्रोत समाजको वर्ग विभाजन र त्यसबाट कला–साहित्यमा परेको प्रभाव, कला–साहित्य र श्रमिक वर्गका बीचको अन्र्तसम्बन्ध, क्रान्तिकारी युगचेतना र क्रान्तिकारी कला–साहित्य प्रकृति आदि विषयमा आफ्ना मान्यताहरू प्रस्तुत गरेका छन् । नारी स्वतन्त्रताका विषयमा पुरुष बराबरको आर्थिक अधिकारको आवश्यकतालाई टड्कारो देख्ने लु शुनले नारी र पुरुषको सम्बन्धलाई स्पष्ट रूपले परिभाषित गर्दै बुर्जुवा मान्यतालाई खण्डन गरेका छन् ।

समाजवादी यथार्थवादको स्वरूप निर्धारणमा मौलिक मान्यता राख्ने चीनीया सौन्दर्यचिन्तक चाउ याङ– कुनै कृति समाजवादी यथार्थवादको भावनाबाट उत्प्रेरित भएर लेखिएको छ कि छैन भन्ने विषयमा केन्द्रित नभएर समाजवादी दृष्टिकोणबाट क्रान्तिकारी विकासका सापेक्षतामा जीवनलाई चित्रित गरिएको छ कि छैन भन्ने विषयमा ध्यान दिनु पर्ने बताउ“छन् । अन्य विचारकहरूले भनेजस्तो उनको दृष्टिमा समाजवादी वास्तविकताको चित्रण नै समाजवादी यथार्थवादको मूल चरित्र होइन, समाजवादी वास्तविकतामा आधारित भएर गरिने जीवनको गतिशील प्रक्रियाको चित्रण हो (चाउ याङ, १९५४ ः ९५–९७)३६ । याओ वैन युआनले साहित्यिक चिन्तन मूलतः व्यक्ति जीवनका सुन्दर र खराव पक्ष, विषय र अभिव्यक्तिको सम्बन्ध, राजनीति र साहित्यको अन्योन्य सम्बन्धका साथै साहित्यद्वारा राजनैतिक भूमिकाको निर्वाह आदि विषयमा केन्द्रित भएर द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको दृष्टिमा कला–साहित्यका विशिष्ट प्रवृतिको विश्लेषण गरेका छन् ।

उल्लेखित साहित्य चिन्तकहरूका अतिरिक्त चीनको प्रगतिवादी साहित्य चिन्तनको परम्परालाई अगाडि बढाउन माओ तुन ची श्येनलीन, ल्यू आनऊ, फन त्वान ची, उ वनवेई, वाङ मिङ लिङ, हू शिङभ्येन, चओ चिख्यान, ह्वाङ पाओ शङ, श्ये आनतिङ, येन शाओत्वान, शान युन, जिन दिङहान, ह्वाङ छाओ मेई, ल्यू छिङ हो, लिङ ह्वे, भी वनखाए, उ काङ, यू इनह्वान, चिन ई, स्वो ना, चुक्याङ चिन आदि सौन्दर्यचिन्तनक एवं समालोचकहरूकोे महŒवपूर्ण भूमिका देखिन्छ ।

ङ. भारतीय चिन्तन परम्परा

नेपालको आर्थिक, सामाजिक, राजनैतिक, धार्मिक एवं सांस्कृतिक सम्बन्ध छिमेकी भारतसंग प्रत्यक्षरूपमा जोडिदै आएको र नेपालका गरीबहरू रोजगारीका लागि भारत जाने आउने एवं नेपालका विद्यार्थीहरू उच्चशिक्षाका लागि पनि भारततिरैै जानुपर्ने बाध्यात्मक परिस्थितिले भारतको हिन्दी साहित्यको ठूलो प्रभाव नेपालमा परेको पाइन्छ । नेपाल र भारतका बीचमा रहेको विशिष्ट सम्बन्धका कारण प्रगतिवादी साहित्यको प्रभाव भारतमा जुन ढंगले प¥यो त्यसको प्रतिबिम्ब नेपालमा परेको हुनाले भारतीय चिन्तन परम्पराले विशेष अर्थ र महŒव राखेको पाइन्छ । भारतमा प्रगतिवादी साहित्यिक चिन्तन परम्परालाई विकसित तुल्याउन विशिष्ट योगदान दिने र विद्यमान पुराणपन्थी, रीतिवादी, आधुनिकतावादी एवं रूपवादीहरूका धेरै किसिमका जनविरोधी र इतिहासविरोधी दृष्टिकोणका विरुद्ध सङ्घर्ष गर्ने कार्यमा रामचन्द्र शुक्ल, हजारीप्रसाद द्विवेदी र रामविलास शर्मा विशिष्ट श्रेणीमा पर्दछन् । भारतका प्रसिद्ध सर्जकहरू प्रेमचन्द्र, राहुल सांस्कृत्यायन, राघेय राघव र गजाननमाधवहरूले आफ्ना सृजना मार्फत प्रगतिवादी साहित्यिक चिन्तनको परम्परामा मौलिक योगदान दिएका छन् ।

रामविलास शर्मा भारतीय साहित्यिक चिन्तन परम्पराका एक विशिष्ट सौन्दर्यचिन्तक एवं समालोचक हुन् । उनले जीवनमा सौन्दर्यको स्थान कला–साहित्यको विशिष्टता, साहित्यिक चिन्तनको सार्थकता आदि महŒवपूर्ण पक्षहरूमा प्रकाश पार्ने काम आफ्ना कृतिहरूबाट गरेका छन् । ‘साहित्य और लोकजीवन’, ‘परम्पराका मूल्याङ्कन’, ‘आस्था और सौन्दर्य’ जस्ता सुन्दर कृतिहरूमा रामविलास शर्माका साहित्यिक मान्यता र मौलिक चिन्तनहरू सुस्पष्ट पाइन्छ ।

‘हिन्दी साहित्य के असी वर्ष’, ‘प्रगतिवाद’, ‘साहित्यानुशीलन’, ‘प्रगतिवादी साहित्यिक समस्याए“’ जस्ता कृतिहरू मार्फत कला–साहित्यलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले विश्लेषण गर्दै प्रगतिवादी चिन्तन परम्परालाई अगाडि बढाउन शिवदानसिंह चौहानको महŒवपूर्ण योगदान रहेको पाइन्छ । नामवरसिंहको कृति ‘कविता के नये प्रतिमान’ लाई रामविलास शर्माले भाववादी भनेर आलोचना गरेका भएपनि त्यसलाई भाववादी र गैर–प्रगतिवादी नभएको दावी अरूहरूको पाइन्छ । उनले ‘छाया“वाद’ र ‘दूसरी परम्पराकी खोज’ नामक पुस्तकहरूबाट आफ्ना मान्यताहरूलाई अभिव्यक्त गरेका छन् ।

रामचन्द्र शुक्ल र रामविलास शर्मालाई आफ्नो गुरु ठान्ने शिवकुमार मिश्र भारतको प्रगतिवादी साहित्यिक चिन्तन परम्पराका महŒवपूर्ण व्यक्ति हुन । ‘नया“ हिन्दी काब्य’, ‘आधुनिक कविता और युग दृष्टि’, ‘प्रगतिवाद’, ‘माक्र्सवादी साहित्य चिन्तन’, ‘यथार्थवाद’, ‘दर्शन साहित्य और समाज’ जस्ता मौलिक कृतिहरू मार्फत भारतीय प्रगतिवादी चिन्तन परम्परामा माक्र्सवादी साहित्य चिन्तनलाई प्रतिस्थापन गर्न सक्रिय मिश्रले ‘जनताको नया“ साहित्य’, ‘माक्र्सवाद और साहित्य’, जस्ता विदेशी कृतिहरूको सम्पादन र अनुवाद गरी प्रगतिवादमा स्थापित विभिन्न देशका चिन्तनहरूलाई भारतीय चिन्तन परम्परामा सम्प्रेषण गर्ने काम गरेका छन् ।

हिन्दी साहित्यमा माक्र्सवादी चेतना र प्रेमचन्द्रका साहित्यमा वर्गचेतना देखाउ“दै जनेश्वर बर्माले भारतीय चिन्तन परम्परामा महŒवपूर्ण योगदान पु¥याएका छन् । कला–साहित्य, दर्शन, इतिहास विभिन्न क्षेत्र र विषयमा विशद चर्चा र विश्लेषण गर्दै महापण्डित राहुल सांकृत्यायनले भारतको साहित्यिक चिन्तन परम्परालाई समृद्ध तुल्याएका छन् । प्रगतिवादी सौन्दर्य चिन्तन परम्पराको विश्लेषण गर्दैै द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणका आधारमा भारतीय प्रगतिवादी सौन्दर्यचिन्तन परम्पराको विशद् मूल्याङ्कन अमृत रायले गरेका छन् ।

कर्णसिंह चौहान, मैनेजर पाण्डेय, मन्मथनाथ गुप्त, प्रकाशचन्द गुप्त, विश्वम्भरनाथ उपाध्याय, रमेश कुन्तल मेघ, ई.एम.एम. नरदिरिपाद, रोहिताश्व, श्यामसुन्दर मिश्र, क“ुवरपाल सिंह, चञ्चल चौहान, रेखा अवस्थी, सम्पत ठाकुर, नन्दकिशोर नवल, चन्द्रभूषण तिवारी, रामकृपाल पाण्डेय, रणजीत, सुरेन्द्र चौधरी, मुरलिमनोहर सिंह जस्ता प्रगतिवादी साहित्यिक चिन्तकहरूले भारतको प्रगतिवादी साहित्यिक परम्परालाई अगाडि बढाएको पाइन्छ ।

च. अन्य विशिष्ट चिन्तन परम्परा

नेपालको प्रगतिवादी साहित्य चिन्तनको परम्परामा अन्य विभिन्न देशका साहित्यिक परम्पराको समेत प्रभाव देखिएको छ । हंगेरी, अष्ट्रिया, अमेरिका आदि देशहरूमा सापेक्षिकरूपमा माक्र्सवादी सौन्दर्यचिन्तनले प्रारम्भीक अवस्थादेखि नै विकसित हुने अनुकुलता प्राप्त गरेको देखिन्छ । यद्यपी ति देशहरूको वृहत्तर परम्पराका बारेमा चर्चा गर्नु यो लेखको सिमितताका कारण संभव छैन । तैपनि, नेपालको प्रगतिवादी साहित्यिक चिन्तनको परम्परामा बिशेष र विशिष्ट महŒवराख्ने हंगेरीका जर्ज लुकास, अष्ट्रियाका अन्स्र्ट फिशर तथा अमेरिकाका हावर्ड फास्टको संक्षिप्त चर्चा गर्नु अत्यावश्यक महशुस भएको छ ।

अ. जर्ज लुकास

‘युरोपीय यथार्थवादको अध्ययन’, ‘समकालिन यथार्थवादको अर्थ’, ‘टमसम्यानसम्बन्धी निबन्धहरू’ जस्ता गहनतम विश्लेषणात्मक कृतिहरू मार्फत प्रगतिवादको महŒवपूर्ण विश्लेषण प्रस्तुत गरेका जर्ज लुकास पश्चिमी मुलुकका महान सौन्दर्यशास्त्रीका रूपमा चिनिन्छन् । लुकासले समकालीन यथार्थवाद र प्रगतिवादको तुलनात्मक अध्ययन गर्दै प्रगतिवादको यथार्थवादी प्रवृत्तिको विश्लेषण गरेका छन् । गोर्कीले चर्चा गरेको ‘क्रान्तिकारी स्वच्छन्दतावादी प्रवृत्ति’ प्रति असहमति व्यक्त गर्दै लुकासले त्यस प्रवृत्तिलाई आर्थिक व्यक्तिवादको सौन्दर्यशास्त्रीय पर्याय हो भनेका छन् । वस्तुगत जगत र यसको प्रकृति, यथार्थ र कलात्मक सत्यका बीचको सम्बन्ध, यथार्थको कलात्मक प्रतिबिम्बन, कलात्मक गुण र यसको वस्तुगत गुण, आधुनिकतावादी अस्तित्ववादी विचारधारा र यसका वैचारीक असङ्गतिहरू तथा आलोचनात्मक यथार्थवाद र समाजवादी यथार्थवादका बीचको अन्तरसम्बन्ध आदि विषयमा लुकासको चिन्तन परम्परामा मौलिक मान्यताहरू पाइन्छन् (लुकास, २०३१ ः १२५)३७ ।

आ. अन्स्र्ट फिशर

अन्स्र्ट फिशरले माक्र्सवादी दृष्टिकोणबाट कला–साहित्य सम्बन्धी विभिन्न सैद्धान्तिक समस्याहरूको विवेचना गर्दै कला–साहित्यको उद्भव तथा त्यसका उद्देश्यमाथि प्रकाश पारेका छन् । मानवीय श्रम र कला–साहित्यको उद्भव, आदिम भाव र आदिम कला–साहित्यका बीचको सम्बन्ध, पू“जीवादी समाज व्यवस्था र पू“जीवादी कला–साहित्यको चरित्र, कला–साहित्यमा अखण्ड मानवचेतनाको चित्रण, कला–साहित्यमा वस्तु र रूपको व्यवस्थितीगत युगिन परिस्थितिको भूमिका आदि विषयमा फिशरले गहन विवेचना गरेर प्रगतिवादको साहित्यिक चिन्तनलाई स्पष्ट पारेका छन् ।

इ. हावर्ड फास्ट

रचना क्षेत्रका साथसाथै चिन्तनका क्षेत्रमा पनि सक्रिय अमेरिकी साहित्यिक चिन्तकहरूले दोश्रो विश्वयुद्ध पूर्व अमेरिकामा माक्र्सवादी चिन्तन परम्परालाई शसक्त रूपमा अगाडि बढाएको पाइन्छ । अमेरिकाको प्रगतिवादी चिन्तन परम्परालाई अगाडि बढाउन विभिन्न साहित्यिक पत्रपत्रिकाको निकै ठूलो योगदान रहेको देखिन्छ । त्यसरी प्रगतिवादी आदर्शप्रति त्यती प्रतिवद्ध र समर्पित नभएका पत्रपत्रिकाहरूको समेत प्रयोग गरेर कला–साहित्य सम्बन्धि विचारहरूलाई जनसमक्ष ल्याउने विचारकहरूमा प्mलाइन डेल, मैक्स इष्टम्यान, वि.एफ.कावरटेन, फिलिप राव, ग्रेनवाइल हिक्स, न्यूट्रन अर्विन, केमेथ वर्क, एडमण्ड विल्सन, वि. जे. जेरोम, हावर्ड फास्ट आदि रहेका थिए । विचार र चिन्तनका दृष्टिकोणले अन्य विचारकहरूका योगदान उल्लेखनीय हु“दाहु“दै पनि नेपालको प्रगतिवादी साहित्यिक चिन्तनमा हावर्ड फास्टका रचना र विवेचनाको विशेष प्रयोग र प्रभाव रहेकोले उनका विचारहरूमाथि नै यो टिप्पणी केन्द्रीत गरिएको छ ।

‘साहित्य र यथार्थ’ नामक फास्टको कृतिले नेपालको प्रगतिवादी साहित्यिक आन्दोलनमा विशिष्ट स्थान हासिल गरेको छ । यस कृतिमा वस्तु यथार्थ र कलात्मक यथार्थका बीचको द्वन्द्वात्मक प्रकृतिलाई फास्टले स्पष्टसंग औंल्याएका छन् । उनले प्रगतिवादको झै साहित्यिक संश्लेषण नभएको प्रकृतीवादलाई यथार्थबाट पलायन भएको मात्र नभएर चयन र रचनाका क्रममा पाठकमा यथार्थप्रति भ्रम पैदा गर्ने साहित्य सिद्धान्त (फास्ट, १९५५ ः २०)३८ का रूपमा लिएका छन् । अतित तथा भविष्यस“ग यथार्थ चेतनालाई संयोजित तुल्याउने क्रममा द्वन्द्वात्मक दृष्टिकोणका आधारमा समीक्षकले अतितका जीवन्त तत्वको स्वीकार र मरणशील तत्वको अस्वीकार गर्नुपर्छ भन्ने उनको मान्यता पाइन्छ (फास्ट, १९५५ ः २७–२८)३९ । उनले कला–साहित्य र वस्तुगत सत्य, कला–साहित्य र अतित चेतना तथा भविष्यदृष्टि, कला–साहित्य र नैतिकता, वस्तुतत्व र रूपतत्व आदिका बीचको अन्तरसम्बन्ध, स्रष्टाका भाव र पाठकका भावका बीचको सम्प्रेषणीयता आदिका बारेमा मौलिक निष्कर्षहरू प्रस्तुत गर्दै अमेरिकी प्रगतिवादी चिन्तन परम्परामा अद्वितिय चिन्तकका रूपमा स्थापित भएका छन् ।

३. निष्कर्ष

प्रगतिवादका सैद्धान्तिक परम्पराको अध्ययन गर्दा अरु क्षेत्रमा जस्तै कलासाहित्यको क्षेत्रमा माक्र्सवाद एउटा महŒवपूर्ण दृष्टिकोणका रूपमा स्थापित भएको पाइन्छ । माक्र्सवादी द्वन्द्वात्मक–भौतिकवादी दर्शनलाई साहित्यमा निरूपण गर्दै देश, काल र परिस्थिति अनुरूप विश्वका विभिन्न देशहरूमा प्रगतिवादलाई माक्र्सवादको साहित्यिक सिद्धान्तको रूपमा विकसित गरेको देखिन्छ । यही अन्तर्राष्ट्रिय प्रयोग अनुभव र परम्पराद्वारा नेपाली साहित्यिक आन्दोलन प्रभावित बनेको र त्यसको पछिल्लो केडीका रूपमा नेपालमा प्रगतिवादी साहित्यिक चिन्तन परम्पराले प्रवेश पाएको स्थिति छ । नेपालमा प्रगतिवादको प्रारम्भ र विकसकाका बारेमा विस्तृतरूपमा बेग्लै चर्चा गरिने भए पनि यहा“नेर अन्तर्राष्ट्रिय क्षेत्रमा यसप्रकारले विकसित हु“दै आएको प्रगतिवादका सैद्धान्तिक आधार र परम्पराबाटै नेपालको प्रगतिवाद प्रभावित, स्थापित र निर्देशित बन्न पुगेको स्पष्ट हुन्छ ।

प्रगतिवादका सैद्धान्तिक आधार र परम्पराहरूको अध्ययनले कला–साहित्यको व्याख्या विश्लेषण र मूल्यांकन गर्न माक्र्सवादी दृष्टिकोणलाई आधार बनाउनु पर्ने आवश्यकता औल्याएका छन् । प्रगतिवादप्रति चासो राख्नेले माक्र्सवादका मूल प्रस्थापना र कला–साहित्यसम्बन्धी अवधारणाको जानकारी राख्नै पर्ने देखिन्छ । यसरी प्रगतिवादको मूल दर्शनका रूपमा माक्र्सवाद (माक्र्सदेखि माओसम्म विकसित हु“दै आएको माक्र्सवाद) र त्यसका मूल पक्षहरू द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको सही र स्पष्ट समझदारी निर्माण नगरिकन प्रगतिवादी आधारलाई पक्रेर साहित्य सिर्जना गर्न र त्यसको आधारमा साहित्यिक समालोचना तथा विश्लेषण मूल्यांकन गर्न नसकिने स्पष्ट हुन्छ । कला–साहित्यका सन्दर्भमा प्रगतिवादी धारणा र मान्यताहरूलाई मुख्यतः आर्थिक धरातल र कला–साहित्यको सम्बन्ध, कला–साहित्यको उद्देश्य, आवश्यकता, वर्गीय पक्षधरता, इतिहासको मूल्यांकन पद्धति, यौन, प्रेम र नैतिकता अथवा संक्षेपमा यसका आर्थिक, सामाजिक, राजनैतिक र सांस्कृतिक मूल प्रवृत्ति वा आयामहरूसम्बन्धी दृष्टिकोणहरूले प्रष्ट पार्दछन् ।


माक्र्सवादका संस्थापक, माक्र्सवादको स्रोत र संघटक अङ्गहरू, माक्र्सवादको प्रवद्र्धनमा उल्लेख्य भूमिका निर्वाह गरेका घटनाहरू, राजनैतिक व्यक्तित्व, विशिष्ट प्रगतिवादी सौन्दर्यशास्त्री, चिन्तक, समालोचक र प्रतिनिधि स्रष्टा–सर्जकहरूका दृष्टिकोण, मान्यता र अवधारणाहरूको गहन अध्ययनले प्रगतिवादलाई ठम्याउन, त्यसको अन्तरवस्तुलाई पक्रेर उद्देश्यपूर्ण साहित्यिक रचनाको सिर्जना गर्न र विद्यमान साहित्यिक कृतिहरूको वस्तुनिष्ट, आलोचनात्मक र तथ्यपूर्ण अध्ययन विश्लेषण कार्य गर्न सम्भव हुने देखिन्छ । तसर्थ समकालिन प्रगतिवादी नेपाली उपन्यासका पात्र विधानको अध्ययन प्रगतिवादका आधारलाई पक्रेर सम्पन्न गर्न प्रगतिवादका सैद्धान्तिक परम्पराको यस अध्ययनले मार्ग निर्देशन गर्नेछ ।


000

---------------------------------------------------------------------

साहित्य : संघर्ष र साधनका दुई रूप 
– फैज अहमद फैज


प्रत्येक साहित्कार कुनै न कुनै रूपमा समाजको एक एकाइ हुन्छ । साहित्यकारको आफ्नो समाजसित दुई किसिमको सम्बन्ध हुन्छ । एउटा व्यक्तिगत सम्बन्ध र दोस्रो साहित्यकारको सम्बन्ध । यी दुई सम्बन्धले साहित्यकारमा दोहोरो जिम्मेवारी सिर्जना गर्छ । एउटा सामान्य जिम्मेवारी, जुन कुनै समाजको सबै व्यक्ति या कुनै देशको नागरिकहरूका निम्ति एकैप्रकारको हुन्छ । दोस्रो विशेष जिम्मेवारी, जुन साहित्यकारहरूको आफ्नो कला या पेशासित जोडिएको हुन्छ । यी दुई सम्बन्ध र यसबाट उत्पन्न हुने जिम्मेवारी एकआपसमा बेग्लाबेग्लै होइनन्, बरू अन्तरसम्बन्धित हुन् ।

चिन्तकहरूको केही जत्था यो मान्यतासित सहमत छैनन् । एउटा स्कुलको मत के रहेको छ भने जब कुनै समाज अन्याय र अनौचित्यको बाटोमा अगाडि बढ्छ भने त्यस बेला साहित्यकारमात्र होइन, कुनै पनि व्यक्तिको त्यस समाजप्रति कुनै जिम्मेवारी हुँदैन । त्यस हालतमा प्रत्येक व्यक्तिको कर्तव्य हुन आउँछ, त्यस समाज सुधार या बदला । त्यस समाजको अस्तित्वलाई नै नकार्दै सबै सामाजिक संस्था र सबै सामाजिक मूल्यमान्यताबाट टाढा रहेर आफ्ना सबै कार्यलाई उक्त समाजको विघटनका निम्ति केन्द्रित गर्नु अराजकतावादी, हिप्पी आदि सम्प्रदायहरू यही विचारधाराका समर्थक हुन् । अर्को जत्थाको दृष्टिकोण के रहेको छ भने साहित्यकारको काम केवल साहित्यको सौन्दर्यशास्त्रीय मूल्यको विकास गर्नु हो† समाजको सुधार वा समाजको विघटनसँग उसको कुनै सरोकार छैन । यसप्रकारको असाहित्यिक तथा असौन्दर्यशास्त्रीय विचार, कलाधर्मितासँग असम्बन्धितमात्र होइन, बरू यसको बाधक पनि हो । 

यी दुवै दृष्टिकोण आमरूपमा असन्तुलित र ह«ासोन्मुख समाजमा जन्मिएका हुन् । यस्तो समाजमा केही भावुक व्यक्ति, व्यवस्थाका नेता र सत्ताको भागवन्डा गर्नेहरू अगाडि आपूmलाई नितान्त विवस र असहाय सम्झन्छन् र वस्तुस्थितिको सुधार एवं परिवर्तनको जिम्मेवारीबाट पलायन भएर व्यक्तिगत “विद्रोह” को झन्डा उठाउन पुग्छन् । केही व्यक्ति यही कारणले सत्तासित सम्झौता गर्न पुग्छन् र विरोधमा उठाइएका हरेक किसिमका सुधारवादी तथा क्रान्तिकारी प्रयत्नलाई साहित्यकारको मर्यादानुकुल नभएको अडान लिन्छन् । यी दुवै दृष्टिकोण सचेतन वा अचेतनरूपले जीवन र साहित्यको कठिन जिम्मेवारीबाट पलायन हुने वहानामात्र हुन् ।
पहिले नै भनिसकियो, कुनै समाजको एउटा जिम्मेवार अथवा कुनै देशको एउटा जिम्मेवार नागरिक भएको नाताले साहित्यकारको स्थिति कुनै अन्य सामाजिक व्यक्ति वा नागरिकभन्दा बेग्लै हुँदैन । यसकारण समाजमा हुने सुधार र विकास र परिवर्तनको सन्दर्भमा साहित्यकारको जिम्मेवारी बिल्कुलै त्यही हुन्छ, जुन कुनै असाहित्यकारको हुन्छ । यहाँ कुनै “कवि सुलभ छुट” जस्तो कवितात्मक प्रमाणपत्रले उसलाई ती जिम्मेवारीहरूबाट मुक्त गर्न सक्दैन ।

अब साहित्यकारको रूपमा उसको जिम्मेवारी के छ त ?
साहित्यको कुनै सर्वसम्मत र साङ्गोपाङ्गोरूपबाट सन्तोषजनक परिभाषा दिनै अप्ठेरो छ, तर छोटकरीमा भन्ने हो भने साहित्य शब्दको माध्यमबाट मानवीय अनुभूतिको प्रभावकारी एवं रूचिको अभिव्यक्तिको नाम हो ।
अभिव्यक्तिको दुई पहलु छन्— पहिलो वर्णन र दोस्रो मूल्याङ्कन । वर्णन भन्नाले ती सम्पूर्ण मानसिक घटनाको चित्राङ्कन, तिनका सवाङ्गिण पक्षहरूको रूपान्तरणको नाम हो । यो चिन्तन, दृष्टिकोण, अध्ययन र अनुविक्षणको फलस्वरूप मनमष्तिष्कमा प्रतिबिम्वित हुन्छ र ती तत्वहरूको संयोजनलाई मूल्याङ्कन भनिन्छ, जसद्वारा प्रस्तुत वस्तुको गुण, दोष, सौन्दर्य–असौन्दर्य, महत्व–अमहत्व आदिको अन्दाज गर्न सकिन्छ ।

अनुभूतिका दुई पक्ष छन् । पहिलो भावना र दोस्रो विवेक अर्थात् ती सारा प्रभाव, भावना र मानसिक स्थितिहरू सिधै व्यक्तिगत अनुभवको रूपमा व्यक्तिको मष्तिष्कमा प्रकट हुन्छन् । दोस्रो बौद्धिक प्रभावबाट मनुष्य आफ्नो परिवेश, समाज र समकालीन मानवीय भाइचाराको सामुहिक अनुभवबाट, चेतन या अचेतनरूपले आफूभित्र ग्रहण गर्दछ । यो सामुहिक अनुभव भावना र कल्पनाको अनुभवबाट व्यक्तिगत अनुभूतिमा परिवर्तन हुन जान्छ ।
विवेकका दुई कार्यहरू छन्— विश्लेषण र संश्लेषण । बाह्य र आन्तरिक घटनाहरू र भावस्थितिको निर्माणकारी तत्वहरू अथवा तिनलाई वास्तविक तथ्य, सम्बन्ध र सञ्चारक नियमहरूमा स्पष्ट गर्नु ।
अनुभवको सत्यताद्वारा त्यसको महत्व या महत्वहीनताको परीक्षाबाट यथार्थको गहिराइ र व्यापकतासित अनुभवको गहिराइ र विस्तारको सम्बन्ध छ ।

यथार्थ हाम्रो जगतको समस्त बाह्य तथा आन्तरिक तथ्यहरू र तिनको पारस्परिक सम्बन्धको समुच्चय हो । जगतका दुई भाग छन्— एउटा चेतन मानव समाज र दोस्रो अचेतन र विवेकशुन्य पशु तथा जङ्गल, जसलाई प्रकृति भनिन्छ । मानवमात्र यो भौतिक जगतका विभिन्न तत्वहरूलाई प्रयोगमा ल्याएर आफ्नो आवश्यकतालाई पूरा गर्न प्रयत्नशील रहन्छ । उत्पादनको प्रक्रियालाई अधिक सफल र सुचारू बनाउन विभिन्न मानव समाज आपसमा सामाजिक सम्बन्ध स्थापित गर्दछन् । आफ्नो यसप्रकारको सम्बन्धअनुसार उत्पादन प्रक्रियामा श्रम विभाजनलाई निर्धारित गर्दछन् । यस परिस्थितिमा हेरफेर हुने वा कुनै अरू कारणबाट यो सम्बन्ध र श्रम विभाजन असन्तोषजनक सिद्ध भएमा सामाजिक सामञ्जस्यताको सुविधाको लागि त्यसमा परिवर्तन र सुधार आवश्यक हुन जान्छ ।

यथार्थ जगतको जुन मानव क्षेत्र छ, त्यसका तीनवटा परिधि छन् । पहिलो व्यक्तिको आफ्नो परिधि† दोस्रो उसको समूह वा समाज र तेस्रो समकालीन मानवीय भाइचारा । यसरी नै काल तीनप्रकारका छन्— भूत, वर्तमान र भविष्य । प्रत्येक परिधिले साहित्यकारको मानसमा केही न केही हलचल उत्पन्न गर्दछ । त्यसैको लहरले अर्को परिधिको हलचलमा मिलेर भावावेश वा घटना वा अनुभूतिलाई जन्म दिन्छ । आफ्ना व्यक्तिगत भावना, भावदशाहरू दुःख–सुख, आनन्द, राग–विराग आदि आफ्नो युगीन सामाजिक वातावरण र त्यसलाई निर्माण गर्ने तत्व शान्ति र वैभव यस्तै अर्कोतिर, जनताको असमान अधिकार, उद्वार भावना र दूरदर्शिता र दोस्रोतिर दैन्य र दुर्दशा, दासता र आतङ्क, अज्ञान र सङ्कीर्ण दृष्टि, शोषण र दमन† आफ्नो समयको संसारको वास्तविकता र त्यसको आधारभूत पक्ष—शान्ति वा युद्ध र मारकाट† भाइचारा र मित्रता वा पुँजीवादी लुटखसोट—यी सबैको सामुहिक अध्ययन र जाँचपडतालबाट साहित्यकारको व्यापक अनुभव सञ्चित हुन्छ । यसैबाट साहित्यकारको रचनाले विभिन्न आयामहरू यथार्थको उद्घाटन गर्दछ ।

साहित्यिक अभिव्यक्तिका दुई उद्देश्य छन्— एक स्वान्त सुखाय, दोस्रो यथार्थको उद्घाटन । यथाथृको उद्घाटन आफ्नो समाज र आफ्नो युगको गम्भीर विश्लेषण र साँचो चित्रणको नाम हो । जसले गर्दा यसबाट समाजको झञ्झट र समस्याबाट र समस्याबाट ती समस्याहरूको चरित्र र समस्याहरूको कार्य कारण सम्बन्ध र राम्रो किसिमले उद्घाटित हुन सकोस् ।

यथार्थको प्रत्येक स्पष्टीकरण र विश्लेषणले जनसामन्यको मानसलाई प्रभावित पार्दछ र त्यसले आफ्नो समाज या आफ्नो समकालीन सञ्चारलाई एकप्रकारको विशिष्ट रङ्गमा हेर्नका लागि प्रवृत्त गराउँछ । यो प्रवृतिबाट खास किसिमको कार्यशैलीतिर आकर्षण पैदा गर्दछ । यसकारण यथार्थको स्पष्टीकरण र विश्लेषणको प्रतिक्रिया प्रचार वा प्रोपोगन्डा हो । यस्तो कुनै पनि कार्यले जनताको बौद्धिक चेतनामा परिवर्तन निश्चितरूपमा सुधार वा विघटनको क्रिया हो । यो बिन्दुका साहित्य र राजनीतिबीच कुनै फरक पर्दैन ।

राजनीतिका पनि दुईवटा परिधि छन् । पहिलो, राजनीतिको व्यापक परिधिले समाजको सम्पूर्ण बाह्यान्तरलाई आवद्ध गरेको हुन्छ । यस दृष्टिबाट हेर्दा ती पहलकदमीहरू धामिृक, नैतिक, साहित्यिक, सांस्कृतिक, कानुनी, आर्थिक, सामाजिक आदिले सामन्य जनजीवनलाई प्रभावित गर्दछ । यो नै व्यावहारिक राजनीतिको अभिन्न अङ्ग हो । दोस्रो राजनीतिको सीमित घेरा हुन्छ, जसको सम्बन्ध समाजको संवैधानिक, कानुनी र सामाजिक व्यवस्थातन्त्रसित मात्र हुन्छ । आमरूपमा “राजनीति” शब्दको प्रयोग यही सीमित परिभाषिक अर्थमा गरिन्छ ।
राजनीतिक कार्यकलापका दुई रूप हुन्छन् । एउटा, व्यावहारिक अर्को, सैद्धान्तिक । सिद्धान्तपरक विश्वास, साहित्य, संस्कृति, मूल्य, नीति, आचार आदि सबैको परोक्ष सम्बन्ध राजनीतिको सैद्धान्तिक पक्षसँग हुन्छ । समाजको वौद्धिक चेतनालाई संस्कार दिनु, समाजको युगीन समस्याहरूको बोध गराउनु, त्यसको विवेकपूर्ण समझदारी, त्यसको विषयमा युक्तियुक्त दृष्टिकोण र कार्यनीतिको निर्धारण यही सैद्धान्तिक अभिव्यक्ति र प्रचार प्रसारको माध्यमबाट सम्भव हुन्छ । प्रत्येक साहित्यिक अभिव्यक्ति—जसको शैली, रूप या विषयवस्तु जुनसुकै होस्—सैद्धान्तिक प्रचारको साधन हो । युगीन समस्याहरूको ठम्याइ र त्यसप्रतिको विवेकपूर्ण बुझाइमा जोड दिनु प्रचारको एउटा पक्ष हो, साथै त्यही समस्याप्रति उदासिन र पलायन प्रचारको अर्को पक्ष हो । असल साहित्य सफल प्रचारको प्रमाण हो भने निकृष्ट साहित्य असफल प्रचारको नमुना हो ।

व्यावहारिक राजनीतिमा सैद्धान्तिक प्रचार र निष्ठाले सामुहिक कार्यहरूको रूपधारण गर्दछ । जस्तो कि माथि उल्लेख गरिएझैँ प्रत्येक साहित्यकार, सामाजिक सुधार वा विघटन, यथार्थको विवेकपूर्ण समझ या त्यसको उपेक्षा, युगीन समाजहरूसित सरोकार या त्यससित पलायन आदि कुराहरूकै प्रचार गर्दछ । यो प्रचार आफैमा सङ्घर्ष र साधनाको प्रयोग हो ।

सङ्घर्ष र साधनाका दुई रूप हुन्छन् । एउटा लेखनको सङ्घर्ष अर्थात् सिद्धान्तको सङ्घर्ष, अर्को कर्मक्षेत्रको सङ्घर्ष । लेखनको सङ्घर्षको प्रभावकारिताको आधार अभिव्यक्तिको क्षमताका साथै अनुभूतिको इमान्दारी र सच्चाइ हो । अनुभूति कर्मको रूप पनि हुन्छ र कल्पनाको रूपमा पनि । कर्मबाट प्राप्त अनुभूतिलाई चेतनामा ल्याउने कार्य हो र यो प्रयोग यथार्थबाट नितान्त रूपमा असम्बद्ध हुने दिशाबाट सफल हुन सक्दैन ।

युगीन समस्याहरूको बारेमा कर्म अनुभूति व्यावहारिक सङ्घर्षको माध्यमबाट मात्र प्राप्त हुन सक्छ ।

लेखनको सङ्घर्ष र कर्मको सङ्घर्षको जोड (योग) भएपछि अनुभव र अभिव्यक्ति दुवै आफ्नो पूर्णताको शिखरसम्म पुग्न सक्दछन् र सही साहित्यको उद्देश्य पनि यही हो । अनुभव र विवेक, ज्ञान र कर्म, अनुविक्षण र उद्देश्यपूर्ण सङ्घर्ष यिनै विशेषताहरू नै साहित्यकारको स्वामित्व र उसको महानतालाई नाप्ने मापदन्डहरू हुन् ।


000

---------------------------------------------

प्रगतिवादी साहित्यिक मान्यता 

                                                                                       – डा. यदु नन्दन उपाध्याय

१. विषय प्रवेश

प्रगतिवाद सामाजिक जीवन र जगत्बारेको माक्र्सवादी दर्शनकै साहित्यिक अभिव्यक्ति हो । यसको सैद्धान्तिक आधार समाज विश्लेषण सम्बन्धी द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । यसले पहिलेका चिन्तन भन्दा अघि बढेर मानवलाई बाँच्नका लागि चाहिने खाना, छाना र नानाका बारेमा गहिरो मान्यता अगाडि सारेको छ । यो समाजका र मानवीय जीवनका बहुआयामिक प्रवृत्तिको व्याख्या र विश्लेषण गर्ने मात्र नभई समाज बदल्ने मान्यता पनि हो । त्यसैले यसको विषय क्षेत्र व्यापक हुनु स्वाभाविकै हो । यहाँ भने त्यस विशाल क्षेत्रतर्फ नलागी नेपाली जीवनका महत्त्वपूर्ण र जन्दाबल्दा विषयबारेमा प्रगतिवादी साहित्यिक मान्यताहरू के कस्ता रहेका छन् ? भन्नेबारे विचार मन्थन गर्न खोजिएको छ । यस लेखको अध्ययनमा मूलतः पुस्तकालयीय विधिको उपयोग गरिएको छ । 

२. प्रगतिवादी साहित्यिक मान्यता 
सामाजिक जीवन प्रक्रियाका बारेमा सबभन्दा वैज्ञानिक र वस्तुवादी विश्लेषण गर्ने प्रगतिवादका समाज, श्रम, वर्गीयता, मानवतावाद, धर्म, जाति, लिङ्ग आदि सम्बन्धी अवधारणा बढी महत्त्वपूर्ण छन् । अबका उपशीर्षकमा तिनै पक्षबारेका मूलभूत प्रगतिवादी साहित्यिक मान्यताबारे संक्षिप्त र सूत्रात्मक व्याख्या गरिएको छ । 

२.१ प्रगतिवाद र सामाजिकता
प्रगतिवाद सामाजिक जीवन सम्बद्ध क्रियाकलापलाई नै साहित्यको मूल आधार बनाउने साहित्य सिद्धान्त हो । यसका प्रणेताहरूले व्यक्त गरेको सामाजिक अस्तित्वले मानिसको चेतना निर्माण गर्दछ (माक्र्स र एङ्गेल्स, २०६३ ः ३९–४०) भन्ने अभिव्यक्तिले त्यसै तथ्यलाई बुझाएको छ । यसो त कैयन गैरप्रगतिवादी साहित्यकारले पनि साहित्य सिर्जनाको आधार समाजलाई बनाएका हुन्छन् तर प्रगतिवादको विशेषता के हो भने यसले वर्गीय आधार, विचारधारात्मक स्वरूप तथा क्रान्तिकारी भूमिकामाथि जोड दिएको हुन्छ (पाण्डेय, सन् १९९७ ः १२) । प्रगतिवादले समाज, त्यसभित्रका अन्तर्विरोध, सामाजको विकास प्रक्रिया एवं भविष्यबोधको व्याख्या वस्तुगत र वैज्ञानिक आधारमा गर्दछ । यसले साहित्यलाई दैवी प्रेरणाको उपज (शर्मा, २०५५ ः ५६८–७६) नमानी भौतिक समाजभित्रकै आर्थिक, राजनीतिक, सांस्कृतिक आदि क्रियाकलापको प्रतिबिम्बि मान्दछ । सम्पूर्ण काल्पनिक सृष्टि त्यही वस्तु जगत्को प्रतिबिम्ब हो जहाँ स्रष्टा बस्दछ (फक्स, सन् १९८० ः १८) । यस्तो प्रतिबिम्ब साहित्यलाई समाजको दर्पण मात्र ठान्ने यान्त्रिक चिन्तनका विपरीत गति, विकास र द्वन्द्वका सन्दर्भमा बोध गर्ने प्रक्रियासँग सम्बन्धित छ । मानिस बसेका समाजमा हुने आर्थिक शोषण, सामाजिक विभेद, पुरुष सत्ताको हैकम, अज्ञानता, अधिकार विहीनता, सांस्कृतिक, धार्मिक अन्धता र अवैज्ञानिक चिन्तनहरू समाज विकासका बाधक तत्त्व हुन् भन्ने यसको मान्यता छ । यस्ता कुरा बुझाउन यसले साहित्यको अक्षयस्रोतका रूपमा जन जीवनलाई नै ग्रहण गर्दछ । त्यस जन जीवनका सांस्कृतिक परम्परा र प्रचलनमा पनि मान्छेको सुन्दर जीवनका लागि उपयोगी एवं व्यावहारिक क्रियाकलापलाई आत्मसात गरेर अघि बढ्र्न चाहन्छ भने नचहिँदा अन्ध विश्वास, अवैज्ञानिक चिन्तन र कामकुराहरूलाई अस्वीकार नै गर्दछ । यसले समाजका सबै खालका मानिसहरू, सबै वर्गहरू, सबै जन समूहहरूका जीवन र सङ्घर्षका सबै सजीव रूपहरूको व्यापक स्रोतमा गएर कलाका कच्चा पदार्थहरूको निरीक्षण, अनुभव, अध्ययन र विश्लेषण गरे मात्र सक्कली लेखक बन्न सकिने (माओत्सेतुङ, २०५७ ः ५८) मान्यता राख्दछ । समीक्षकहरू पनि प्रगतिवादलाई समाजशास्त्रीय कोणको सर्वाधिक विकसित र सशक्त दृष्टि मान्दछन् (त्रिपाठी, २०५८ ः १२५) प्रगतिवादका यस्ता प्रवृत्तिले सामाजिक सम्बद्धता र अभिन्नतालाई नै बुझाएका छन् ।

प्रगतिवादले प्रत्येक वस्तु, घटना र प्रक्रियालाई द्वन्द्वशील एवं गतिशील अन्तर्सम्बन्धमा बुझ्दछ । प्रगतिवादी समीक्षक क्रिस्टोफर कडवेलले पनि साहित्यलाई समाजरूपी सिपीबाट निकालिएको मोती मानेका छन् (कडवेल, सन् १९९० ः ११) उक्त मोती समाजका पतनशील, ह्रासशील शक्ति वा प्रवृत्तिको क्रमशः अवसान तथा उन्नतिशील एवं विकासशील शक्ति र प्रवृत्तिको उदय हुने द्न्द्ववादी मान्यताबाट प्रदीप्त हुन्छ । यसले समाजका सामन्त, जमिन्दार, शोषण गर्ने पुँजीपति, अन्ध विश्वासी र अवैज्ञानिक चिन्तन गर्ने सामाजिक समूह सबै पराजित हुँदै जाने तथा पसिनाको कर्ममा विश्वास राखी कठोर परिश्रम गर्ने श्रमजीवी, शोषित एवं वैज्ञानिक विचार र कर्म लिएका समूहको विजय सुनिश्चित रहने मान्यता प्रस्तुत गर्दछ । यस कारण समाजलाई प्रगतिवादले जड वा स्थिर रूपमा कहिल्यै नलिई अविरल प्रवाह र विकसनशील सन्दर्भमा बुझ्दछ । यसले सामाजिक यथार्थलाई विकासका रूपमा, गतिका रूपमा र अनवरत सङ्घर्षका रूपमा देख्दछ र बुझ्दछ पनि (बराल, २०५२ ः १३) । साथै यसले व्यक्तिका निजी गन्थन, अनुभूति, आत्मकेन्द्रित चिन्तनका विपरीत सामूहिक एवं सामाजिक चिन्तनलाई नै प्रस्तुत गर्दछ । त्यस्ता व्यक्तिगत अनुभूतिहरू सामूहिक अनुभूतिमा समायोजित हुने यसको मान्यता छ (फक्स, सन् १९८० ः ९४) । समाजका सुख, दुख, आशा, उमङ्ग, जागरण, जोश, उत्साह आदि पक्षहरूलाई गतिमान प्रवाहका रूपमा बुझ्ने र सूक्ष्म सामाजिक संवेदना मार्फत सुन्दर समाजतर्फ अभिप्रेरित गर्ने साहित्य नै प्रगतिवादी साहित्य मानिन्छ र यिनै पक्षहरूका कारण प्रगतिवाद र समाजको सम्बन्ध घनिष्ठ, द्वन्द्वशील र विकसनशील रहेको बोध गर्न सकिन्छ । 

२.२ श्रम र साहित्यको सम्बन्ध 
साहित्य आफै दीर्घ कालीन श्रम प्रक्रियाको उपज हो भनी मान्ने प्रगतिवादले श्रम, पसिना र श्रमजीवी जनताप्रति उच्च आदर एवं सम्मान व्यक्त गर्दै तिनै कुरालाई साहित्यको मूल विषय बनाउँछ । मानिसको हातलाई समेत मानवीय परिश्रमकै विकसित अङ्ग मान्ने एङ्गेल्सको धारणाले मानिसको लामो श्रम प्रक्रिया मार्फत चित्र, मूर्ति, सङ्गीत लगायतका कलाको आविर्भाव भएको उल्लेख गरेको छ (माक्र्स र एङ्गेल्स, २०६३ ः १३१) । अन्स्र्ट फिसरले पनि साहित्यलाई मानव श्रमकै विशिष्ठ गतिविधि अन्तर्गत राखेको पाइन्छ (फिसर, सन् २००५ ः १०) । साहित्यको उत्पत्तिको कुरो मात्र होइन साहित्यले अभिव्यक्त गर्ने विषय नै मूलतः श्रम प्रक्रियामा आधारित हुन्छ भन्ने प्रगतिवादी मान्यता रहेको छ । यसले मानव सभ्यताको विकासमा मानव श्रम र सिपको अहं भूमिका रहेको मान्दछ । समाजको भौतिक, आर्थिक विकासको आधार मानव श्रम हो भन्ने यसको प्रबल मान्यता छ । सामाजिक विकासमा वर्ग सङ्घर्षको निर्णायक भूमिका देख्ने प्रगतिवादले त्यही सङ्घर्षको चुरो कुरो श्रम नगरीकन ढलीमली गर्ने र रातदिन श्रम गरेर पनि खान बस्न नपुग्नेका बिचको द्वन्द्वलाई मान्दछ । आजसम्म प्रकृतिसँग सङ्घर्ष गरेर आर्जन गरेका उपलब्धिहरू, मानवकर्मका द्योतक स्मारकहरू, स्वयं मानवको आन्तरिक सभ्यताको विद्यमान अवस्थासम्म हासिल गरेका सांस्कृतिक एवं कलात्मक उन्नतिहरू सबैको आधारशिला श्रम हो भन्ने कुरा निर्विवाद छ । यसले साहित्यको स्रोत र आधार श्रम भएकाले श्रमबाट कलालाई अलग्याएर सौन्दर्यको अपेक्षा गर्नु मूर्खता हो (चैतन्य, २०६५ ः ६९) भन्दछ । अझ यसले समाजको भोको र नाङ्गो अवस्थामा रहेको श्रमशक्तिलाई नै साहित्यको स्रोत र विषय बनाउँछ । प्रगतिवादका श्रम आधारित यी मान्यताले साहित्यको उत्पतिलाई दैवी प्रेरणा वा ईश्वरीय अनुकम्पाका रूपमा व्याख्या गर्ने भाववादी तथा यौनजन्य अभिव्यक्ति ठान्ने मनोवैज्ञानिक मान्यताको खण्डन गर्दछ । साथै यसले साहित्यलाई जीवनोपयोगिताका मापदण्डमा व्याख्या गरी ‘कला कलाका लागि’ भन्ने मान्यताको पनि तीव्र विरोध गर्दछ । अरू कुनै वाद, सिद्धान्त वा मान्यताभन्दा अघि बढेर प्रगतिवादले साहित्य चिन्तनलाई श्रमिक जनतामा केन्द्रित गर्न, श्रममय जीवनमा ऊर्जा भर्न तथा श्रम र सिर्जनाको गौरव गरिमालाई स्थापित गर्न चाहेको प्रस्टै देखिन्छ । स्थापनाकै अवसरमा प्रत्यक्ष रूपमै श्रमजीवी मेहनतकस जनताको पक्षधरता दर्शाउने उद्घोष गरेको (आफानास्येभ, सन् १९८५ ः ३०) यस सिद्धान्तले बसी बसी खानेका विरुद्ध घृणा तथा श्रमिक जनप्रति गहिरो श्रद्धा व्यक्त गर्दछ । लेनिनको पक्षधरताको सिद्धान्त तथा माओले येनानमा दिएको कला र साहित्य सम्बन्धी गोष्ठीको निष्कर्ष पनि श्रमप्रतिको उच्च सम्मानमा केन्द्रित छ । यसरी प्रगतिवादी साहित्यले विद्यमान संसारका निर्माता श्रमजीवी जनता हुन् भन्ने मान्यतालाई आफ्ना सृजन एवं चिन्तन मार्फत स्थापित गर्न चाहने हुनाले श्रम र साहित्यको सम्बन्ध आधार र अधिरचनाका रूपमा अन्तर्सम्बन्धित रहेको देखिन्छ । 

२.३ वर्ग सङ्घर्ष सम्बन्धी मान्यता 
समाजलाई भिन्न वर्गहरूका बिचको पारस्परिक एकता र द्वन्द्वात्मक सङ्घर्षयुक्त गतिशील संरचनाका रूपमा हेर्ने प्रगतिवादले आर्थिक उत्पादन प्रक्रियाका आधारमा समाजलाई दुई प्रमुख वर्ग तथा गौण वा सहायक वर्गका रूपमा विभाजित गरेको देखिन्छ (आफानास्येभ, सन् १९८५ ः ९३) । समाजको आर्थिक उत्पादन प्रक्रियामा प्रत्यक्ष स्वामित्व भएका मालिक, सामन्त, जमिन्दार, पुँजीपति आदिहरू मुख्य श्रम शोषण गर्ने वर्गभित्र पर्दछन् भने उत्पादनका साधनमा स्वामित्व नभएका तर श्रम बेचेर आजीविका चलाउने दास, किसान, मजदुर आदिहरू मुख्य श्रम शोषित वर्ग मानिन्छन् । लेनिनले सामाजिक अर्थ व्यवस्थाको निश्चित पद्धतिमा आफूले ओगटेका स्थानका कारण अर्का वर्गमाथि अधिकार जमाउन सक्ने समूहलाई वर्ग मानेका छन् (फ्रोलोभ (सम्पा.), सन् १९८८ ः ५६५) । यसो भएकाले प्रगतिवादले समाजमा महिलावर्ग, पुरुषवर्ग, युवावर्ग, बुद्धिजीवीवगर्, अछुतवर्ग आदि पदावलीको प्रयोगलाई अनुचित मान्दछ (श्रेष्ठ, २०५६ ः १३६–३७) र वर्ग निर्धारणमा आर्थिक स्तरको नै भूमिका हुने मान्दछ । यसका अनुसार वर्ग सङ्घर्षका मुख्य प्रतिद्वन्द्वी वर्गमा दासयुगमा दासमालिक र दासहरू, सामन्ती युगमा सामन्त वा जमिन्दार र भूदास, मोही वा किसानहरू, पुँजीवादी युगमा पुँजीपति तथा सर्वहारा मजदुरहरू नै मानिन्छन् । गौण वा सहायक प्रतिद्वन्द्वी वर्गका रूपमा चाहिँ समाज व्यवस्था अनुसार स्वतन्त्र शिल्पकार, गरिब किसान, बुद्धिजीवी जस्ता मध्यम वर्गका मानिसहरू पर्दछन् । साथसाथै एउटा युगको मुख्य वर्ग अर्को युगमा सहायक वर्गमा परिवर्तित भएको पनि हुन्छ । जस्तो सामन्तवादी युगमा सामन्त र किसान मुख्य वर्ग रहे पनि त्यस युगमा साना उद्यमी, ज्यालादारीमा काम गर्ने श्रमिक आदि सहायक वर्गका रूपमा रहन्छन् र पुँजीवादी समाजमा चहिँ सर्वहारा र पुँजीपति मुख्य वर्गका रूपमा रही सामन्त र किसान सहायक वर्गका रूपमा रहेका हुन्छन् । वर्ग सङ्घर्षको तीब्रतामा प्रत्येक समाज व्यवस्थाका मुख्य प्रतिद्वन्द्वीका बिच निर्णायक वर्ग सङ्घर्ष हुने र गौण वा सहायक वर्ग ढुलमुले हुने भए पनि त्यस वर्गलाई पनि निम्न वर्गकै पक्षमा उपयोग गर्नु पर्ने मान्यता प्रगतिवादको छ ।

प्रगतिवादले मानव सभ्यताको आदिम युगमा सामूहिक श्रम र उत्पादन प्रणाली रहेकाले वर्गभेद नरहेको तथा पशु पालन, कृषि र बौद्धिक श्रमको विभाजन र निजी स्वामित्वको आविर्भावपछि वर्गभेद देखिई दास युगको थालनी भएको मान्छ । यसले दास, सामन्ती एवं पुँजीवादी समाजमा निजी स्वामित्व रहने भएकाले वर्गभेद भई वर्ग सङ्घर्ष जारी रहने तथा समाजवाद र साम्यवादमा सर्वहारावर्गको नायकत्वबाट वर्गभेदको अन्त हुने मान्यता प्रस्तुत गरेको छ । यसले इतिहासमा भएका दास युगीन, सामन्तवादी र पुँजीवादी क्रान्तिहरूले सीमित मालिक वर्ग, सीमित सामन्त वर्ग र सीमित पुँजीपति वर्गको मात्र हित गर्ने कार्यको प्रतिनिधित्व गरेकाले ती अल्पमतका क्रान्ति भएका र समाजवादी क्रान्ति मात्र बहुमतको हित गर्ने क्रान्ति हो भन्ने दावी पनि गरेको छ । त्यसैले यसले समाजवादी वा नयाँ जनवादी व्यवस्थामा बहुसङ्ख्यामा रहेका मजदुर किसानहरूले अल्पमतमाथि शासन गर्ने मान्दछ (पौडेल, २०६३ ः १७१) । यसबाट प्रगतिवादले सीमित जन समूहको नभई बहु सङ्ख्यक तर निम्न वर्गका जनताको हितलाई ध्यानमा राखेको देखिन्छ । यसले वर्गमा विभाजित समाजका कारण वर्तमान समाजमा मनुष्यको पूर्ण विकास हुन नसकेको जनाई आगामी वर्ग विहीन समाजमा मात्र मनुष्यका आन्तरिक गुणहरूको पनि पूर्ण विकास हुने विश्वास गर्दछ (वर्मा (सम्पा.), सन् १९८५ ः ३१४) । यसले मानव इतिहासको अध्ययन गर्दा इतिहासको मूल प्रेरक शक्ति वर्ग सङ्घर्ष थियो र वर्तमानको सत्य पनि त्यही हो भन्दछ (बराल, २०५२ ः १३) । यसका साथै प्रगतिवादले वर्ग सङ्घर्षको विषयलाई मात्र प्रस्तुत गर्ने स्रष्टा पनि सही माक्र्सवादी हुन सक्दैन भन्दछ । यसले एउटा माक्र्सवादी वा प्रगतिवादी मनिस त्यो हो जो वर्ग सङ्घर्षको मान्यतालाई सर्वहाराको अधिनायकत्त्वको मान्यतामा पु¥याउँछ (मिश्र, सन् २००१ ः ८४) भन्दछ । यसरी साहित्यले श्रम शोषित, श्रमजीवी, निम्न वर्गप्रति आफ्नो घनिष्ठ पक्षधरता दर्शाउँदै साहित्य मार्फत समाजवाद र साम्यवादी समाज निर्माणको कार्यलाई सघाउने मानिन्छ र त्यसमा वर्ग सङ्घर्षको निर्णायक भूमिका रहेको हुन्छ भन्ने प्रगतिवादको स्पष्ट धारणा छ । 

२.४ मानवतावादको पक्षपोषण
वर्गीय पक्षधरताको सिद्धान्त प्रगतिवादले मानवतालाई पनि वर्गीय सन्दर्भमा अथ्र्याएर तदनुकूल जीवन व्यवहारमा उतार्न आग्रह गर्दछ । यसले सबै मानवमा समान भावले व्यवहार गर्न प्रेरित गर्ने मानिएको मानवतावादको (पाण्डेय, २०५७ ः ९९४) परम्परागत सिद्धान्त सुरुमा सामन्ती र मध्य युगीन धार्मिक विचारको विरोध गर्ने रूपमा देखिएको मान्दछ । यसले त्यही सिद्धान्त अठारौँ शताब्दीमा समानता, स्वतन्त्रता र भ्रातृत्वको नारा गुञ्जाउँदै विकसित भए पनि यसको केन्द्र निजी सम्पत्ति र व्यक्तिवादमा आधारित रहेकाले (फ्रोलोभ (सम्पा.), सन् १९८८ ः ४७९) गलत रहेको जनाउँछ । प्रगतिवादले सामन्तवाद, पुँजीवाद, साम्राज्यवाद विरोधी मानवता नै वास्तविक अर्थमा र एक मात्र सही अर्थमा मानवतावाद हो भन्ने मान्दछ (भट्ट, २०५५क ः ३१) र यसले निजी सम्पत्ति र व्यक्तिवादी प्रवृत्तिको विरोध गर्दछ । मानव र उसको विकासलाई केन्द्रबिन्दु मान्ने तथा सचेत रूपमा नै मानवलाई पूर्ण महत्त्व प्रदान गर्ने चिन्तन प्रगतिवाद अरू सबै विश्व दर्शनभन्दा बढी मानवतावादी दर्शन हो भन्ने ठम्याइ राल्फ फक्स (सन् १९८० ः २३–२५) को पनि रहेको छ । 

परम्परागत मानवतावादी सिद्धान्तले मानवलाई जातपात, उचनिच एवं साम्प्रदायिक सिद्धान्त र अवधारणाबाट मुक्त गुणदोषयुक्त व्यक्तिका रूपमा हेरिनु पर्छ (पराजुली, २०४५ ः २२७) भन्ने मान्यता राखे पनि त्यसले इतिहासका वस्तुगत नियमको सही ज्ञानको अभावका कारण सो आदर्शलाई पुरा गर्न सक्तैन भन्ने प्रगतिवादी मान्यता छ । यसको मानवतावाद गान्धीवादी वा पुँजीवादी मानवतावाद नभएर सर्वहारा मानवतावाद हो (बराल, २०५२ ः १४) । कतिपय मानवतावादी मान्यताले समाजमा अपराध गर्नेमाथि कठोर सजायँभन्दा क्षमादान गरी चरित्र सुधारको अवसर दिनु पर्ने क्षमाशील मानवतावादको मान्यता पनि राखेको पाइन्छ तर त्यस प्रकारको चिन्तनलाई प्रगतिवादले आदर्शवादी र यथार्थ विरोधी अवधारणा मात्र मान्दछ र त्यसलाई अस्वीकार नै गर्दछ । प्रगतिवादमा श्रमिक मजदुर, किसान आदि बहु सङ्ख्यक जनताका मानवताको पक्ष पोषण गरिन्छ । मानव संस्कृतिको विकास भनेको वस्तुतः मानिसमा निरन्तर मानवीयताको अभिवृद्धि भइ रहनुको इतिहास हो (मिश्र, सन् २००० ः १६) । दासयुग, सामन्तीयुग वा पुँजीवादी युग कुनैमा पनि रातदिन मिहेनत गरि रहने मानवमाथि मालिक वर्गको दृष्टि सम्मानपूर्ण रहेन । ती समाजहरूमा श्रमिकहरू अति सामान्य मानव अधिकारबाट पनि वञ्चित भए (आफानास्येभ, सन् १९८५ ः २७८) । मानिसलाई खरिद बिक्रीका विषय बनाउने, दसनङ्ग्रा खियाएर निर्माण गरेका वस्तुमाथि शोषण मच्चाउने काम मात्र भएकाले ती युगमा मानवताको अवमूल्यन भएको र सही मानवता समाजवाद र साम्यवादमा मात्र प्राप्त हुने प्रगतिवादी मान्यता पाइन्छ ।

प्रगतिवादले पुँजीवादी युगमा त पुँजी नै सर्वेसर्वा भएर मानवीय श्रमको चरम शोषण र अवमूल्यन भएको धारणा राख्दछ । व्यक्तिगत सम्पत्तिमा आधारित त्यस समाजमा अधिकांश मनुष्यहरू आफैबाट खण्डित भएर विराग, आत्महीन, तथा अमानवीकरणका सिकार हुन पुगे (भट्ट, २०५५ख ः ६२६) । मानवतावादको सर्वोत्तम रूप अभिव्यक्ति स्वतन्त्रतालाई मानेर अधिकांश श्रमजीवी समूहलाई खान, लाउन, बस्न लगायतका आधारभूत आवश्यकतातर्फ ध्यानै नदिने प्रवृत्ति सही मानवतावाद होइन भन्ने मान्यता प्रगतिवादको पाइन्छ । यसले मजदुर तथा समस्त श्रमजीवी वर्गलाई शोषणका विरुद्ध तथा साम्यवादी समाजको निर्माणका निम्ति सङ्घर्ष गर्नै पर्ने वास्तविकताको बोध गराई मानवतावादको सही आधार तयार पार्दछ (फ्रोलोभ (सम्पा.), सन् १९८८ ः ४८०) । प्रगतिवादको यही मान्यता साहित्य चिन्तनमा व्यक्त हुन्छ । यसले साहित्यलाई पुँजीवादी व्यवस्थाका अमानवीयताका विरुद्ध सङ्घर्ष गर्ने साधन मान्दछ (पाण्डेय, सन् १९८५ ः ३७) । कलाले क्रान्तिकारी सर्वहाराको मानवतालाई अभिव्यक्ति दिनु (रोहिताश्व, सन् १९९१ ः २१) का साथै यसले त्यस्तो विश्व बन्धुत्व र भ्रातृत्वलाई पनि समर्थन गर्दैन जसले शोषणका विरोधमा उठेका स्वरहरू पनि शान्ति र अहिंसाका आवरणमा व्यक्तिलाई निष्क्रिय पार्नमा लाग्दछन् (कुमार, सन् १९९४ ः १८) । जनताले कुनै पनि शोषणमा आधारित समाज व्यवस्थाका विरुद्ध गरेका विद्रोहलाई समर्थन गर्ने र सघाउने काम प्रगतिवादले गर्दछ । यसरी साहित्य चिन्तन मार्फत सम्पूर्ण मानवका सट्टा न्याय र मुक्तिका लागि क्रियाशील अरबौँ सर्वहारा श्रमिक जनताको खान, लाउन, बस्न, शिक्षा, स्वस्थ्य लगायतका अधिकार स्थापना गर्नमा केन्द्रित हुने हुनाले प्रगतिवादलाई सम्पूर्ण मानवको नभई निम्न वर्गका मानवका मानवतावादको पक्ष पोषण गर्ने सिद्धान्त मानिन्छ । 

२.५ धर्म सम्बन्धी प्रगतिवादी मान्यता 
धर्मका अर्थ विभिन्न हुन सक्छन् तर यहाँ पूजा, पाठ, बलिप्रथा आदि अन्ध मान्यतामा आधारित क्रियाकलापको समष्टिलाई धर्म मानिएको छ र प्रगतिवादले यसलाई सामाजिक चेतनाको एउटा रूप मान्दछ ( फ्रोलोभ (सम्पा.), सन् १९८८ ः ३००) । माक्र्सले धर्मलाई जनताको अफिम (फ्रोलोभ (सम्पा.), सन् १९८८ ः ३००), एङ्गेल्सले मानिसको मस्तिष्कमा बाह्य रहस्यमय शक्तिको कपोल कल्पित प्रतिबिम्ब (आफानास्येभ, सन् १९८५ ः ४५३) एवं लेनिनले शोषकहरू विरुद्धको सङ्घर्षमा असक्तता महसुस गरेपछि मानिसमा जागेको पारलौकिक सुखभोगको चाहना (आफानास्येभ, सन् १९८५ ः ४५४) भनी टिप्पणी गरेका छन् । यसबाट मानिसलाई आफ्नो भौतिक श्रमशक्तिमाथि अविश्वास पैदा गराई काल्पनिक एवं लागूमय शक्तिमा भर पार्नु तथा जीवन सङ्घर्षबाट विमुख तुल्याउनु धर्मको काम हो भन्ने बुझिन्छ । धर्मले प्रत्यक्ष ज्ञान, बुद्धि एवं तर्क पद्धतिको निषेध गर्ने मानिन्छ । जतिखेर सबै किसिमका श्रम गर्दागर्दै पनि जनताले यस समाजमा सुख र मुक्तिको कुनै उपाय पाउँदैन, विरोधी प्राकृतिक तथा सामाजिक शक्तिहरूका अघि असहाय अनुभव गर्छ त्यतिखेर एउटा यस्तो लोकको कल्पना गर्न र त्यसको आनन्दमा रमाउन बाध्य हुन्छ जहाँ अलौकिक सुख र अतिरञ्जित सम्भावनाहरू मात्र विद्यमान होऊन् (चापागाई, २०६४ ः ७) । यस कारण आफ्ना विरुद्ध उभिएका चुनौतीबाट विमुख बनाउने काम धर्मले गर्दछ र त्यही धर्मका आडमा खडा गरिएका शक्तिमान रूप नै ईश्वर, अल्लाह आदि हुन् भन्ने कुरो प्रस्ट हुन्छ । 

धार्मिक प्रतिष्ठानका स्वामीहरू दर्शनका आडमा सर्वसाधारण जनतामाथि अनेक प्रकारका कपोल कल्पना खडा गर्दै सामाजिक शोषण र दमन चक्रलाई दैवी विधानका रूपमा चित्रित गरी समाजलाई बदल्नतिर होइन मोक्ष तथा परलोकतर्फको चिन्तनमा अग्रसर गराउने प्रयत्न गर्दछन् (मिश्र, सन् २००० ः १०) । यस प्रकारको पलायनवादी अन्ध दर्शनलाई नै प्रगतिवादले अवैज्ञानिक, भाववादी वा अध्यात्मवादी दर्शन भन्ने गरेको छ । यसलाई शोषक वर्गले श्रमिक जनको अशिक्षा, अज्ञानता र अचेतनाको फाइदा उठाएर आफ्नो स्वार्थ पुरा गर्न प्रयोग गर्ने हुनाले प्रगतिवादी साहित्यले त्यस्ता भ्रमपूर्ण क्रियाकलापको विरोध गर्दछ । यसले साहित्य मार्फत मानिसलाई वास्तविक जीवन प्रक्रियाको बोध गर्न सघाउ पु¥याउने उद्देश्य राख्दछ । यसले एक हदसम्म धर्मलाई मान्छेको भावना, आस्था वा आत्मसन्तोषको साधनका रूपमा लिएर धर्म निरपेक्षता र स्वतन्त्रताको कुरा नगर्ने पनि होइन । अझ यसले कतिपय धर्मले समाजको विकास प्रक्रियामा आफूपूर्वका कैयन अमानवीय संस्कारलाई हटाएर प्रगतिशील भूमिका खेलेको कुरालाई स्वीकार पनि गर्छ । चारवाक, बौद्ध आदि दर्शनलाई उदाहरण मान्न सकिन्छ । यसो हँुदाहँुदै पनि धर्मको सार भनेको जीवन सङ्घर्ष विरोधी नै हुन्छ भन्ने यसको ठम्याइ रहेको तथ्य माथिका विभिन्न अभिमतले पनि प्रस्ट पारेका छन् । माक्र्स तथा एङ्गेल्सका अनुसार पनि धर्म अन्य कुरा झैँ जन्मजात वा स्थायी नभएर सामाजिक विकासको एउटा चरणमा देखा परेको मानवीय प्रवृत्ति हो र सामाजिक तथा वैज्ञानिक प्रगतिका क्रममा त्यसका आधारहरू पनि क्रमशः खस्कँदै जान्छन् (भट्ट, २०५५ख ः ६१९) । यसैले सामाजिक विकाससँगै वैज्ञानिक चेतनाको पनि विकास भई त्यस्ता अभौतिक, रहस्यमय र अन्ध विश्वासका कुराहरू आफै हट्दै जानुका साथै मानिसले पनि हटाउँदै जानु पर्छ तथा यही काममा साहित्यले सघाउनु पर्छ भन्ने प्रगतिवादी मान्यता पाइन्छ । 

२.६ जातीय विभेदकताको विरोध 
प्रगतिवादले समाजमा विभिन्न जातिका भिन्न अस्तित्व, भावना, संस्कार एवं मान्यताहरू हुन्छन् भन्ने कुरालाई स्वीकार गरे पनि एउटा जातिले अर्को जातिमाथि गर्ने भेदभाव, दमन र अपमानका कुराको विरोध गर्दछ । वर्गीय समाजले सृजना गरेका तमाम प्रकारका असमानताका विरुद्ध सङ्घर्षशील सिद्धान्त भएकाले यसले विभिन्न जातजाति र जनजातिका बिच स्वतन्त्रता, सहअस्तित्व र आत्मसम्मानको अपेक्षा गर्नु स्वाभाविक पनि देखा पर्छ । प्रगतिवादले जातिलाई मानिसका समुदायको एउटा रूप मान्दछ (आफानास्येभ, सन् १९८५ ः २१४) र इतिहास तथा वैज्ञानिक तथ्यले पनि सबै जातिका मानिसहरूको क्षमता समान हुन्छ भन्दछ (आफानास्येभ, सन् १९८५ ः ३२२) । यसले जातीय विभेदको समस्यालाई पनि मूलतः वर्गीय समस्याका रूपमा लिने गरेको भए पनि चिन, रुस वा अन्य समाजवादी मुलुकमा भन्दा भिन्न र जटिल नेपाली समाजका समस्यालाई भिन्दै आयाममा हेर्नु पर्ने मान्यता पनि अघि सारेको देखिन्छ (भट्टराई, २०६२ ः ८६) । 

नेपालमा जातीय भेदभावको स्थिति वर्णाश्रम व्यवस्था अनुसार ब्राह्मण, क्षत्री, वैश्य र शूद्र गरी चार प्रकारको श्रम विभाजनबाट गरिएको छ (पाण्डेय, २०६२ ः ५२–५३) । पछि त्यसमा अनेकौँ अन्ध विश्वासहरू थपिंदै आएर अहिले त्यो छुवाछुतको अमानवीय एवं विकराल समस्याका रूपमा परिणत भएको छ । मानव–मानवका बिच भेदभाव सृजना गरेको सो व्यवस्थाले मानिसलाई मानिसको सम्मान नदिने, मनिससित छोइन, गृह प्रवेश गर्न, मन्दिर लगायतका सार्वजनिक स्थानमा प्रवेश गर्न र वेद पढ्न वञ्चित गरेको छ । वर्णाश्रम व्यवस्थाको विशेषता भनेकै मनिसहरूलाई जाति र लिङ्गमा भेद गरेर, असमान बनाएर माथिल्लो वर्गको शोषण उत्पीडन कायम राख्नु हो (चापागाईं, २०५९ ः ५१) । प्रगतिवादले वर्णवादी त्यस व्यवस्थाले सबभन्दा श्रम गर्ने समूहलाई नै अपमानित गरेको मान्छ । सारा हतियार बनाउने कामी, जुत्ता बनाउने सार्की, लुगा सिउने दमै, तामाको काम गर्ने तमोट, सुन, चाँदी र पित्तलको काम गर्ने सुनार नै नेपाली समाजका सबभन्दा बढी मिहेनती वर्ग हुन् र तिनैलाई शूद्र वा अछुत मानेर (प्रश्रित, २०५८(५) ः ३७–३८) व्यवहार गर्नु आश्चर्य लाग्दो बिडम्बना नै हो । यसका साथै नेपाली समाजका मगर, गुरुङ, तामाङ, कुमाल, दनुवार, राई, लिम्बू, थारू, पासवान लगायत तराई एवं मधेस समेतका जनजाति र समूहहरू पनि मिहेनती समूहमै पर्दछन् । यिनीहरू पनि भाषा, धर्म, संस्कृति आदिमा घोषित रूपले नै तथा कैयौँ व्यावहारिक काममा केन्द्रीय उच्च जाति र शासनका शोषण र दमनका चपेटाका कारण पछाडि पारिएका छन् । लामो समयदेखि भेदभावपूर्ण प्रचलनमा अभ्यस्त नेपालको जातीय भेदभावको समस्यालाई मुख्यतः वर्गीय मुक्तिकै अङ्ग माने पनि छुवाछुतमुक्तिलाई अझ सशक्त र निर्मम हस्तक्षेका तरिकाले सञ्चालन गर्नु उचित र सामयिक मान्नुपर्ने हुन्छ र यसैलाई सिर्जनात्मक बाटोका सन्दर्भमा औँल्याउनु पर्दछ । 

प्रगतिवाद श्रममा आधारित भएका उपेक्षित, उत्पीडित समूह र वर्गको मुक्तिकामी सिद्धान्त भएकाले यसले जातीय विभेदकताका कारण अपमानित र अपहेलित हुन पुगेका समूहलाई आफूमाथि भइ रहेका शोषणका वास्तविक कारणका विषयमा जानकारी गराउँदै परिवर्तनको प्रक्रियामा अग्रसर गराउने प्रयत्न गर्दछ । यसले उच्च वर्गले आफ्नो शोषणको प्रक्रियालाई जारी राख्न दासयुगदेखि निर्माण गरेको वर्ग विभाजन र वर्णवादी श्रम विभाजनले जातीय विभाजनका विकृत पर्खालहरू खडा गरेको कुरो साहित्य मार्फत स्पष्ट पार्न चाहन्छ । यसले प्रत्येक मानिस आफ्नो जातिगत पहिचानमा आत्मसम्मानका साथ बस्न पाउने तर सो समस्या आर्थिक समस्यामा आधारित रहेको व्याख्या गर्दछ (भुसाल, २०६५ ः ३९) । प्रगतिवादले प्रत्येक मान्छेलाई समुदायमा समाहित गर्ने तथा एकल मान्छेलाई परिपूर्ण व्यक्तित्वको मानवमा परिणत गर्ने महान् अभिभारा लिएको छ (फिसर, सन् २००५ ः ११) । यस सिद्धान्तले मानिसलाई पशुवत् व्यवहार गर्ने लज्जास्पद विभेदकतालाई निमिट्यान्न पार्न जोड दिन्छ । यसले विद्यमान युगमा जातीय एवं धार्मिक सङ्कीर्णताका कुरा उठाएर मानिसमा विभाजन पैदा गराई मानिसलाई उत्तेजित पार्नु र समस्यालाई बल्झाउनु भन्दा श्रममा आधारित वर्गीय मुक्तिको वैज्ञानिक मार्ग अवलम्बन गर्नु श्रेयष्कर ठान्छ । यसले जातीय मुक्तिलाई वर्गीय मुक्तिको अङ्ग बनाएर विभेदका कारणहरूको खोजी गर्ने, विभेदका शिकार भएका क्षेत्रको विषय र नायकद्वारा साहित्यिक कृतिको निर्माण गर्ने, उपेक्षित जाति र तिनका संस्कृतिलाई पहिचान सहित संरक्षण गर्दै विभेदका कुरूप पक्षको उद्घाटन गरी जन चेतना जगाउने कार्य साहित्य मार्फत गर्न चाहन्छ । यही द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी मान्यताले मात्र जातीय भेदभावको अन्त भई सम्पन्न, समृद्ध तथा समतामूलक समाजको निर्माण हुन सक्ने प्रगतिवादको ठहर छ । यसैले प्रगतिवाद जातीय भेदभाव विरोधी वैज्ञानिक समाज निर्माण गर्न सघाउने साहित्य सिद्धान्त मानिन्छ । 

२.७ लैङ्गिक विभेदको विरोध 
समाजका सबै किसिमका असमानता विरुद्ध समानताको व्यवस्थित योजना प्रस्तुत गर्ने प्रगतिवादले नारी पुरुषका बिचको लैङ्गिक सम्बन्धलाई पनि समानता र सहअस्तित्वमा आधारित बनाउनु पर्ने अवधारणा प्रस्तुत गरेको छ । प्रगतिवादले सामूहिक कर्मको आदिम युगमा मातृ प्रधानता विद्यमान रहे पनि समयको अन्तराल र जनसङ्ख्याको विस्तारसँगै चुनौतीपूर्ण शिकार र घातक हतियारको प्रयोगमा पुरुषको सक्रियता बढ्दै गई पुरुष प्रधानता थालिएको मान्दछ (जेटकिन, २०६३ ः १) । पुष्पलालले पनि विश्वका सबै जातिहरू आज जुनसुकै अवस्थामा भए पनि सबैे एकचोटि मातृ सत्तात्मक समाजबाट गुज्रेर आएका हुन् भन्ने वैज्ञानिक आधार माक्र्स र एङ्गेल्सले प्रमाणित गरेको जनाएका छन् (२०५३ ः ३११) । एङ्गेल्सका अनुसार पनि मातृसत्ताको विनाश नारी जातिको विश्व ऐतिहासिक महत्त्वको पराजय थियो (जेटकिन, २०६३ ः ७) । त्यसबाट नारीहरू पुरुषका अधीन हुन पुगेकाले तिनको समानता समाप्त भयो र शोषण पनि सुरु भएको देखिन्छ । एङ्गेल्सले मानव समाजमा शोषणको थालनी नै नारीमाथिको शोषणबाट भएको मानेका छन् (बराल, २०५२ ः १४६) । धर्मशास्त्र र स्मृतिहरूले पनि नारीको एक मात्र काम पुरुषको सेवा गर्नु हो र नानी जन्माउने साधन हुनु हो किनभने उनीहरूका अनुसार स्रष्टाबाट यही विशेष प्रयोजनका निम्ति उनीहरूको सृष्टि भएको हो (चापागाईं, २०५९ ः ५२) भनेका छन् । यस प्रकारको असमान विचार र उत्पीडन नारीहरूले दासयुगदेखि नै भोग्दै आएका छन् र आर्थिक, सामाजिक, सांस्कृतिक आदि तमाम अधिकारबाट उनीहरू वञ्चित भएको प्रगतिवादको ठम्याइ छ । 
प्रगतिवादले समाजका विभिन्न अवस्थामा नारीहरूले अत्यन्त अपमानजनक स्थितिहरू भोग्नु परेको यथार्थलाई प्रस्तुत गरेको छ । मातृसत्ताको विघटन भई पुरुष सत्तात्मक परिवार र समाजको निर्माणले नारीलाई घरायसी काममा मात्र सीमित गरी बाहिरी गतिविधिबाट विमुख गरायो । मनुस्मृतिले घुमफिर गर्ने स्त्रीहरू नासिन्छन् भनेर ठोकुवा ग¥यो भने नारीले सानी छँदा बाबुका अधीनमा, युवती हुँदा लोग्नेका अधीनमा र बुढी हुँदा छोराका अधीनमा बस्नु पर्छ भन्ने नियम बनायो (प्रश्रित, २०५८ङ ः २६–२७) । नारी पुरुषका बिच विभेद दर्शाउने विभिन्न संस्कार नेपाली समाजमा पनि प्रचलित रहे । सतीप्रथा, पतिव्रता धर्म, विधवा प्रथा, बहु विवाह प्रथा, दानमध्येको ठुलो दान कन्यादान भन्ने प्रचलन मात्र होइन मर्दका दसोटी हुन्छन्, मर्दका स्वास्नी जुत्ता बराबर, वेश्याको लक्षण हाँसो जस्ता नारीलाई अपमानित र अपहेलित गर्ने उक्ति निर्माण पनि गरिए । बाबुका नाममा मात्र नागरिकता दिने, बाबुकै गोत्रबाट वंशानुक्रम चलाउने, पैतृक सम्पत्तिमा अधिकार नदिने लगायतका प्रचलन पनि नारी समानताका बाधक बने । हाल यस प्रकारका प्रचलनमध्ये कति कानुनी रूपमा हटाइएका पनि छन् तर जन जीवनका संस्कार र संस्कृतिमा रुझेभिझेका यस्ता चालचलनलाई पूर्णतः हटाउन ठुलै सांस्कृतिक सङ्घर्षको आवश्यकता रहेको छ । एउटा पनि पुँजीवादी जनतन्त्रले चाहे त्यो बढीभन्दा बढी उन्नत जनतन्त्र नै किन नहोस् मानव जातिको आधा स्त्री आवादीलाई न त पुरुषसँग पूर्ण स्वतन्त्रता दिएको छ न त पुरुषसँग पूर्ण समानता नै दिएको छ न पुरुषको आधिपत्य र उत्पीडनबाट मुक्त नै गरेको छ (जेटकिन, २०६३ ः ३९) भन्ने लेनिनको भनाइले पुँजीवादी समाजमा नारी स्वतन्त्रताका कुरा नक्कली मात्र भएको जनाएको छ । यसका विपरीत नारी मुक्ति र नारी समानताका पक्षमा रुस, चिन, क्युवा जस्ता मुलुकले निकै राम्रो प्रगति गरेको मानिन्छ (चापागाईं, २०५९ ः ६९) । यसरी नारीलाई घर वरिपरि सीमित गर्ने, सांस्कारिक अन्धताबाट सङ्कीर्ण पार्ने, कानुनी रूपबाट समेत अधिकार विहीन पार्ने सामन्तवादी एवं पुँजीवादी समाजका विरुद्ध सशक्त सङ्घर्ष गर्नु पर्ने मान्यता प्रगतिवादको छ । 

प्रगतिवादले नारीवादी आन्दोलनले पनि केही हदसम्म नारी अधिकारका बारेमा काम गरेको मान्दछ । नारीमाथि हुने शोषणको कारण पितृ सत्तात्मक विकृत समाज हो भन्ने नारीवादको मान्यता सकारात्मक रहे पनि समस्यालाई निरपेक्ष रूपमा पुरुष विरोधी मात्र बनाएर प्रस्तुत गर्नु सही होइन भन्ने प्रगतिवादको धारणा छ । ऋषिराज बराल पनि शोषणको मूल कारण समाजको उत्पादन स्थितिलाई नबुझी नारीवादले एकोहोरो रूपमा पुरुषको विरोध गर्नुलाई हास्यास्पद मान्दछन् (२०५२ ः १४९) । मातृसत्ताको विघटन भई पुरुष सत्तात्मक समाजले शोषणका आधार खडा गरेको भन्ने नारीवादको मान्यता सही भए पनि समस्याको जड कुरो आर्थिक उत्पादन प्रक्रियामा नारीको सहभागिता तथा अधिरचनाका कानुनी, राजनीतिक, सामाजिक क्षेत्रका असमानताको अन्त हो भन्ने प्रगतिवादको धारणा छ । प्रगतिवादले नारी विभेदको समस्यालाई र नारीमाथि शोषण गर्न बनाइएका अन्ध विश्वासका सांस्कारिक प्रचलनलाई पनि समाप्त पारी समानतामा आधारित सामाजिक संरचनाको निर्माणमा जोड दिन्छ । आधुनिक समाजका उन्नत भनिएका मुलुकमा पनि महिलाले घरेलु कामकाजमा मात्र सीमित हुनु परेको कुरा र त्यसमा वर्षौँदेखि ढलीमली गरि आएको पुरुष र उसका संस्कारमा परिवर्तनको अनिवार्यता देख्दछ । पुरुष मात्र होइन नारीभित्र पनि नारीलाई नै शोषणमा पार्नेहरू हुन्छन् भन्दै नारीमुक्ति आन्दोलन पनि वर्गीय मुक्ति वा जनमुक्ति आन्दोलनकै एउटा हिस्सा हो र जबसम्म यी दुबैलाई सँगसँगै लगिँदैन तबसम्म सही अर्थमा नारीमुक्ति सम्भव छैन (बराल, २०५२ ः १४६) भन्ने धारणा प्रगतिवादको रहेको छ । यसैले प्रगतिवाद साहित्य मार्फत नारी पुरुष असमानताका विरुद्धको सशक्त सामाजिक विकल्प प्रस्तुत गर्नमा सघाउने वैज्ञानिक साहित्य सिद्धान्त मानिन्छ । 

३. निष्कर्ष 
प्रगतिवादी साहित्यले समाजका आर्थिक, सांस्कृतिक, राजनीतिक आदि क्रियाकलाप र घटनाक्रमसँग निकटस्थ एवं घनिष्ठ सम्बन्ध कायम गरेको पाइन्छ । सामाजिक जीवन प्रक्रियाका प्रत्येक पक्षलाई द्वन्द्वशील एवं गतिशील तत्त्व मान्ने यस वादले समाजभित्रका वास्तविकतालाई गहिराइमा केलाएर श्रममा केन्द्रित समूहका जीवन समृद्धिको अन्तर्वस्तुलाई बढी महत्त्व दिन्छ । यसले विद्यमान समाजमा शोषक र शोषितको, बसि खाने र गरि खानेको द्वन्द्व चलि रहेको र त्यसमा अर्काका श्रममाथि शोषण गर्ने र त्यसैलाई प्रोत्साहित गर्ने परिपाटीको अन्त्य नभएसम्म समग्र समाजको समृद्धि असम्भव रहेको मान्यता पनि प्रस्तुत गर्दछ । यसले मानव अधिकारको कुरालाई पनि निम्न वर्गका मानिसको खाना, छाना, नाना लगायतका आधारभूत आवश्यकतासँग जोडेर हेर्दछ र विलासी जीवन ज्युने वर्गको मानव अधिकारको व्याख्यालाई आडम्बरी र नक्कली मान्दछ । यसले धर्मलाई सामजिक जीवन प्रक्रियाकै उपज मानी त्यसभित्रका अन्ध विश्वास र गलत आचरणको आलोचना गर्दछ । मानव कर्मलाई नै सर्वश्रेष्ठ कार्य मान्ने प्रगतिवादले कुनै ईश्वर वा अल्लाहको उपस्थिति नरहेको वैज्ञानिक विचार प्रस्तुत गर्दै मानवभित्र कर्मशीलतालाई प्रवर्धन गर्नु पर्ने मान्यता प्रस्तुत गरेको पाइन्छ । यसले मानव मानवबिच भेदभाव खडा गर्ने जातीय छुवाछुतका अमानवीय व्यवहारको तिखो भत्र्सना गर्नुका साथै नारी र पुरुषका बिचको असमानको पनि विरोध गर्दछ । समग्रमा समाजसँग र श्रमिक जीवनसँगको निकट एवं घनिष्ठ सम्बन्ध राख्ने प्रगतिवादले मानवले मानवमाथि शोषण र शासन मार्फत गर्ने सबै प्रकारका विभेद र विषमताको विरोध गर्दै विद्यमान समाजलाई सुखमय र समृद्धमय बनाउने आकाङ्क्षा व्यक्त गर्नुका साथै त्यसप्रतिको गहिरो विश्वास पनि व्यक्त गरेको पाइन्छ । 


000

------------------------------------------------------

प्रगतिवादी साहित्यका मान्यताहरू
- डी.आर. पोखरेल

१) प्रारम्भिक

हुन त 'प्रगतिवादी' भन्ने शब्दावली हाम्रो परिवेशको चलेको शब्दमात्र हो। यसको तात्पर्य मार्क्सवादी वा समाजवादी यथार्थवादी सिर्जन प्रक्रियासँग नै सम्बन्धित छ। प्रगतिवादको अर्थ निरुपण गर्दै नेपाली बृहत् शब्दकोशमा भनिएको छ – 'साहित्यलाई समाजको उपज मान्दै सामाजिक यथार्थको अभिव्यक्तिमा जोड दिने, वैयक्तिक आनन्दलाई भन्दा समाजको भौतिक विकासलाई बढी महत्त्व दिने, मार्क्सवादबाट प्रभावित साहित्य सिद्धान्त' नै प्रगतिवाद हो र यही साहित्य सिद्धान्तमा विश्वास गर्ने, यसको अनुयायी साहित्य नै प्रगतिवादी हो भनिएको छ। यो साहित्यको धाराहरूमध्येको एक धारा विशेष हो। जसरी अस्तित्ववादी, मनोविश्लेषणवादी, परिष्कारवादी धाराहरू छन्। यसैगरी प्रगतिवादी साहित्यधारा पनि आजको युगको एक प्रभावशाली धारा हो। तर आज प्रगतिवादी साहित्यप्रति नाक खुम्च्याउनेहरू पनि छन्। यसमा कलापक्ष कमजोर हुन्छ, राजनैतिक नाराहरू लेखिएका हुन्छन् भन्ने सोच राख्ने गरेको पाइन्छ। साहित्यको निरपेक्ष सत्ता हुन्छ, यो शाश्वत चरित्रको हुन्छ, यसमा विचार होइन कला हुन्छ, यो सबैका लागि हुन्छ भन्ने सोच्ने गरिएको पाइन्छ। अर्काेतिर यस धाराका अनुयायीमा पनि साहित्यको सापेक्षिक स्वतन्त्रता हुन्छ ,यो कलापूर्ण अभिव्यक्ति हो, यो समाजको गहन अध्ययन, उत्खनन्, यथार्थ चित्रण, उदात्त भावबोधन, प्रतिनिधि चरित्र चित्रण गर्ने साहित्यधारा हो भन्ने कुरामा ध्यान नपुर्‍याई केही उग्रअभिव्यक्ति, यान्त्रिकता, नारावादिता र सतही र सपाट अभिव्यक्ति र कलामा विचारको जबरजस्ती घूसपैठलाई नै आफ्नो अभीष्ट सिद्धि ठान्नेे सोच पनि रहेको छ। त्यसो भएकोले प्रगतिवादी साहित्यका मान्यता के– के हुन्? प्रस्तावना के के हुन्? भनेर यहाँ चर्चा गर्ने कोसिस गरिएको छ।

२) प्रस्तावनाहरू

क) साहित्य र कला पनि विचारधाराकै एउटा रुप हो, सहज ज्ञान वा अनुभूतिका तत्वद्वारा निर्देशित कुरा होइन। मार्क्सवादी साहित्य चिन्तकहरूले सूत्रबद्ध गरेको पहिलो प्रस्तावना हो यो। यस प्रस्तावनाअनुसार कला पनि विचारधाराकै उपज हो। अझ त्यतिमात्र नभई यो विचारकै एउटा रुप हो। यो अनुभूतिको वा सहज्ञानको कुरो होइन। किनभने दृष्टिकोण नभएको चिन्तन वा चेतना नभएको स्रष्टा हुँदैन। उसले कुनै घटना वा चरित्रको चित्रण गर्दा त्यसको वर्णन र विश्लेषण गर्दा के आधारमा गर्छ? ऊसित कुनै चिन्तन नै छैन भनेपछि उसले कुनै घटना वा चरित्रको चित्रण नै गर्नसक्दैन। जसरी पशुपंक्षीले गर्नसक्दैन। सामान्य अनुभूति भनेको कुनै घटना, वस्तु वा चरित्रको प्रत्यक्ष ज्ञान हो। यो मस्तिष्कमा परेको पहिलो दृश्य हो। यसलाई तुरुन्त तार्किक ज्ञानमा फेरेपछि त्यो अभिव्यक्तिको बाटो भएर बाहिर प्रकट हुन्छ। अनुभूतिले मात्र साहित्यिक अभिव्यक्तिको निर्माण हुँदैन। अनुभूतिहरू तार्किक ज्ञानको माध्यमबाट अवधारणाको स्तरमा उठ्छन् र अझ त्यसमा परिष्कार आएपछि त्यसले चिन्तनको रुप लिन्छ र त्यो विस्तारै सिद्धान्त वा विचारको रुपमा स्थापित हुन्छ। यसरी जीवन र जगत्लाई हेर्ने दृष्टिकोण निर्माण भएर वस्तु र घटनाबारे एउटा स्पष्ट धारणा बनेपछि मात्र त्यसले अभिव्यक्तिको रुप लिन्छ। अब अभिव्यक्ति कलाको पनि प्रश्न छ। सीपको प्रश्न छ। यो सबै साधनद्वारा समृद्ध हुँदै अघि बढ्ने गर्दछ। त्यसकारण अनुभूति चिन्तनको सहायक कुरो हो। जहाँसम्म सहज ज्ञान (आत्मज्ञान) को कुरो छ यो भने वैज्ञानिक तर्कद्वारा पुष्टि गरिएको कुरो होइन।

ख) साहित्य र कला समाजको आर्थिक–भौतिक जीवको उपज हो र त्यसमै आधारित हुन्छ। जब मानव चेतना नै भौतिक परिवेशको उपज हो भने साहित्य र कलामात्र त्यसबाट अलग हुनसक्तैन। कहिल्यै पनि हिमाल नदेखेको कलाकारले हिमालको चित्र बनाउँदा कस्तो बनाउला?

पाश्चात्य सभ्यतामा हुर्किएको एउटा युवकले नेपाली वर्णाश्रम, छुवाछुत र जातभातको भेदभावबारेमा के कविता कोर्नसक्ला? सामन्तवादी सोच प्रणाली भएको समाजले के समाजवादी चिन्तनलाई चित्रण गर्नसक्ला? पशुहरूले यदि भगवानको फोटो बनाए भने कस्तो बनाउलान्? मान्छेले आफूजस्तै दुईखुट्टे भगवान बनाउन सक्छ भने पशुहरूले चार खुट्टे भगवान नबनाउलान्। यस्तै गरी लडाइँको बेलामा के मानिसको शृङ्गारिक साहित्य लेखी बस्ला? गणतन्त्र आएपछि पनि के नेपाली साहित्यको मूलधारको राजतन्त्र चन्द्रसूर्य रहेसम्म निर्विकल्प रहन्छ भनेर लेख्न सक्लान्? त्यसकारण साहित्य र कला परिवेशका उपज हुन् र त्यसमै आधारित पनि रहेका हुन्छन्।

ग) आर्थिक–भौतिक परिवर्तन हुनासाथ साहित्य, कला र विचारधाराका अन्य क्षेत्रमा धेरथोर परिवर्तन त्यही रफ्तारमा हुन्छ। उदाहरणको निम्ति राजतन्त्र ढलेर गणतन्त्र आउनेबित्तिकै नेपाली स्रष्टाहरूले पनि गणतान्त्रिक साहित्यिक उत्सव मनाए। रफ्तार त त्यही नै रह्यो। साहित्यिक अभिव्यक्तिहरू फेरिए। यो एउटा उदाहरणमात्र हो। वास्तवमा आर्थिक – भौतिक धरातलमा परिर्वतन आउनासाथ साहित्य र कलामा पनि परिर्वतन देखापर्ने नै गर्छ। सुस्ता समस्यामा चितवनबाट कति देशभक्तिका कविताहरू लेखिए। सीमा समस्याबारे आज कति साहित्य लेखिइरहेका छन्। यो उदाहरण नै यसको लागि काफी छ। 

घ) मानव सचेतनाको भूमिकाः भौतिक–आर्थिक परिवर्तन त भयो तर त्यसप्रतिको संवेदनशीलता भएन वा मानव चेतना त्यहाँसम्म उठ्न सकेन भने भौतिक परिवर्तनले त्यति ठूलो प्रभाव छोड्दैन। यसमा मानव चेतनाको भूमिका रहन्छ। जस्तो भनौं केही वर्ष अघिसम्म जातीय पहिचान खोज्ने आजको चेतना थिएन। अनेक दुःख सहेर जातजातिहरू बसेका थिए। तर २०४६ को जनआन्दोलनले जातीय चेतनालाई बढायो। मानिस शिक्षित र संवेदनशील भएपछि परिवर्तनलाई त्यही उचाइमा ग्रहण गर्ने

गर्छन्। 


ङ) साहित्य र कला परिववेशबाट प्रभावित हुनेमात्र नभई त्यसले परिवेशलाई प्रभावित पनि पार्छ। सामाजिक क्रान्ति र समाजको पुनःनिर्माणमा साहित्य र कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ, परिवेशबाट जुन कला चेतनाको निर्माण हुन्छ यसले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। आन्दोलनले जब समाजवादी चेत पैदा गर्‍यो, त्यसले गरीब र धनीको दूरीलाई चित्ताकर्षक ढङ्गले चित्रण गर्‍यो। उत्पीडन, शोषण, दमन र गरिबीलाई सर्वसाधारणले पनि बुझ्ने गरी प्रष्ट्यायो। मन छुने गरेर अभिव्यक्ति पस्कियो। कविता, कथा, गीत, नृत्य, नाटक आदिका माध्यमबाट असलप्रति आदर र कमसलप्रति घृणाको कोमल भावहरूलाई जन्मायो। यसले निश्चय नै समाज परिवर्तनमा भूमिका खेल्यो वा खेल्ने गर्छ। यसरी समाजको रुपान्तरणमा साहित्य एक सशक्त हतियार सावित हुन्छ र भएको छ।

च) साहित्य र कलाको उद्भव र विकासमा श्रमको ठूलो भूमिका छ। श्रमद्वारा नै हातमा त्यो शक्ति र क्षमता आएको छ जसले कलाको निर्माण गर्दछ। विकासवादी सिद्धान्तअनुसार मानव जङ्गली युगबाट विकसित हुँदै मनुष्य हुन आइपुगेको हो। पहिले त उसको हातले कलम समाउने, चित्र कोर्ने त कता हो कता, पाकेको फल टिपेर पनि खान जान्दैनथ्यो। यसका लागि हजारौं वर्ष उसले कठिन सङ्घर्ष गर्नुपर्‍यो। हातमा सीप ल्याउनलाई लामो समयको अभ्यासको जरुरत पर्‍यो। तर जब हात स्वतन्त्र भयो र कलम समात्न सक्ने भयो, यसपछि यस कलमले समाजोपयोगी कलाको उत्पादन गर्नथाल्यो। घर बनाउने सीप, जहाज बनाउने सीप, धनुस्काँड बनाउने सीपदेखि कम्प्युटर बनाउने सीपसम्म मानव हात आइपुग्दा यसले निर्माण गरेका सीप र वस्तुहरूले समाजको स्वरुप कसरी फेर्दै ल्याए। असभ्य मानव जाति आज सभ्यताको कति चरम अवस्थामा आइपुगेको छ। यो सबैमा श्रमको ठूलो भूमिका रहेको छ।

छ) पशुपक्षीहरू र मानिसमा ठूलो भिन्नता छ। पशुपक्षीहरू आफू र आफ्ना सन्तानका निम्ति क्रियाशील हुन्छन् तर मानव भने आफ्नो सन्तान, जाति, राष्ट्र र सबैका निम्ति काम गर्छन्। यसरी अर्काका लागि समेत मानिसले श्रम गर्ने, उत्पादन गर्ने हुनाले यसले स्वतः सौन्दर्य रचनाको नियमको निर्माण गर्दछ। यो प्रस्टै छ, आफ्नो सन्तानका लागि मात्र क्रियाशील हुने पशुपक्षीमा त्यो विशालपना, त्यो उदात्तपना, त्यो निःस्वार्थपना, त्यो उदारभावना र त्यो निर्वैयक्तिक उच्च भावनाले जन्मन नै पाउँदैन। जब मानव जातिमा यो जन्मिन्छ, उसको जीवन जिउने कला कति उँचो बन्छ। उँचो वस्तुको सौन्दर्य तत्त्व पनि त उँचो हुन्छ।

ज) शैली मानव व्यक्तित्वको पर्याय हो। यो स्वतन्त्र लेखनमा नै झ्याङि्गन्छ। कसैको दबाब वा विवशतामा गरिएको सिर्जनामा मौलिक शैली प्रकट हुनसक्तैन। नेपाली प्रगतिवादी साहित्य सिर्जना प्रक्रियाको एउटा प्रवृत्ति के छ भने साहित्यभित्र सिद्धान्तलाई जबरजस्ती खाँद्ने। यसो गर्दा स्रष्टाको मौलिकता प्रकट नहुने, त्यो दबिन जाने र सिर्जना यान्त्रिक बन्नेतर्फ मार्क्सवादी साहित्य चिन्तकहरूले पहिले नै विचार गरिसकेको देखिन्छ। दबाब र विवशतामा गरिएको सिर्जना मौलिक नहुने र स्रष्टाको व्यक्तित्व पनि प्रस्ट नहुने चिन्तनबारे समस्त प्रगतिवादी फाँटका नेपाली सर्जकहरूले एकपटक पुनः सोच्नुपर्ने देखिन्छ।

झ) कलात्मक प्रतिभा सीमित व्यक्तिमा मात्र हुन्छ भन्ने होइन। श्रम विभाजन र अवसरहरूको असन्तुलित अवस्थामा मात्र थोरै मानिसलाई प्रतिभा देखाउने सहुलियत प्राप्त हुन्छ। समाजमा पक्षपात नहुने, विसङ्गत अवस्था नहुने र सबैले समान अवसर पाउने हो भने जो कोही पनि बलाकार हुन सक्छ। यसमा फरक के छ भने केही जेनेटिक फ्याक्टरले गर्दा कलाका पनि एउटै क्षेत्रमा सबैको उत्तिकै अभिरुचि नहुन सक्छ। कोही मूर्तिकलामा पारङ्गत हुन्छन् भने कोही सङ्गीत कलामा। कोही बन्छन् भने कोही नर्तक बन्छन् र कोही शास्त्र विज्ञ बन्छन् भने कोही उपयोगी कुरामा माहिर बन्छन्। तर अवसर नपाएपछि त देवकोटाको शब्दमा – 'हाम्रा शेक्सपियरहरू हलो जोत्न मै विवश रहन्छन्।' यसरी प्रगतिवादी कला चिन्तनले ज्यादै फराकिलो परिप्रेक्ष्यमा मानव जातिको कला र साहित्यको विकासबारे आफ्नो वैज्ञानिक धारणाहरू प्रस्तावको रुपमा प्रस्तुत गरेको छ। यति गहन, यति मानवीय, यति सिर्जनशील, यति वस्तुनिष्ठ र समग्रतावादी साहित्यिक सोच सम्भवतः अन्य साहित्यिक चिन्तनधाराहरूमा पाउन सम्भव छैन।

३. निष्कर्ष

प्रगतिवादी साहित्यधाराका यी सोचहरू अर्थात् यी प्रस्तावनाहरू ज्यादै गम्भीर कोटीका छन्। दार्शनिक तहका छन्। श्रमबाट नै मानवले कला र सीप आर्जन गरेको हो र उचित वातावरण पाउँदा जो कोही पनि साहित्यकार कलाकार बन्नसक्छ। साहित्यकार, कलाकार हुनलाई विशेष प्रतिभा चाहिने वा जन्मसिद्धी कुनै योग्यता चाहिने नभई मानव प्रतिभा र क्षमता परिवेशसितको साक्षात्कारबाट निर्माण हुँदै जाने कुरा हो। उचित वातावरण पाएमा जोसुकै पनि साहित्यकार, कलाकार बन्नसक्छन्। स्रष्टाले आर्जन गरेको कला क्षमताले समाज परिवर्तनमा पनि भूमिका पुर्‍याउनसक्छ। समाजको भौतिक र आर्थिक परिवर्तनसँगै त्यही रफ्तारमा साहित्य कलामा पनि परिवर्तन आउँछ र यसलाई ढिलो–चाँडो र स्तरीय अस्तरीय बनाउने कार्य भने मानवको सचेतनामा नै भरपर्दछ।

आन्दोलनले नयाँ कुरा दिएको छ तर समाजसित ग्रहणीय क्षमता आएको छैन भने त्यो तुहुन सक्छ। यसैगरी शैली व्यक्तित्वको पर्याय भएको र उसको मौलिकता दबाब र विवशताबाट प्रकट हुनसक्तैन। स्वतन्त्रतामै यो झ्याँगिन्छ भन्ने भनाइले साहित्यको सापेक्षिक स्वतन्त्रतालाई आंैल्याएको छ। मूल रुपमा साहित्य र कला पनि विचार नै हो र यो अनुभूति र सहज ज्ञानबाट निर्देशित कुरो होइन भन्नेजस्ता जेजति प्रस्तावनाहरू प्रस्तुत भएका छन् यिनको गम्भीर अध्ययन, मनन र अवलम्बन हुनु नितान्त जरुरी छ। 


000

------------------------------------------------------

प्रगतिवाद र साहित्य
– विष्णु प्रभात


मान्छे स्वभावैले प्रगतिप्रेमी हुन्छ। वर्ग विषमताले चिरिएको समाजमा प्रगतिको परिभाषा भने आ–आफ्नै वर्गस्वार्थ अनुकूल लगाइन्छ। महलिया र दरबारियाहरूले प्रगतिको अर्थ आफ्नो मनपरीतन्त्रलाई टिकाउनका निम्ति जनसमुदायलाई भ्रममा पार्ने सुधार लगाउँछन्। विशाल श्रमजीवी जनसमुदाय त्यस भनाईसँग सहमत हुँदैनन्। गुणात्मक परिवर्तनका निम्ति सदैव क्रियाशील रहने मानव सभ्यता र संस्कृतिमा नयाँ नयाँ उपलब्धिहरू थप्दै अघि बढेका श्रमजीवी जनताले भने प्रगतिको अर्थ मानव जातिले आर्जन गरेको समस्त ज्ञानविज्ञानद्वारा–जीवनलाई भौतिक र बौद्धिक रूपले समृद्ध पार्दै, मानव समाजका विसंगतिलाई निर्मूल पारी प्रकृतिमाथि विजय प्राप्त गर्नु हो भन्ठान्छन्। यही अन्तरले गर्दा अघिल्ला थरी मानिसहरूले आध्यात्मिक आदर्शवादी विश्व दृष्टिकोण अंगाली यथास्थिति वा सुधारसम्म नै आफूलाई सीमित राख्दछन् र पछिल्ला थरीले चाहिं क्रमशः द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण अंगाली गुणात्मक परिवर्तनलाई नै प्राप्त गरी छाड्छन्। प्रगतिका निम्ति आफ्नो बल बुद्धि खियाउने व्यक्तिहरू हरेक युगमा जन्मन्छन् र हरेक क्षेत्रमा नयाँ नयाँ आविष्कारहरू हुँदै जान्छन्। पुरानोलाई परिष्कार मात्र नगरी कतिपयलाई निषेध पनि गर्दै जान्छन्। पुरानो माथि नयाँको जीत, अज्ञानमाथि ज्ञानको विजय र प्रकृतिमाथि मानव जातिको प्रभुत्वले प्रगतिको निरन्तरता कायम गरेको छ। कला साहित्यको क्षेत्रमा पनि हिजोको यथार्थवाद क्रमशः पछि पर्दै गैरहेको छ। र आज एउटा नयाँ सौन्दर्य–बोध गराउँदै समाजवादी यथार्थवाद अघि लम्कँदै आइरहेको छ। मार्क्सवादी सौन्दर्यशास्त्रका रूपमा यसैलाई प्रगतिवाद भनिन्छ। द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोणको सहारामा वर्ग सचेत श्रमजीवी जनताले देखे भोगेका यथार्थलाई अंकित गर्दै अघि बढ्ने सांस्कृतिक आन्दोलनका रूपमा यो हुर्किरहेको छ। कलालाई जीवनसँग र जीवनलाई समाजसँग जोडेर हेर्नु, वर्तमानमा उभिएर हुर्कंदै गरेको नयाँ भविष्यलाई उद्घाटन गर्नु, अनि इतिहासको गौरवगाथालाई सकारात्मक गति प्रदान गर्दै मानव जातिको हितमा सम्पूर्ण रूपले समर्पित हुनु प्रगतिवादको उज्जवल परम्परा बनेको छ। व्यापक जनताको हितमा वैज्ञानिक ज्ञान, भविष्यप्रतिको विश्वास र सर्वहारावर्ग परकतालाई अंगाल्दै सिद्धान्त र व्यवहारको एकता कायम गराउनु यसका मौलिक विशेषता हुन्। 

मार्क्सवादी दर्शनको उदय अघि देखा परेको हेगेलीय द्वन्द्वात्मक आदर्शवाद र फायरवाखको आध्यात्मिक भौतिकवादले जसरी द्वन्द्वात्मक भौतिकवादी दर्शनको निम्ति केही पूर्वाधारहरू दिएका थिए। त्यसरी नै समकालिन अन्य साहित्य चिन्तकहरूका सांस्कृतिक रचनाहरूले पनि कला साहित्यका क्षेत्रमा प्रगतिवादी मान्यतालाई हुर्कनमा ठूलो देन दिएका छन्। त्यति भएर पनि मार्क्सवादी दर्शनको अभावमा सुसम्बद्ध वैज्ञानिक प्रगतिवादी सांस्कृतिक आन्दोलन चलाउन सकिएको थिएन। अतितमा आदर्शवादी दर्शनको आध्यात्मिक हेराईले गर्दा जीवन र जगतलाई वास्तविक रूपमा बुझ्न नसकेर कलाकर्मीहरूले काल्पनिक शक्तिको आराधना गरे। यथार्थको दुःखपूर्ण चित्र देख्दा अत्यन्तै संवेदनशील भए पनि वर्ग विषमताको कारण ठम्याउन सकेनन्। पदार्थ र चेतनाको आपसी सम्बन्धलाई नदेखि त्यसलाई एक अर्काबाट अलग्याए, श्रमको भूमिका र महत्वलाई बुझ्न सकेनन्। जसले गर्दा कला साहित्यको मूल्यांकनमा सामाजिक मूल्यको उपेक्षा गरियो। पंूजीवादी साम्राज्यवादी संस्कृतिले पनि कलाको सामाजिक मूल्यप्रति उपेक्षा त गर्छ नै तर आधुनिकताको नाउँमा बेग्लै ढंगले मार्क्सवादी दर्शनको उदयले नौलो संस्कृतिको सिर्जना र निर्माणमा जुटेका असंख्य श्रमजीवी जनतालाई भौतिकवादी दर्शनको द्वन्द्वात्मक हेराई दियो। प्रकृति र मानव समाजलाई फेर्ने उत्तरदायित्व समेत उनीहरूका काँधमा सुम्पियो। आदर्शवादी संस्कृतिले थोपरेको गलत मान्यतालाइ धज्जी उडाउँदै प्रगतिवाद गर्जियो पदार्थको शास्वत अस्तित्व नै जगतको मूल तत्व हो। एकतामा अनेकता र अनेकतामा अन्तर सम्बन्धलाई ठम्याएर कला साहित्यको प्रयोजन मानव जीवनको जगेर्ना, उन्नति र सेवाका निम्ति हुनुपर्छ भन्दै प्रगतिवाद लम्कियो। यसले सत्यको अन्वेषण तथ्यद्वारा गर्ने, विकास र परिवर्तनको मूल तत्वलाई गतिशील पार्न सक्रिय रहनुपर्ने र उत्पादन शक्ति, साधन र सम्बन्धलाई ठम्याउनु पर्ने र सामाजिक प्रगतिको बाधक शक्तिको विरूद्ध खडा हुनुपर्ने जिम्मेवारी पनि रचनाकर्मी सामु राखिदियो। जसले गर्दा लेखक कलाकारहरू कुनै न कुनै रूपमा प्रतिबद्ध बन्दै गए। 

हुन त बाहिरी वातावरणको हेरफेरले भित्री विचारमा पनि हेरफेर ल्याउने हुँदा सिर्जनाको एक मात्र आधार चेतना बन्न सक्दैन, तैपनि रचनाको उद्देश्यले नै रचनाकारलाई डोर्‍याउने हुँदा सिर्जनामा लेखकका निम्ति कुनै पनि ज्ञान सिद्धान्तले निर्देशकको भूमिका खेलेको हुन्छ। किनकि सिद्धान्तले नै व्यवहारलाई बाटो देखाउँछ। त्यसरी नै सिर्जनामा सर्जकको अनुभव, ज्ञान, कल्पनाशक्ति र रचना सामर्थ्यको पनि महत्वपूर्ण स्थान रहन्छ। तर पनि सही दृष्टिकोणको अभावमा वस्तुगत जगतका जटिल समस्याहरूलाई राम्ररी अध्ययन गरी ठीक ढंगले विश्लेषण गर्न सकिंदैन। पदार्थको भित्री बहिरी अवस्था र तिनीहरूबीचको अन्तर सम्बन्धबारे सही समक्ष प्राप्त भएन भने अनुभूतिको रूपमा संकलित ज्ञान पनि साँचो बन्न सक्दैन। वस्तुगत यथार्थको वास्तविक अनुभूतिबिना संकल्पले जतिसुकै प्रेरित गरे पनि कलाकारले कलाको आधार प्राप्त गर्न सक्दैन किनकि वास्तविक अनुभूति नै सिर्जनाको आधार हो। मानवीय क्रियाकलापका अनुभवसिद्ध सार बनिनसकेका विचार सिद्धान्तहरू सही छन् वा गलत भनी सु73म ढंगले अध्ययन नगरी वास्तविक अनुभूति प्राप्त हुन सक्दैन। त्यसैले व्यवहारसिद्ध ज्ञानबिना वास्तविक अनुभूति सम्भव छैन र सबै संकल्प र सपनाहरू पनि साकार बन्दैनन्। वस्तुगत यथार्थका ऐतिहासिक उपज बनेका मानवीय आकांक्षाहरू ले मात्रै आखिरमा मूर्तरूप लिएका हुन्छन्। मानवीय संकल्प र आकांक्षाहरू पनि एक अर्काबाट अलग र बेग्लाबेग्लै खालका हुन्छन्। जसले गर्दा रूची र खाँचो पनि फरक फरक बन्छन्। त्यति भएर पनि ती सबैलाई भौतिक आवश्यकताद्वारा डोर्‍याएर नै इतिहासका हरेक घटनाहरू घटेका हुन्छन्। मानव समाजमा आर्थिक आवश्यकताले नै प्रमुख स्थान राख्दै आएको छ। त्यसकारण संकल्प र साधनाले मात्र सिर्जना सम्भव छैन। सिर्जनाका निम्ति यथार्थको सु73म अध्ययनबाट प्राप्त रचनात्मक अनुभूतिको निरन्तर आवश्यकता पर्दछ, जसले समस्याको समाधानमा सधैनै प्रेरणा प्रदान गर्दछ। 

यसरी सिर्जनामा अनुभूतिलाई महत्व दिनुको तात्पर्य बौद्धिकताको विरोध होइन। प्रगतिवाद, प्रत्यक्षबोध र तार्किकता मध्ये कुनै एउटालाई बढीजोड दिने कुराको विरोधी छ। किनकि यी दुवै अन्तर सम्बन्धित हुन्छन्। त्यस्तै मानवीय आकांक्षालाई यथार्थमा फेरिन नसक्ने ठान्नु वा तिनीहरूले नै यथार्थको ठाउँ लिन्छन् भन्ठान्नु पनि गलत छ। विचार भौतिक जगतको प्रतिविम्ब भएर पनि जनसमुदायको मस्तिष्कमा घुसेपछि भौतिक शक्तिमा फेरिन्छ। हाम्रो सामु विज्ञान र प्रविधिका अनमोल उपलब्धिहरू यसरी नै रहेका छन्। भौतिक यथार्थ पनि विविध रूपमा अभिव्यक्त हुन्छ। प्रकृति र समाजको यथार्थ स्थायी अस्थायी दुवै रूपमा रहन्छ। यथार्थ स्वयं गतिशील छ, आजका कतिपय यथार्थहरू भोलि फेरिन्छन्। हाम्रो यथार्थ हाम्रै धर्ती र आकाश हो, हाम्रै जीवनका उकाली ओराली हुन्, जहाँ राष्ट्र र जातिका विशिष्टता माझ निरन्तर गतिशील बन्दै लम्केका दुःखसुखहरू, आँसु र हाँसोको संगम अनि उजेली र अँधेरीको लुकामारी छ। तर यो साह्रै नै विसंगतिपूर्ण पनि छ। यहाँका सबै उत्पादन साधन र स्रोतमाथि सानो संख्याका ठूला सामन्तहरू र दलाल नोकरशाही पूंजीपतिको स्वामित्व छ। उत्पादक शक्तिको विकासमा बाधक बनेको संरचनाले असमान वितरण प्रणालीलाई टेवा दिएको छ र त्यसको फलस्वरूप शिक्षा, संस्कृति र समस्त ज्ञान विज्ञानमा वर्गीय द्वन्द्व कायम भएको छ। मानव जातिको इतिहास आफै नै वर्गसंघर्षको इतिहास रहेको ऐतिहासिक सन्दर्भमा हेर्दा हाम्रा विचारधारामा पनि वर्गसंघर्षको त्यो छाप त्यतिबेलादेखि नै पर्दै आएको छ जतिबेलादेखि मानव समाजमा वर्गहरूको अस्तित्व देखा पर्‍यो। त्यसैले हाम्रो चेतना वर्गपरक छ यही वर्गपरकतामा मार्क्सवादी दर्शनको साहित्यधारा बनेको छ–प्रगतिवाद। 

प्रगतिवाद सर्वहारा संस्कृतिको सिद्धान्त हो। यो सामाजिक परिवर्तन र विकाससँग गाँसिएको छ। त्यसैले यसका दुई पक्षहरू छन्–निषेधात्मक र सिर्जनात्मक अर्थात् प्रगति विरोधी तत्वको ध्वंस र प्रगतिमुखी शक्तिको विकास। कला, साहित्य, शिक्षा, संस्कृति र सामाजिक नैतिकताका थुप्रै विषयलाई यसले समृद्धितर्फ डोर्‍याउँछ। मानिसले हरेक थरीका सामाजिक व्यवस्थामा बटुलेका ज्ञानहरूको स्वाभाविक विकासले नै यसलाई जन्म दियो। प्रगतिवादले मानवीय नैतिकतालाई पालन गर्दछ। मान्छेलाई मान्छेका रूपमा बाँच्नका निम्ति एकताबद्ध गर्दै सबै खो शोष48का विरूद्धमा जुधी न्यायपूर्ण, गतिशील र समुन्नत समाजको स्थापनामा टेवा दिन्छ। सिद्धान्तलाई व्यवहारदेखि अलग राख्ने पुरानो समाजको गलत परम्परालाई तोडेर विचारलाई भौतिक शक्तिमा बदल्ने प्रयत्न गर्दछ। संस्कृतिका सबै उपलब्धिहरूलाई श्रमजीवी जनसमुदायको हितमा लगाउँछ। ज्ञान, विज्ञान र कलालाई मानव जातिको हितमा लगाई सिर्जनशील प्रतिभाको उच्च कदर गर्दछ। सबै खाले अज्ञानका विरूद्धमा खडा भै राजनैतिक चेतनाको ज्योतिमा श्रम सौन्दर्यबोध गराउँछ। यसले निम्न पूंजीवादी सोचाई र अनैतिकता माथि विजय प्राप्त गर्ने हुँदा विश्वका हरेक कुनाकाप्चातिर पनि आफ्नो भलमलाउँदो किरणलाई फिजार्दै गैरहेको छ। हरेक राष्ट्रका जनतालाई झक्झक्याउँदै व्यूँझाए, अन्धकारमा भड्किरहेकालाई युग ज्योतिक किरण थमाएर क्रमशः उजेलोतिर लैजाँदैछ। विश्वमा देखा परेका परम्परागत ज्ञानको अवैज्ञानिकता, विसंगति र एकलकाँटेपनको खन्डन गर्दोछ। न्याय, समानता र प्रगतिको निम्ति व्यक्तिलाई समाजको हितमा, पूंजीलाई मानव जातिको हितमा र चेतनालाई प्रकृति जित्नमा लगाउने प्रभावशाली हतियार बनेर काम गरेको छ। वास्तवमा प्रगतिवादले संस्कृतिलाइ सामाजिक, आर्थिक, राजनैतिक संरचनाको प्रतिविम्वका रूपमा लिने हुँदा वास्तविकतालाई नांगो रूपमा हैन, बहुसंख्यक जनताको हितमा कलात्मक ढंगले उद्घाटन गर्दछ। कलाको वर्गपरकतालाई पक्षधरतामा सीमित नगरी सर्वहारावर्ग चेतनाले सुसज्जित गर्दछ। जनसमुदायबाट लिने र जनसमुदायलाई दिने क्रममा नराम्रोलाई हटाउँछ, राम्रोलाइ अघि बढाउँछ। समकालीन उत्पादन सम्बन्धले निर्धारण गरेको चेतनामा आधारित हुँदै प्रगतिवादले सामाजिक विकासको इतिहासलाई भौतिकवादी दृष्टिले हेर्छ। हरेक वस्तु वा घटना विकासको इतिहासलाई भौतिकवादी दृष्टिले हेर्छ। हरेक वस्तु वा घटना प्रक्रियालाई द्वन्द्वात्मक तरिकाले विश्लेषण गर्दछ। त्यसैले साहित्य सिर्जनामा पनि हारजीत, उज्यालो अँध्यारो, सबल–निर्बल दुवै पक्षलाई समेटेर सिंगो जीवन ठड्याउँछ। जनताको नयाँ सांस्कृतिक सिद्धान्तका रूपमा रहे पनि मार्क्सवादी दर्शन, राजनीति र अर्थशास्त्रसँग प्रगतिवाद अविभाज्य बनेको छ। यसले वर्गचेतनामा व्यूँझदै गैरहेको विश्वमा सामन्तवाद, पूंजीवाद र साम्राज्यवादका दुर्बल साङ्लाहरू चुँडाल्दै मानव जातिको पूर्ण स्वतन्त्रताका निम्ति अघि लम्कन प्रेरित गर्दछ। रचनाकर्मीको सिर्जनात्मक स्वतन्त्रतालाई कदर गर्दै सर्वहारा मानवतावादको आधारमा विश्वबन्धुत्व कायम गर्न लगाउँछ। जनतासँगको सरल आदान प्रदानले गर्दा प्रगतिवादी रचनाहरू बढी संप्रेषणशील हुन्छन्। यिनै कुराहरूका आधारमा गोविन्द भट्ट भन्नुहुन्छ–“वैज्ञानिकता, जनउपयोगिता र प्रभावकारिताका दृष्टिबाट सिर्जित प्रगतिवाद नै विसौं शताब्दीको सर्वोत्कृष्टवाद हो।” 

हाम्रो देशको वर्तमान सांस्कृतिक आन्दोलनका सन्दर्भमा प्रगतिवाद नेतृत्वदायी विचारधारा हो। यसले अझै केही समयसम्म अर्थात् नौलो जनवादी क्रान्ति र निर्माणकालसम्म अन्य सहयोगीहरूलाई समेत सहयात्रीका रूपमा डोर्‍याउनै पर्दछ। समाजवादी क्रान्ति र निर्माणकालमा भने सांस्कृतिक आन्दोलनको यो दिशा अलि बेग्लै हुनेछ। त्यतिबेला यसको स्वरूप विषयवस्तुमा नौलो जनवादी र शैलीमा राष्ट्रिय हुनुको सट्टा समाजवादी राजनीति र अर्थतन्त्रको प्रतिविम्ब बोकेको वैज्ञानिक समाजवादी राष्ट्रिय संस्कृति हुनेछ र विश्व संस्कृतिसँग क्रमशः एकाकार बन्दै जानेछ। 

सिर्जनामा सिद्धान्तको महत्वलाई जोड दिंदा केही मानिसहरू प्रगतिवादले परिवर्तनको आधारका रूपमा युग चेतनालाई मान्दछ भन्ने झुा आरोप पनि लगाउँछन। वास्तवमा यसले भौतिक जीवनका अन्तरविरोधहरू यर्थात् समाजको उत्पादक शक्ति र उत्पादन सम्बन्ध बीचको टक्करलाई परिवर्तनको आधार मान्दै युग चेतनाको व्याख्या गर्दछ। फेरि कोही के पनि भन्दछन् भने –“प्रगतिवादले अभिव्यक्तिको स्वतन्त्रता र वैयक्तिक वैशिष्ठ्य हनन गर्दै कला साहित्यलाई राजनीतिको प्रचार साधन बनाउँछ।” साँचो कुरा के हो भने संसारका सबै कला साहित्य वा सांस्कृतिक रचनाहरूले कुनै न कुनै रूपमा खास वर्गको दर्शन, राजनीति र अर्थतन्त्रको सेवा गर्दै आएका छन् र कुनै न कुनै हेतुका प्रचार सा नबनेका छन्। यस वास्तविकतालाई लुकाउन नै उनीहरूले यो हल्ला चलाएका हुन्। कलाको सामाजिक मूल्यलाइ उपेक्षा गर्नेहरूले आफूलाई यस सच्चाइमा नबाँधिएकै हुन्छन्। फरक यत्ति हो–प्रगतिवादीहरू खलस्त रूपमा स्वीकार्छन्, उनीहरू स्वीकार्दैनन्। विषयवस्तुका निम्ति रूपको वा रूपका निम्ति विषयवस्तुको उपेक्षा गर्ने दुवै गलत प्रवृत्तिबाट जोगिएर नयाँ संस्कृतिलाई हुर्काउने प्रगतिवादलाई कसै कसैे प्रगतिशीलताको अथमा लिएको पाइन्छ। यो तिनीहरूको भ्रम हो। प्रगतिवाद र प्रगतिशीलतामा तात्विक अन्तर छ। नेपाली प्रगतिवादी सिर्जनाले खासगरी तीसको दशकबाट तीब्र गतिमा विकास गर्दै जनसमुदायमा व्यापक प्रभाव पार्न थालेको छ, गीत, कविता, नाटक, अनुवाद, समालोचना र संस्मरण विधाहरूमा नयाँ नयाँ प्रतिमान स्थापित हुँदैछन् र हाम्रो प्रगतिवादी कला साहित्य क्रमशः प्रौढतातिर लम्कँदो छ।


000

----------------------------------------------------------

प्रगतिवादी साहित्य र यसको विशेषता 
- निनु चापागाईं
प्रगतिशील लेखक संघ, नेपालको वार्षिक कार्यक्रम र योजनाअनुसार मोफसलका विभिन्न ठाउ“मा सम्पन्न गोष्ठी एवं छलफलका क्रममा यी पंक्तिका लेखकले त्यहा“का अधिकांश साहित्यकार मित्रहरूबाट उठाइएका लगभग एउटै प्रकृतिका केही प्रश्नहरूको सामना गर्नुपरेको थियो । प्रगतिशील साहित्य र प्रगतिवादी साहित्यका बीच के समानता छ र के भिन्नता छ ?, आमूल परिवर्तनकारी राजनीतिक पार्टीमा आबद्ध नभएको रचनाकार प्रगतिवादी हुन सक्छ कि सक्दैन ?, शब्दमा प्रगतिवादलाई समर्थन गरेर हि“डिरहेको साहित्यकार ईशपूजक छ भने उसलाई कसरी हेर्ने ? वा आजको प्रगतिवादी साहित्य कस्तो हुनुपर्छ ? वरिष्ठ एवं कनिष्ठ र खासगरी नवोदित प्रतिभाबाट उठाइएका यस्तै किसिमका प्रश्नहरूको सरल र सहज उत्तर नभए पनि यो लेख यसरी उठेका कतिपय प्रश्नहरूको उत्तरस“ग भने अवश्य नै गा“सिएको छ ।
आजको अवस्थामा प्रगतिवादी साहित्य कस्तो हुनुपर्छ भनी कसैले प्रश्न गरेको खण्डमा एकदमै छोटोमा र अमूर्त किसिमले जवाफ दिन सकिन्छ– प्रगतिशील साहित्यले आजको नेपालको गतिशील यथार्थलाई कलात्मक उच्चतासहित सक्रिय रूपबाट प्रतिबिम्बन गर्नुपर्दछ । तर प्रगति र यथास्थितिका बीचको द्वन्द, प्रगतिशीलता र प्रगतिवादका बीचको भिन्नता, यथार्थवाद र समाजवादी यथार्थवाद (प्रगतिवाद) का बीच रहेको समानता र भिन्नता, समाजवादी यथार्थवादका विशेषताहरू र आजको नेपालको अवस्था, खासगरी आर्थिक, राजनीतिक अवस्थाका बारेमा सही दृष्टिकोण र समझदारी नबनाई गहन र विस्तृत जवाफ भने पाउन सकिन्न ।
प्रगतिशील साहित्य जीवनजगत्को विकासशीलतामा आस्था राख्ने रचनादृष्टिको सिद्धान्त हो । यथास्थितिले गतिशीलताको विरोध गर्दछ र प्रगतिको चाहना यथास्थितिको विरुद्ध क्रियाशील नभई प्राप्त हुनै सक्तैन । यथास्थिति र प्रगति यसरी भिन्न स्थितिका द्योतक हुन् । त्यसैले प्रगतिशील साहित्य त्यस्तो साहित्य हो– जसले नेपाली जनताले वर्तमान अवस्थामा भोग्नुपरेको दुर्दशा र आजको यथास्थितिको विरुद्धमा आफूलाई गतिशील बनाउ“छ । यस्तो साहित्यले नेपाली जनताको कसैको थिचोमिचो र हैकम (विदेशी वा स्वदेशी) बाट मुक्त भएर स्वाभिमानस“ग बा“च्न चाहने, वर्ग, जाति, लिड्ड, धर्म जस्ता असमानताबाट मुक्त हुने र काम नगर्नेले खान पाउ“दैन भन्ने विचारलाई चरितार्थ गर्ने आवश्यकता र अकांक्षालाई व्यक्त गर्दछ र तिनको शोषण, उत्पीडनविरोधी आवाजलाई मूर्तता प्रदान गर्दछ । त्यसैले सामन्तवादको पूर्ण उन्मूलन, अधिकतम रूपबाट श्रमजीवी जनताका पक्षमा राजनीतिक स्वतन्त्रताको प्राप्ति, विदेशी निर्भरता एवं नियन्त्रणमुक्त, स्वनिर्भर अर्थतन्त्रको निर्माण, विदेशी थिचोमिचोविरोधी देशभक्तिपूर्ण भावना र आम श्रमजीवी जनताको महत्तालाई अस्वीकार गर्ने साहित्य प्रगतिशील साहित्य हुन सक्दैन । प्रगतिशील साहित्य वास्तवमा, यथास्थितिको विपक्षमा, प्रतिगमनको विरुद्धमा र जनहितकारी परिवर्तनको पक्षमा यथार्थलाई प्रतिबिम्बन गर्ने साहित्य हो । प्रगतिशील साहित्य कुनै निश्चित दर्शनमा प्रतिबद्ध नहुने कारणले पू“जी र श्रमका बीचको अन्तर्विरोधको समाधानमा यसले प्रस्तुत गरेका सुझावहरू सही र वस्तुगत नहुन पनि सक्दछन्, तर यसले जनतामा विकसित हु“दो परिवर्तनकारी आकांक्षालाई गहन वस्तुगतता, सत्यनिष्ठता र इमानदारीसाथ प्रस्तुत गर्दछ र जनताले चाहेको समाजपरिवर्तनको आन्दोलनलाई सहयोग पु¥याउ“छ । सबैभन्दा महŒवपूर्ण कुरो प्रगतिशील साहित्य मूलतः यथार्थवादी हुन्छ ।
वस्तुजगत् र त्यसका विविध रूपहरू मात्र सत्य हुन् र तिनको आनो ठोस वस्तुगत अस्तित्व हुन्छ, व्यक्तिका निजी इच्छा, अनिच्छाबाट ती स्वतन्त्र हुन्छन् भन्ने चिन्तनका आधारमा यथार्थवादी रचनाविधि र दृष्टिको विकास भएको छ । यसले सम्पूर्ण विश्व, मानवजीवन, मान्छेका विचार तथा अनुभूतिलाई आनो विषयवस्तु बनाउने गरेको छ र यो नै यसको सिद्धान्त पनि हो । वस्तुगत यथार्थप्रति इमानदारी, यथार्थको अनुसन्धान एवं अन्वेषण, यथार्थको सत्यपरक चित्रण र सत्यप्रति अविचल निष्ठा यथार्थवादको मुख्य विशेषता हो । यथार्थवाद यथार्थको जस्ताको तस्तै बाह्य विवरण नभएर वर्णन गरिएका घटनाहरूको आन्तरिक सारको प्रस्तुति हो । यसको विशेषता नै यथार्थको महŒवपूर्ण पक्षहरूमा गहिरोस“ग अन्तप्र्रवेश गर्नु, यथार्थलाई तिनको समग्रतामा वा पूर्णतामा व्यक्त गर्नु र ‘विशिष्ट परिस्थितिमा विशिष्ट पात्रहरू’लाई सही रूपमा उभ्याउनु हो । यसले व्यक्तिगत रुचि, अरुचि, भ्रम र विभ्रमभन्दा माथि उठेर यथार्थको गहन, सत्यपरक चित्रण गर्न साहित्यकारस“ग माग गर्दछ । यथार्थवादी साहित्यको पहिलो शर्त रचनाको विषय यथार्थ वा जीवन जस्तो छ, त्यस्तै हुनु हो भने दोस्रो शर्तचाहि“ यथार्थवादी साहित्यकार आनो मस्तिष्कलाई कत्ति पनि उपयोग नगर्ने फोटोग्राफर र प्रकृतिवादी नहुनु हो । प्रकृतिवादीका विपरीत यथार्थवादी साहित्यकारले यथार्थलाई संसाधन गर्दछ, अनावश्यक विवरणहरू का“टछा“ट गर्दछ र प्रस्तुत यथार्थका खास विशेषताहरू छर्लड्ड हुनेगरी प्रस्तुत गर्दछ ।
यथार्थवादको सार भनेको यसले प्रस्तुत गर्ने समाजको विश्लेषण हो । यस्तो विश्लेषणभित्र समाजमा विद्यमान मानवहरूको जीवन, मानिसहरूको बीचको सामाजिक सम्बन्ध, व्यक्ति र समाजका बीचको सम्बन्ध र समाजको आनै संरचनाको अध्ययन, चित्रण र विश्लेषण समावेश भएको हुन्छ ।
यथार्थवादको सारका रूपमा मानिएको सामाजिक विश्लेषणले साहित्यकारलाई जीवन या यथार्थका सारभूत विशेषता एवं तिनका नियमहरूलाई जान्न र त्यस अनुरूप चित्रण गर्न उत्प्रेरित गर्दछ । किनभने यसले यथार्थको सोझो फोटोकपी (प्रतिलिपि)लाई एकातिर मान्यता दिंदैन भने अर्कातिर अनियन्त्रित संवेगहरूको क्रीडाभूमिका रूपमा यथार्थको आत्मगत प्रस्तुतीकरणलाई पनि अस्वीकार गर्दछ । यथार्थवादले यसका विपरीत मानिस र सामाजिक वातावरणका वास्तविक अन्तर्विरोधलाई एकै ठाउ“मा राखेर सामाजिक सम्बन्धहरूको द्वन्दात्मकतालाई बुझ्न र चित्रण गर्न, तिनलाई आनो प्रस्थानविन्दु बनाउ“छ । लेखकले आत्मगत रूपबाट स्वेच्छाचारी तरीकाले घटनाहरूको अर्थ र सारलाई प्रस्तुत गर्न खोज्यो भने जीवन तथा जनता जस्ता छन्, त्यही रूपमा तिनको सामान्यीकरण गर्न सक्तैन ।
जीवन र जगत् अनुरूपको साहित्य र सामान्यीकरणको माध्यमबाट त्यसको प्रस्तुति यथार्थवादको निजी विशेषता हो । यस्तो सामान्यीकरण गर्दा विशिष्ट वा खास खास घटनाको माध्यमबाट विभिन्न सामाजिक शक्तिहरूको गति र प्रतिगतिको सामान्य स्वरूपलाई प्रस्तुत गरिन्छ । प्रतिनिधि परिस्थितिमा प्रतिनिधि पात्रहरूको प्रस्तुति यसै अन्तर्गत पर्दछ । लेखकले व्यक्ति पात्रमार्फत् समूह एवं वर्गका पात्रहरूको चित्रण गर्दछ र एउटा खास परिस्थितिको चित्रणबाट उसले त्यस्ता थुप्रै परिस्थितिहरूप्रति संकेत गर्दछ । त्यसले व्यक्ति र प्रतिनिधि दुवैको प्रतिनिधित्व गर्दछ । यसलाई प्रारूपीकरण ९त्थउषष्अबतष्यल० पनि भन्ने गरिन्छ ।
सामाजिक संघटनामा विद्यमान कार्यकारण सम्बन्धको खोजी पनि प्रारूपीकरणले गर्दछ । मान्छेको जीवन र सामाजिक जीवनद्वारा बन्ने कुनै कृतिको विषयवस्तु, पात्रको आन्तरिक संसार र चरित्रलाई यथार्थवादले चरित्रको व्यक्तिगत नियतिस“ग कार्यकारण सम्बन्धमा रहेका विभिन्न प्रारूपित परिस्थितिको उपज ठान्दछ । त्यसैले प्रारूपित चरित्र एक किसिमको सामाजिक शक्तिबाट बनेको हुन्छ । यस्तो प्रारूपित चरित्रले आफू जुन वातावरणको उत्पादन हो, त्यस वातावरणका मुख्य निर्णायक विशेषताहरूलाई समायोजन र संयोजन गरेको हुन्छ । यी विशेषताहरू स्वयं प्रारूपित चरित्र र उसको नियतिका माध्यमबाट प्रकट हुन्छन् ।
यथार्थवादी साहित्यको कार्यकारणभाव घटनाहरूको यान्त्रिक अनुक्रम, हरेक कडी आउ“दो कडीस“ग गा“सिएको सिक्रीको रूपमा प्रकट हु“दैन । यस्तो दृष्टिकोण त प्रकृतवादको मात्रै हुन्छ । प्रकृतवादले यथार्थको फोटोग्राफिक प्रतिलिपि उतार्दछ, मुख्य तथा सारभूत विशेषताहरूमा भेद नगरी तिनलाई एकै ठाउ“ मिसमास पार्दछ र प्रायः सामान्य अस्पष्ट वा ढाकछोप हुनेगरी विशिष्टलाई प्राथमिकता दिएर प्रस्तुत गर्दछ र प्रत्यक्षतया बाहिर स्पष्ट नदेखिने गरी सतहमुनि रहेका र यसको गतिलाई निर्धारित गर्ने जीवनप्रक्रियाहरूलाई प्रकाशमा ल्याउन असफल हुन्छ । यथार्थवादले उक्त सबै विषयमा विपरीत दृष्टि अवलम्बन गर्दछ । यथार्थवादमा कार्यकारणभाव सम्पूर्ण कृति र यसका अंशहरू, विवरणहरूको असांयोगिक प्रकृति, कथानकको सुसंगत विकास र पात्रहरूका बीचको सुसंगत सम्बन्ध र मजबुत जगको संरचनामा मात्र व्यक्त हु“दैन, सबैभन्दा बढी ऐतिहासिक दृष्टिकोणमा व्यक्त हुन्छ । ऐतिहासिक दृष्टिकोणभित्र इतिहासमा द्वन्दरत वर्गस्वार्थका बीचको संघर्ष, उदीयमान तŒवको विजय एवं मरणशील तŒवको पराजय र इतिहासनिर्माताका रूपमा जनताको समर्थनजस्ता विषय पर्दछन् ।
यथार्थवादको अर्को महŒवपूर्ण विशेषता लेखकका विचारहरू अमूर्त धारणामा व्यक्त नभएर मूर्त चित्र वा बिम्बमा प्रकट हुनु हो ।
स्वभावैले साहित्य प्रकृति र मानवजीवनका मूल पक्षहरूलाई चित्रण गर्दछ तापनि यथार्थवाद यथार्थको प्रतिलिपि मात्र होइन । साहित्यकारले आनो दृष्टिकोण र सिर्जनात्मक कल्पनाको सहयोगले यथार्थलाई पुनरुत्पादन गरेर आनो रचनामा प्रस्तुत गर्दछ । त्यसैले यसमा वस्तुगत यथार्थका साथै साहित्यकारको निजी दृष्टिकोण, उद्देश्य र व्यक्तित्व समेत प्रकट हुन्छ । लेखक कहिल्यै पनि आनो समयको तटस्थ वृत्तआलेखक हुन सक्दैन । प्रत्येक प्रतिभासम्पन्न लेखकले आनो कृतिमा यथार्थको चित्रण गर्दा कुनै न कुनै सन्देश व्यक्त गरेको हुन्छ र आनो विश्वदृष्टिकोणलाई समेत प्रतिबिम्बित गरेको हुन्छ । उसले आफू क्रियाशील रहेको युगका आफूलाई सही लागेका विचारहरूको समर्थन र बेठीक लागेका विचार एवं पक्षको विरोध गरेकै हुन्छ । यद्यपि लेखकको इतिहाससम्बन्धी आत्मगत धारणा, यसको वस्तुगत सारतŒवस“ग सधैं अनुकूल रहने स्थिति नहुन पनि सक्दछ ।
त्यसो भएर पनि यथार्थवादी लेखकले गतिशील यथार्थको विकासको निरन्तर अनुसन्धान तथा सामाजिक सम्बन्धहरूको व्याख्या–विश्लेषण गरेर समकालीन व्यक्तिगत एवं सामाजिक जीवनको आधिकारिक चित्र प्रस्तुत गरेको हुन्छ । पात्रहरूको मानसिक संसार, उनीहरूको विचार एवं व्यवहारविधिलाई प्रभावित पार्ने युगका वास्तविक संघर्षहरूलाई चित्रण गर्न र मानवव्यक्तित्वमाथि अतिविध्वंशक प्रभाव पार्ने सामाजिक खराबीहरूको स्रोत फेला पार्न यथार्थवादी लेखकहरू सफल रहेका छन् । वस्तुगत यथार्थको मार्मिक चित्रण, सत्यप्रति अविचल निष्ठा, व्यवस्थाजन्य विकृतिहरूको निर्मम आलोचना र उद्घाटन, चित्रणको समग्रता र समाजको संश्लेषणात्मक विश्लेषण, प्रतिनिधि परिस्थितिमा प्रतिनिधि पात्रहरूको प्रस्तुति, यथार्थको उपस्थापनको माध्यमद्वारा रचनाकारको विचारको अभिव्यंजना यथार्थवादका उपलब्धिहरू हुन् ।
यहा“निर के कुरा ख्याल राख्नु आवश्यक छ भने उन्नाइसौं शताब्दीको शुरुमा प्रगतिको सामाजिक आधारको प्रश्न कला, साहित्य र समाजविज्ञानको एउटा प्रमुख विषय बन्न पुगेको थियो । जीवनका व्यावहारिक पक्षहरूको अनुसन्धान गर्न र वस्तुगत गतिशीलतालाई पक्रन असफल परिष्कारवाद (शास्त्रीयतावाद) समयको भावनाभन्दा पछि परिरहेको थियो र यसले उक्त प्रश्नको जवाफ दिन सकिरहेको थिएन । यसले क्रमशः साहित्यकलाको विकासमा भा“जो हालिरहेको थियो र यो प्रतिक्रियाको वैचारिक हतियार बनिरहेको थियो । जस्तोसुकै कुरा स्वीकार गर्नु परे पनि परिवर्तनको पक्ष भने पटक्कै नलिने, सामन्ती व्यवस्थाका दृढ पक्षधरहरूले यसलाई आनो झण्डा बनाएका थिए । यही कारण स्वच्छन्दतावाद र यथार्थवादले यसलाई आनो भीषण आक्रमणको तारो बनाए । सामन्तवादको आर्थिक–वैचारिक संरचनालाई ध्वस्त बनाउने फ्रान्सको क्रान्तिको अवधिमा त्यही उद्देश्यसहित शुरुमा पू“जीपतिवर्गको स्वार्थ लिएर यथार्थवादको पुनरुत्थान भएको थियो ।
स्वच्छन्दतावाद जन्मिएको एउटै ऐतिहासिक भूमिमा यथार्थवादको पुनरुत्थान भएको थियो र ऐतिहासिक प्रगतिको दिशा र यसको वास्तविक सार प्रस्तुत गर्नुपर्ने उस्तै वैचारिक कार्यभारको सामना दुवैले गर्नुपरेको थियो । यथार्थवाद र स्वच्छन्दतावाद दुवै क्रान्तिपछिको पू“जीवादी यथार्थ व्यक्तिका लागि प्रतिकूल छ भन्ने निष्कर्षमा पुगेका थिए । तर क्रान्तिकारी स्वच्छन्दतावादीहरूचाहि“ साधारणतया पू“जीवादको सामाजिक आलोचनामा मात्र सीमित रहे भने यथार्थवादीहरूले चाहि“ यसमा सामाजिक विश्लेषण पनि थपे । यसको चरित्र आलोचनात्मक र मानिस र उसको रहेको वातावरण, मनुष्य र समाजका बीचको सम्बन्धको चित्रणविधि भने संश्लेषणात्मक थियो । यसरी यसले “स्वतन्त्र” पू“जीवादतिर विकसित हु“दो क्रान्तिपछिको समाजमा अन्तर्विरोधको सामाजिक प्रवृत्तिलाई अघि ल्यायो । क्रान्तिकारी स्वच्छन्दतावादले प्रायः विशिष्ट महŒव राख्ने जीवनको एउटा पक्षलाई वा मानवीय चेतनालाई सामान्य बनाएर अतिरञ्जित रूपमा प्रस्तुत गर्दछ र कार्यकारण सम्बन्धमाथि चासो राख्दैन भने यथार्थवादले जीवनलाई समग्रतामा प्रस्तुत गर्दछ, जीवनका विविध पक्षलाई एक–अर्कामा निर्भर, कार्यकारण भावहरूद्वारा निर्धारित सम्बन्धसूत्रहरूको रूपमा समग्रतामा चित्रण गर्दछ । हामी यसैलाई आलोचनात्मक यथार्थवाद भन्ने गर्दछौं । यही यथार्थवादी साहित्यका विशेषता र लक्षणहरू नै प्रगतिशील साहित्यका विशेषता र लक्षणहरू हुन् ।
प्रगतिवाद, आलोचनात्मक यथार्थवादभन्दा उच्चस्तरको यथार्थवाद हो । प्रखर यथार्थबोध, वस्तुगत यथार्थको इमानदारीपूर्ण चित्रण, दृढ सत्यनिष्ठता, उत्पीडित जनसामान्यप्रति अतिशय संवेदनशीलता, बाहिरी र भित्री पक्षसहित सम्पूर्ण युगको चित्रण, गहिरो सामाजिक रुचि, सामन्ती तथा पू“जीवादी समाजव्यवस्थाको अमानवीयता र नैतिक पक्षको निर्मम आलोचनाजस्ता उपलब्धिहरूबाट चिनिए पनि आलोचनात्मक यथार्थवादका आना सीमाहरू छन् । समाजविकासका नियमहरूका बारेमा वैज्ञानिक एवं सही ज्ञानको अभावका कारण आलोचनात्मक यथार्थवादले वर्गसंघर्ष, सामाजिक असमानता, धनी र गरिब, शोषक र शोषितमा समाजको विभाजनलाई चित्रण गरेर पनि पू“जी र श्रमका बीचको द्वन्दलाई कसरी समाधान गर्ने वा त्यसबाट कसरी मुक्त हुने सार्थक र वैज्ञानिक समाधान दिन सकेन । पू“जीवादी समाजको आक्रमणकारी प्रकृति र शोषक चरित्रको आधार के हो र यसको समाप्ति कसरी हुन्छ । यसबारेमा रचनात्मक सुझाव प्रस्तुत गर्न सकेन । यस विषयमा आलोचनात्मक यथार्थवादले धेरैजसो खास दिशाको संकेत नै गर्दैन भने संकेत गरेको खण्डमा पनि त्यो वस्तुसंगत हु“दैन र सम्झौतावादी, विज्ञानविरोधी र यथार्थविरोधी हुनपुग्छ ।
उन्नाइसनौं शताब्दीको मध्यतिर यूरोपमा पू“जीवादी विकासको चर्को र स्पष्ट अन्तर्विरोध देखापरेपछि पू“जीपति वर्गले सबैतिर सर्वहारा वर्गलाई ढाड भा“चिने कठोर परिश्रम र भयानक कष्टको जीवन बा“च्न कारखाना प्रणालीको हत्कडी लगायो । शोषणको निर्मम र कपटी क्रूरताले वर्गसंघर्षलाई तीब्र बनायो र सन् १९४८ को क्रान्तिकारी परिस्थितिको विकास ग¥यो । यसले ऐतिहासिक क्रियाकलापमा एउटा नया“ सामाजिक शक्ति–सर्वहारा वर्गको नेतृत्वमा जनसमुदाय–लाई अघि ल्यायो । यसले श्रमजीवी वर्गको क्रान्तिकारी चेतनाको निर्माणका निम्ति मात्र होइन, मजदुर वर्गको दार्शनिक तथा राजनीतिक ज्ञानको निर्माणको परिस्थिति पनि सृजना ग¥यो । पू“जीवादी विचारकहरू वर्गसंघर्ष, सामाजिक असमानता, धनी र गरिब, शोषक र शोषितका बीच समाजको विभाजन ल्याउने पू“जीवादी उत्पादनलाई पूर्णतया स्वाभाविक, न्यायपूर्ण र एकमात्र संभावित उत्पादनप्रणाली मान्दथे । तर अब वैज्ञानिक समाजवादले पू“जीवादी उत्पादनपद्धतिका ठाउ“मा सामूहिकतावादको सिद्धान्तमा आधारित सामाजिक सम्बन्धहरूका नया“ रूपहरू निर्माण गर्ने संभावनालाई पुष्टि गर्न थाल्यो । यसले सामाजिक असमानता, धनी–गरिब र शोषक–शोषितका बीच समाजको विभाजनको कारण निजी सम्पत्ति हो र त्यसको उन्मूलन भएको खण्डमा मानवद्वारा मानवमाथि हुने शोषणका सम्पूर्ण रूपहरू समाप्त हुनेछन् भन्ने निष्कर्ष निकाल्यो र यही चिन्तनको आधारमा समाजवादी यथार्थवादको उदय भयो । विश्वमा स्थापित समाजवादी राज्यसत्ताहरूले त्यसलाई प्रमाणित गरेर पनि देखाए ।
समाजवादी यथार्थवाद भनेको समाजवादी आदर्श (साम्यवाद)लाई आत्मसात् गर्दै यथार्थलाई क्रान्तिकारी विकासका क्रममा सही तरीकाले प्रतिबिम्बित गर्ने पद्धति र दृष्टि पनि हो । जीवनसत्यको निरन्तर अनुसरण, क्रान्तिकारी विकासको क्रममा यथार्थको प्रतिबिम्बन, समाजवाद एवं साम्यवादको भावना अनुरूप जनतालाई वैचारिक एवं सौन्दर्यात्मक शिक्षा दिने कार्यभार, जनप्रतिबद्धता, पार्टीप्रतिबद्धता र विचारधारात्मक प्रतिबद्धता समाजवादी यथार्थवादका आधारभूत विषयहरू हुन् । आलोचनात्मक यथार्थवादको आवेगपूर्ण शक्ति समकालीन समाजको आलोचना, निषेध र सामाजिक अन्यायको तिरस्कारमा व्यक्त हुन्छ भने समाजवादी यथार्थवादको आवेगपूर्ण शक्ति चाहि“ जीवनप्रतिको आशावादी सकारात्मक अनुगमनमा व्यक्त हुन्छ । यसले सबै किसिमका सामाजिक असमानता र अन्यायको विरोध गर्दछ र सामाजिक प्रगतिको संवाहकका रूपमा सर्वहारा वर्ग र क्रान्तिकारी जनसमुदायको नया“ समाजको निर्माणको प्रयत्न र संघर्षको कलात्मक जीवनी प्रस्तुत गर्दछ । मानिस एवं समाज, जीवन तथा परिस्थितिको संश्लेषणात्मक विश्लेषण, प्रस्तुत गरिएको यथार्थको कार्यकरणसम्बन्धको खोजी, जनसमुदायमा विकसित भैरहेको आत्मचेतनाको चित्रण, निजी व्यक्तित्वको प्रतिष्ठास“गै आफू संलग्न सामाजिक वर्गको सहजवृत्ति र दृष्टिकोणको प्रतिनिधित्व गर्ने प्रतिनिधि पात्रहरूको सिर्जना, संघर्षको अग्रपंक्तिमा रही विकसित हु“दो सक्रिय नायकको सृष्टि, वर्गसंघर्षको अस्तित्व र व्यक्तिमाथि त्यसले पार्ने प्रभाव देखाउनमा सीमित आलोचनात्मक यथार्थवादको सीमालाई पार गरी वर्गसंघर्षको स्वभाविक परिणामको प्रस्तुति र समाज सम्पूर्णमा त्यसले पारेको प्रभावको चित्रण, पू“जीवाद, पू“जीवादी समाज, त्यसको नैतिक सिद्धान्त र त्यसले उत्पन्न गरेको मानव अपकर्ष र मानवको पाशवीकरणको गहन चित्रणका साथै पू“जीवादी विचार, नैतिकता र संस्कृतिको सार्वभौम, सर्वव्यापी आलोचना र समाजवाद र समाजवादी व्यवस्थाको निर्माणप्रति आवेगपूर्ण समर्थन समाजवादी यथार्थवादका विशेषता हुन् ।
कुनै आमूल परिवर्तनकारी राजनीतिक संगठनमा रचनाकार संलग्न होस् वा नरहेको होस्, उसले रचना गरेको साहित्यले यी विशेषताहरू अ“गाल्दछ भने उक्त रचनाकार निर्विवाद रूपबाट प्रगतिवादी साहित्यकार प्रमाणित हुन्छ । आना रचनाका माध्यमबाट यी विशेषताहरूलाई व्यक्त गर्न असक्षम साहित्यकार आमूूल परिवर्तनकारी राजनीतिक संगठनमा आबद्ध भएकै खण्डमा पनि प्रगतिवादी हुन सक्दैन । कुनै पनि रचनाकारको मूल्याड्ढनको आधार उसको रचना हुन्छ– रचनाकार स्वयं मात्र होइन ।
प्रतिबद्धता र स्वतन्त्रताका प्रसंगमा स्पष्ट हुनुपर्ने विषय के हो भने प्रगतिवादले रचनकारस“ग विश्वदृष्टिकोण तथा विचारधारामा मात्र प्रतिबद्धताको माग गर्दैन, जीवनमा सक्रिय संलग्नताको माग समेत गर्दछ । यसका निम्ति र प्रगतिवादका विशेषताहरूको परिपूर्तिका निम्ति पार्टी प्रतिबद्धताले थप सहयोग पु¥याउ“छ, हानि होइन । कुनै इमानदार प्रगतिवादी लेखक पार्टी प्रतिबद्ध छैन र विशेष परिस्थितिवश स्वतन्त्र छ भने पनि उसले विचारधारात्मक प्रतिबद्धता, जनप्रतिबद्धता र पार्टीप्रतिबद्धता जस्ता प्रगतिवादका विशेषताका विरोधमा कलम चलाउन सक्दैन ।
आमूल परिवर्तनको पक्षमा रहने कुनै पनि साहित्यकारले आमूल परिवर्तनको प्रक्रियालाई गति दिने, त्यसलाई संगठित गर्ने र निर्देशित गर्ने राजनीतिक पार्टीको विरोध गर्दछ र त्यसको विरोधका क्रममा राजनीतिप्रति नै वितृष्णा जगाउने काम गर्दछ भने त्यस्तो साहित्यकारका बारेमा भने सचेत रहनुपर्दछ । शब्द र कार्यकाबीचको एकता प्रगतिवादको विशेषता हो । कसैले एकथोक भन्छ र कामचाहि“ त्यसको ठीक विपरीत गर्दछ भने हामीले मूल्याड्ढनको आधार कामलाई बनाउनु पर्दछ, भनाइलाई होइन । व्यवहार मूल्याड्ढनको कसी हो, कसैको पनि मूल्याड्ढन उसका व्यावहारिक क्रियाकलापलाई अलग्ग्याएर हु“दैन ।
सारांशमा यही नै प्रगतिवाद हो । प्रगतिवादी साहित्य सबै नै प्रगतिशील हुन्छ, तर सबै प्रगतिशील साहित्य भने प्रगतिवादी हुन सक्दैन । प्रगतिशीलता र प्रगतिवादलाई छुट्याउने आधारभूत तŒव रचना र रचनाकारले स्वीकार गरेको विश्वदृष्टिकोण हो । प्रगतिवादी साहित्य र साहित्यकारले द्वन्दात्मक भौतिकवाद र वैज्ञानिक समाजवादलाई आनो विश्वदृष्टिकोण बनाउनु अपरिहार्य हुन्छ । एकदमै ख्याल राख्नुपर्ने कुरा के हो भने समाजवादी यथार्थवादले अतीतका सबै काला पक्षहरूसहित अघि बढिरहेको वा सामन्ती तथा पू“जीवादी दासताका सम्पूर्ण विभीषिका वा आनो अस्तित्वको रक्षा गर्न प्रयत्न गरिरहेको पू“जीवादका सबै नृशंसताका साथ मानवजातिको चित्रण गर्दछ ।
प्रगतिवादले समकालीन यथार्थलाई समग्रतामा बोध वा संज्ञान गराउनु र मानिसका सौन्दर्यात्मक आवश्यकता पूर्ति गर्नुलाई मात्र साहित्यको कार्यभार मान्दैन । साहित्यलाई केवल जीवन र समाजको व्याख्या–विश्लेषण एवं आलोचनाको रूपमा हेर्ने दृष्टिकोणलाई पनि यसले अपर्याप्त ठान्दछ । प्रगतिवादले साहित्यलाई यथार्थ र यथार्थचेतनाको सम्बन्धलाई बोध गराउने साधनका अतिरिक्त सामाजिक चेतनाको निर्माण एवं शोषणमा आधारित समाजव्यवस्थामा सामाजिक जीवनको परिवर्तनको माध्यम समेत ठान्दछ । साहित्यको सामाजिकता र सामाजिक प्रयोजनलाई स्वीकार गर्ने अन्य साहित्य सिद्धान्तभन्दा प्रगतिवाद किन भिन्न छ भने यसले साहित्यको सामाजिकता र प्रयोजनको मूल अर्थ नै साहित्य आमूल परिवर्तनको माध्यम हुनुमा हुन्छ भन्ने मान्दछ ।
सबैलाई थाहा भएको तथ्य के हो भने साहित्यले सीधा र प्रत्यक्षतया सामाजिक जीवनमा परिवर्तन ल्याउने काम गर्न सक्दैन । समाजमा आमूल परिवर्तन ल्याउने सामाजिक शक्ति सर्वहारा वर्ग एवं समाजका आम श्रमजीवी जनता हुन् भने आमूल परिवर्तनको प्रयत्नको मूल केन्द्र चाहि“ आर्थिक, राजनीतिक संघर्ष हो । साहित्यले यिनै सामाजिक शक्ति र संघर्षको क्षेत्रलाई सहयोग पु¥याएर मात्र आमूल परिवर्तनको प्रयत्नमा सहयोग पु¥याउन सक्दछ । सामाजिक यथार्थ एवं सामाजिक सम्बन्धको समग्रतालाई र जनताको सामाजिक संघर्ष एवं इतिहासको विकासप्रक्रियालाई चित्रण गरेर साहित्यकारले जनताको यथार्थबोध विकसित गर्न सकेको खण्डमा नै त्यस किसिमको साहित्यले आनो समाजरूपान्तरणकारी भूमिका निर्वाह गर्न सक्तछ । यसो गरेर साहित्यले जनचेतनालाई तीब्र र जागृत पार्दछ र पछि यही जागृत सामाजिक चेतना नै परिवर्तनकारी चेतनामा रूपान्तरित हुनपुग्दछ ।
यसरी नेपाली समाजको आजको वस्तुगत परिस्थिति, सामाजिक सम्बन्ध, जीवन–यथार्थ र चेतनाको स्वरूपलाई विश्वसनीय एवं यथार्थवादी तरीकाले चित्रण गर्ने, समाजव्यवस्था र त्यसभित्रको जनजीवनको यथार्थ स्थितिलाई छर्लड्ड हुनेगरी बोध गराउने, नेपालको रूपान्तरणको प्रक्रियामा सक्रिय रहेको नेतृत्व र त्यसका सहायक शक्तिहरूलाई चिनाउने, क्रान्तिकारी चेतनालाई दरिलो बनाउने, विकासशील शक्तिहरू अर्थात् सर्वहारा वर्ग र श्रमजीवी जनताहरूलाई जुनसुकै कुराहरूको बारेमा पनि सही किसिमले सोच्न, बुझ्न र त्यसअनुरूप काम गर्न सक्षम बनाउने र रूपान्तरणको संघर्षमा दिशा, दृष्टि र गति दिने कार्य गर्नुमा नै साहित्यको परिवर्तनकारी भूमिका व्यक्त हुन्छ । यथार्थका प्रमुख पक्षहरू, समाजको मुख्य अन्तर्विरोध, समाजले समाधानका निम्ति माग गरेका मुख्य समस्याहरू आदिलाई यथार्थवादी तरीकाबाट प्रतिबिम्बन गर्न सकेमा मात्र साहित्यले आनो यो भूमिका पूर्ति गर्न सक्दछ । आज नेपालको अर्धसामन्ती, अर्धऔपनिवेशिक शोषणयुक्त सामाजिक संरचना नै सम्पूर्ण उत्पीडित नेपाली जनताको प्रगति, आर्थिक विकास र समुन्नतिमा बाधक बन्न पुगेको छ । यस सामाजिक संरचनालाई जोगाएर राख्ने प्रयत्नमा शोषकवर्गीय शक्तिहरू लागेका छन् र तिनका विरुद्धको संघर्षमा नेपालको सर्वहारा वर्ग र अन्य उत्पीडित वर्गहरू रहेका छन् । यही कारण वर्तमान सामाजिक संरचनालाई ध्वस्त पारेर नया“ जनवादी सामाजिक संरचनाको निर्माण गर्ने नेपाली जनताको यथार्थका साथै तिनको संघर्षलाई गहन र जीवन्त रूपबाट प्रतिबिम्बित गर्ने, समाजका अग्रणी विचारहरूलाई उद्घोष एवं पुष्टि गर्ने र विकासशील शक्तिहरूको हितको रक्षामा साहित्य लेख्ने कार्यलाई प्रगतिवादले विशेष महŒव दिनु परेको हो ।
परस्परविरोधी वर्गमा विभाजित हाम्रो जस्तो समाजमा सबल, गतिशील शक्ति र विकासको स्रोत भनेको वर्गसंघर्ष हो र पुरानोको उन्मूलन र नया“, प्रगतिशील समाजव्यवस्थाको स्थापनाको कारक तŒव– सामाजिक क्रान्ति– वर्गसंघर्षको उच्चतम रूप हो । नेपाली समाजको आमूल परिवर्तनको माध्यम बन्न यही कारण साहित्यले वर्गसंघर्ष एवं सामाजिक क्रान्तिको पक्षमा आवश्यक भूमिका निर्वाह गर्नु अनिवार्य हुन्छ । उत्पादनका साधन एवं श्रमका उत्पादनमाथिको निजी स्वामित्व नै त्यस्तो आधार हो, जसले समाजलाई वर्गविभाजित गर्दछ । वर्गीय शोषण एवं समाजको वर्गीय विभाजनको आधार यही निजी सम्पत्ति र स्वामित्व नै हो । जुन समाजमा उत्पादनका साधन र श्रमको उत्पादनमा सबैको समान हैसियत हुन्छ, त्यहा“ न वर्ग हुन्छ, न त मानवले मानवमाथि गर्ने कुनै किसिमको शोषण नै हुन्छ । त्यसैले सामाजिक असमानता, गरिबी, अव्यवस्था, शोषण–उत्पीडन, कलहजस्ता सामाजिक खराबीहरूबाट उन्मुक्तिका निम्ति वर्गहीन समाजको स्थापना अनिवार्य शर्त मानिन्छ । त्यस्तो समाजको स्थापनाको लक्ष्य वर्गसंघर्षलाई उपेक्षा गरेर, ढाकछोप गरेर वा शोषक वर्गस“ग सम्झौता गरेर होइन, उत्पीडित वर्गभित्र वर्गचेतना अधिकतम मात्रामा विकसित गरेर र वर्गसंघर्षलाई तीब्रतम पारेर मात्र पूरा हुनसक्दछ । यही कारण, प्रगतिवादले परस्परविरोधी शक्तिका बीच चल्ने संघर्षलाई विशदता र समग्रतासाथ चित्रण गर्ने, समाजमा रहेका आधारभूत र प्रमुख अन्तर्विरोधलाई ठीक ढंगले व्यक्त गर्ने, वर्गसंघर्षस“ग सम्बन्धित र समाजले सरोकार राखेका विषयलाई प्राथमिकता दिने, आर्थिक, राजनीतिक र विचारधारात्मक जस्ता वर्गसंघर्षका विविध रूपहरूलाई प्रतिविम्बित गर्ने र साहित्यमा वर्गको महŒवलाई विशेष रूपबाट विकसित गर्ने कार्यलाई अत्यावश्यक ठान्दछ ।
साहित्य समाजको एउटा विचारधारात्मक अधिरचना हो । सत्तारूढ वर्गहरूले समाजलाई आनो स्वार्थ अनुकूल ढाल्न साहित्यलाई उपयोग गर्दै आएका छन् र ऐतिहासिक विकासअनुसार शोषक वर्गका विरुद्ध सचेत भएका वर्गहरूले पनि संघर्षको हतियारका रूपमा यसको उपयोग गरिरहेका छन् । नेपालमा प्रगतिवादी साहित्यको इतिहास यसैको ज्वलन्त उदाहरण हो । जसरी शासक वर्गको आर्थिक–राजनीतिक स्वार्थ शासित वर्गको स्वार्थस“ग टक्कराउ“छ, त्यसरी नै शासक वर्गको साहित्य–संस्कृतिस“ग शासित वर्गको साहित्य–संस्कृतिले अनिवार्यतया टक्कर लिनैपर्दछ । यसले विचारधारा, राजनीति, कला–साहित्य, नैतिकता जस्ता विषयहरूमा सर्वहारावर्गीय मूल्यमान्यता विकसित गर्नैपर्दछ र यी सबै विषयमा शासक वर्गले अघि सारेका मूल्यमान्यतामाथि आक्रमण गर्र्नैपर्दछ । वास्तविक साहित्य जनताका सौन्दर्यात्मक आदर्शहरू, न्याय तथा भलाइका बारेमा तिनका सोचहरू र स्वतन्त्रता र सुखका निम्ति तिनले गरेका आमूल परिवर्तनकारी संघर्षको मूर्तरूप हो । प्रगतिवादी साहित्यले आनो यो दायित्वबाट कहिल्यै पनि पलायन गर्न मिल्दैन । आजको प्रगतिवादी साहित्यले सामन्तवाद–साम्राज्यवाद (तिनका प्रतिनिधि नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सद्भावना पार्टी, दरबार र भारतीय एकाधिकारी पू“जीपति वर्ग र संयुक्त राज्य अमेरिकाले नेतृत्व गरेको विश्वसाम्राज्यवाद)को विरुद्ध हुने संघर्षमा क्रान्तिकारी उत्साह र प्रेरणा दिने, नया“ जनवादी आर्थिक–राजनीतिक व्यवस्थाको पक्षमा मत जाहेर गर्ने, मजदुर–किसान र निम्न–पू“जीपति वर्गका बीचमा एकता विकसित गर्ने र शासक वर्गप्रति घृणा उत्पन्न गर्ने कार्य गतिशील यथार्थको प्रतिबिम्बनको माध्यमबाट गरेको खण्डमा मात्र यसले वास्तवमै आमूल परिवर्तनको संघर्षलाई सहयोग पु¥याउन सक्तछ ।
आजको सन्दर्भमा प्रगतिवादी साहित्यको मूल दायित्व वर्तमान अर्धसामन्ती अर्धऔपनिवेशिक नेपालको शोषक–शासक समाजव्यवस्था र सामाजिक सम्बन्धहरूमा आमूल परिवर्तनका निम्ति उत्पीडित जनतामा आवश्यक चेतना जगाउनु र सामाजिक सम्बन्धहरूको एवं गतिशील यथार्थ र चेतनाको स्वरूपलाई सत्यपरक ढंगबाट यथार्थवादी तरीकाले प्रतिबिम्बित गरी एकातिर उत्पीडित जनसमुदायलाई जीवनको वास्तविकताबोध गराउनु हो भने अर्कातिर आमूल परिवर्तनकारी वर्ग र त्यसका सहायक मित्रशक्तिहरूलाई ब्यू“झाउ“दै आमूल परिवर्तनकारी चेतनालाई दरिलो बनाउने दिशा र दृष्टि दिनु हो । आफूलाई आमूल परिवर्तन तथा मानवमुक्तिको पक्षमा क्रियाशील बनाउन प्रगतिवादी साहित्यकार त्यतिखेर मात्र सक्षम र प्रभावकारी हुनसक्छ– जतिखेर उसले पू“जीवादी व्यवस्थाको विकल्पलाई मानवमुक्तिको प्रारम्भ ठानी पू“जीवादी व्यवस्था, संस्कृति र विचारधाराका विरुद्ध विद्रोह गर्दछ, सर्वहारावर्गको उद्देश्यसहित आनो रचनाशीलतालाई गा“सेर सृजना गर्दछ, इतिहासप्रक्रियाको केन्द्रीय कारण वर्गसंघर्ष हो भन्ने मान्दछ र साहित्यको वर्गीय स्वरूपलाई अंगीकार गर्दछ ।
सिद्धान्ततः यो कुरालाई स्वीकार गरेर पनि जनताका वर्गीय दुश्मनहरूस“ग मित्रवत् व्यवहार गर्ने, कतिपय सन्दर्भमा वर्गीय दृष्टिलाई परित्याग गर्ने र निर्वर्र्गीय मूल्य–मान्यता र चिन्तनलाई विस्तार गर्ने, आफूलाई आमूल परिवर्तनको पक्षधर मान्ने तर वर्तमान संसदीय प्रजातन्त्रलाई संस्थागत र सुदृढ गर्ने राजनीतिक वृत्तको प्रभावबाट आज कतिपय ‘प्रगतिवादी’ साहित्यकारहरू मुक्त हुन सकिरहेका छैनन् । वर्तमान नेपाली क्रान्तिको आधारभूत शत्रु सामन्त वर्ग, दलाल एवं नोकरशाही पू“जीपति वर्ग, विदेशी एकाधिकार पू“जीवाद र अन्तर्राष्ट्रिय साम्राज्यवाद हुन् भन्नेजस्ता कुराहरूलाई स्वीकार गरेर पनि यिनका विरुद्धको संघर्षलाई तीब्रता दिन आनाकानी गर्ने, वर्तमान शासनप्रणालीको वर्गचरित्रलाई प्रतिक्रियावादीका रूपमा मान्न अस्वीकार गर्ने र संसदीय प्रजातन्त्रलाई ‘संस्थागत र सुदृढ’ बनाउने कथित कार्यनीतिलाई व्यवहारमा रणनीतिक रूपमा अघि बढाउने राजनीतिको प्रभावस्वरूप केही साहित्यकारहरू पू“जीवादी साहित्यिक वृत्तमा फेला पर्ने स्थितिवादी यथार्थवाद (यथास्थितिवाद), नकारात्मक यथार्थवाद (यथार्थका नकारात्मक पक्षको चित्रणमा सीमित रहने, गुनासो गर्ने, विलाप गर्ने, गाली गर्ने) र यथार्थको सट्टा विविध किसिमका रुमानी भ्रमहरू प्रस्तुत गर्ने कार्यमा सीमित हुन खोजिरहेका देखिन्छन् । वास्तवमा यो आजको नेपालको अवस्था र आज स्थापित शासनव्यवस्थालाई सही रूपबाट बोध गर्न नसकेको स्थितिबाट उत्पन्न समस्या हो । २०४६ सालको जनआन्दोलनको परिणामस्वरूप शासनव्यवस्थाको रूपपक्षमा परिवर्तन आए पनि सारपक्षमा कुनै भिन्नता आएको छैन । हिजो पञ्चायतकालमा समाजको संरचना जस्तो थियो, आज पनि त्यही नै छ । नेपाली जनताका शत्रु र मित्र वर्गमा पनि खासै परिवर्तन आइसकेको छैन । आज पनि नेपाली जनता हिजोजस्तै शोषकवर्गको शोषण–उत्पीडन झेल्न बाध्य छन् । यस्तो अवस्थामा संवैधानिक राजतन्त्र र संसदीय व्यवस्थामाथि प्रहार गर्नुपर्ने आवश्यकता र औचित्यबारे अन्योल र अस्पष्टता रहनुपर्ने कुनै कारण देखिंदैन ।
वास्तवमा नेपालको वर्तमान अवस्था के हो र त्यसलाई कसरी हेर्ने ? यस सम्बन्धमा पनि केही चर्चा गर्नु आज अत्यावश्यक भएको मलाई लाग्दछ ।
हाम्रो देश नेपाल सामाजिक विकासको हिसाबले धेरै नै पछौटे, एक अर्धसामन्ती तथा अर्धऔपनिवेशिक सामाजिक संरचना भएको मुलुक हो । लामो समयदेखिको स्वदेशी
(सामन्ती) एवं विदेशी (औपनिवेशिक) शोषण–उत्पीडनका कारण आज विश्वका अधिकतम गरिब देशहरूको पंक्तिमा सबैभन्दा माथि यसको नाउ“ आउ“छ । नेपालमा आज व्याप्त अभाव, गरिबी, उत्पादनको असमान वितरण, लैंगिक एवं वर्गीय असमानता, बेरोजगारी, अशिक्षा, असुरक्षाको स्थिति, मह“गी, भ्रष्टाचार, हत्या, राज्यआतंक जस्ता अनगिन्ती सामाजिक रोगहरू यिनै स्वदेशी–विदेशी उत्पीडनका परिणाम हुन् । यसले के प्रष्ट पार्दछ भने सामन्तवादको पूर्ण उन्मूलन, संयुक्त राज्य अमेरिकाद्वारा नेतृत्व गरिएको विश्व साम्राज्यवाद, विशेषतः भारतीय विस्तारवादको विरुद्ध देशको स्वाधीनताको संरक्षण एवं विदेशी निर्भरता र नियन्त्रण हटाई स्वनिर्भर अर्थतन्त्रको निर्माण र अधिकतम रूपबाट जनताका पक्षमा राजनीतिक स्वतन्त्रता हासिल गर्नु नेपाली जनता र मुलुकका सामु रहेका खास समस्याहरू देखा पर्दछन् । यिनलाई संक्षिप्तमा नेपाली जनता र मुलुकसामु रहेका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आधारभूत समस्या पनि भन्न सकिन्छ ।
२००७ सालमा राणाशाहीको अन्त भएर देशले अन्तर्राष्ट्रिय रंगमंचमा प्रवेश गरेको पचास वर्ष बितिसक्दा पनि सामन्त–दलाल एवं नोकरशाह वर्गका शासकहरूको वर्गीय स्वार्थअनुसार स्वदेशी साधनस्रोत र विदेशी सहयोगको दुरुपयोगको कारणले गर्दा नेपालले उल्लेखनीय प्रगति गर्न सकेको छैन । मुठ्ठीभर मानिसहरू झन् झन् धनी बन्दैछन् भने झन् झन् बढी संख्यामा आम श्रमजीवी जनता गरिबीको रेखामुनि खस्क“दैछन् । रगतपसिना एकगरी मेहनत गर्ने जनताको निम्ति बा“च्ने समस्या अधिकतम रूपमा गम्भीर र जटिल बन्दो छ । त्यतिमात्र होइन, भारतीय शासक वर्गको विस्तारवादी नीतिहरूको कारणले गर्दा राष्ट्रिय संप्रभुता र क्षेत्रीय अखण्डतामाथि खतरा बढ्दो छ र सत्ताधारीहरूको साम्राज्यवादी तथा भारतपरस्त नीतिले यस खतरालाई झन् बढी गम्भीर बनाइरहेको छ ।
२०४६ सालको जनआन्दोलनले तीस वर्षको निरंकुश पञ्चायती शासनलाई ढाले पनि देशको अर्धसामन्ती एवं अर्धऔपनिवेशिक सामाजिक संरचनामा भने कत्ति पनि परिवर्तन ल्याएको छैन । पञ्चायती व्यवस्थाको अन्त भएको र देशमा संसदीय प्रजातन्त्रको बहाली भएको पनि बाह्र वर्ष बितिसकेको छ । यस अवधिमा बनेका लगभग एक दर्जन सरकारहरूले जनताको दुःखमाथि दुःख थप्ने वा वर्गीय शोषणलाई कायम राख्ने बाहेक कुनै पनि उल्लेखनीय सकारात्मक कामहरू गर्न सकेका छैनन् । थप उल्टो तिनले आर्थिक, सामाजिक एवं सांस्कृतिक सबै क्षेत्रमा अरू बढी संकटहरू थप्दै गएका छन् र राष्ट्रियताको समस्यालाई अत्यन्त गम्भीर बनाएका छन् । सन् १९१६ को सुगौली सन्धिद्वारा तत्कालीन ब्रिटिश भारतले नेपाललाई अर्धऔपनिवेशिक बनाउने कार्य गरे तापनि सन् १९२३ को व्यापार सन्धि, १९५० को शान्ति तथा मैत्री सन्धि जस्ता असमान सन्धिहरू लगायत कोशी–गण्डकी सम्झौता, सन् १९६५ को गोप्य सुरक्षासन्धि आदिका कारणबाट मुलुकको राष्ट्रियतामा धेरै प्रतिकूल असर पारिसकेको थियो । संसदीय व्यवस्थाको पुनर्बहालीपछि बनेका सरकारहरूले नेपालका सम्पूर्ण नदी, बजार र भारतीय मुद्रालाई साझा बनाउने २० जुन १९९० को नेपाल–भारतको संयुक्त विज्ञप्ति, टनकपुरको सन्धि, प्रम मनमोहन अधिकारीको पालामा बनेको महाकाली प्याकेजको घातक अवधारणाअनुरूप शेरबहादुर देउवाको पालामा भएको महाकाली सन्धि लगायतका विभिन्न सन्धि–सम्झौताद्वारा लगातार राष्ट्रघातमा सहयोग पु¥याउ“दै आएका छन् । केही सांसद्हरूको विरोधलाई अपवादका रूपमा राखेर हेर्ने हो भने नेपालको संसद्मा कथित राष्ट्रिय पार्टीहरूको सहमति र एकता यही राष्ट्रघातको विषयमा मात्र बन्न पुगेको देखिन्छ । पञ्चायतकै पालादेखि दार्चुलाको साढे सात लाख रोपनीभन्दा बढी जमीन भारतीय सेनाको कब्जामा अद्यावधि रहिरहेको छ र पचासौं ठाउ“मा भारतले सीमाअतिक्रमण गरिरहेका समाचारहरू हामी दिनदिनै पढिरहेका छौं । देशको आर्थिक, राजनीतिक क्षेत्रमा भारतीय विस्तारवाद र पश्चिमी साम्राज्यवादी शक्तिहरूको हस्तक्षेप निरन्तर बढिरहेको कुरा जगजाहेर जस्तै छ । यो सबै कुराले नेपालको राष्ट्रिय स्वाधीनता र अखण्डता खतरामा पर्दै गएको छ । कथित आतंकवादलाई समाप्त पार्ने निहु“मा अमेरिकालगायतका पश्चिमी साम्राज्यवादी देशको सहयोग खोज्ने शासकवर्गको प्रयत्न र त्यस्ता शक्तिहरूको आडभरोसा लिने व्यवहारले देशको शासनमा तिनको प्रत्यक्ष संलग्नता देखा पर्न थालेको छ र देश एक किसिमले तिनको नवउपनिवेशभन्दा अझ गंभीर अवस्थाबाट गुज्रिनु परिरहेको छ ।
मुलुकको अर्थतन्त्रको अवस्था पनि राष्ट्रिय अर्थतन्त्रको विनाश र कंगालीकरणको दिशातिर अघि बढिरहेको छ । एकातिर राष्ट्रिय अस्मिता बेचेर र देश चुसेर पालैपालो सत्तामा पुग्ने नेता र मुठ्ठीभर शासकहरूको जीवनस्तर यूरोपेली तहमा पुगेको छ भने अर्कातिर पूरै देश कंगालीकरणको नमूना बन्न पुगेको छ । देशको एकहत्तर प्रतिशतभन्दा बढी जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि जीवन गुजार्न विवश छ । मुलुकको वैदेशिक ऋण तीस अर्बबाट बढेर दुई सय अर्बको हाराहारीमा पुगेको छ र आज प्रत्येक नेपालीको शिरमा करिब दश हजार वैदेशिक ऋण्ँको भार छ । विदेशबाट प्राप्त सहायता अनुदान एवं अरबौंको ऋण र नेपाली जनताले तिरेको राजश्वबाट नमूनायोग्य कुनै विकास–निर्माणको काम शासकहरूले गरेर देखाउन सकेका छैनन् । भ्रष्टाचार र कमिशतन्त्रले संसदीय राजनीति र प्रशासनलाई ख्वाल्र्याप्पै निलेको छ । सरकारी स्वामित्वमा भएका केही कलकारखानाहरू र संस्थानहरू समेत बेचेर भ्रष्टाचार गर्ने काम भएको छ । अरबौंको बजेटघाटा, सरकारी कार्यालयको करोडौंको बेरुजु, अरबौंको व्यापारघाटा, विश्वसाम्राज्यवादले सिफारिश गरेको आर्थिक समायोजन, उदारीकरण, निजीकरण तथा खुल्ला बजार नीतिले राष्ट्रिय अर्थतन्त्र ध्वस्त जस्तै बनेको छ । विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष तथा तिनका नेपाली दलालहरू र एन.जी.ओ., आई.एन.जी.ओ. मिलेर मुलुक चुसिरहेका छन् र देशलाई आनो औंलामा नचाइरहेछन् । शिक्षा, स्वास्थ्य जस्तो विषय व्यापार बनेको छ । संकटकाल र सैनिक खर्चको निम्ति भैरहेको व्यभारले अर्थतन्त्र चल्न नसक्ने स्वीकृतिमा भएको कुरो राष्ट्र बैंकका गभर्नर नै गर्न थालेका छन् । देशको सबैभन्दा सृजनशील जनशक्ति युवा पुस्ताको एउटा ठूलो भाग रोजगारको खोजीमा विदेशिन र पराइको कमारो बन्न बाध्य भएको छ । बेरोजगारी र अर्धबेरोजगारीका कारण युवा पुस्ता विकृति, उच्छृङ्खलता र अराजकतातिर धकेलि“दो छ । उद्योगको विकास नाम मात्रको छ । औद्योगिक उत्पादनका नाममा रक्सी, वियर, चुरोट र कोकाकोलाको उत्पादन बढेको छ । विकासको नाममा केही ठूला होटलहरू, रेष्टु“रा, फनिर्सिड्ड हाउसहरू, ब्यूटीपार्लरहरू, सिनेमाघरहरू, सुपरमार्केटहरू र बोर्डिङ स्कूलहरू खुलेका छन् । राज्यआतंक र संकटकालका कारण ती पनि आज टाटपल्टिसकेको स्थितिमा पुगेका छन् । औंलामा गन्न सकिने शोषकहरूका केही ठूला विलासी ढंगका महलहरू बनेका छन् । देशलाई रातोदिन हलोकोदालो गरेर पालिरहेको कृषिप्रधान देशको कुल असी प्रतिशत जनता सबैभन्दा बढी मुलुकमा व्याप्त गरिबी, अभाव, पछौटेपन, रोगभोक र सामन्ती उत्पीडनको शिकार भएको छ । पा“च लाखभन्दा बढी कृषि–श्रमिक परिवार पूर्ण सुकुम्बासी अवस्थामा छ भने करिब त्यत्ति नै परिवारस“ग तीन कठ्ठाभन्दा कम मात्र जमीन छ । एकातिर देशको एक दशमलब पा“च प्रतिशत बसिखाने शोषकहरूको हातमा पन्ध्र प्रतिशत खेतीयोग्य जमिन छ भने अर्कोतिर देशका सत्तरी प्रतिशत गरिखाने किसानको हातमा केवल तीस प्रतिशत जमिन छ । अझ रमाइलो कुरा त के छ भने किसानहितको कुरो गरेर नथाक्ने सत्तारूढ पार्टीहरूले केही समयअघि मात्र मोहीलाई बेदखली गर्ने र आइन्दा किसानले जग्गाधनीको जमिनमा जति रगतपसिना पोखे पनि मोहियानी हक दावी गर्न नपाउने किसानमारा कानून पारित गरेका छन् । सिंचाइ सुविधाको अभाव, सस्तो रूपमा बीउविजन नपाउने समस्या, बैंकहरूको चक्रबृत्ति व्याजले किसानहरू क्रमशः सुकुम्बासी हुन बाध्य भैरहेका छन् ।
आज ०४६ सालको जनआन्दोलनबाट प्राप्त सीमित प्रजातान्त्रिक अधिकारमाथि समेत ठाडो अतिक्रमण भइरहेको छ । कथित प्रजातन्त्रमा रहेको फासिष्ट चरित्र आज प्रष्टतया मुखरित भइरहेको छ । शासक वर्गले संविधानले प्रदान गरेको वैधानिकतालाई निर्लज्ज उल्लंघन गरिरहेको छ । माओवादी समस्याको समाधानको मुख्य उपायको रूपमा चारैतिर प्रतिक्रियावादी हिंसा एवं श्वेतआतंक मच्चाइएको छ । यही क्रममा राज्यआतंक र नरहत्याका घटनाहरूमा दिनदिनै तीब्रता आइरहेको छ ।
त्यति मात्र नभएर आज संसदीय राजनीति पदलोलुपता, विलासी प्रवृत्ति, सुखसुविधा, पैसाको निम्ति जस्तोसुकै काम गर्न पछि नपर्ने घृणित खेलमा परिणत हुन पुगेको छ । संसद्वादी पार्टीका नेताहरू र सांसद्को एक मात्र काम कुर्सीको खोसाखोस र सत्ताको लागि मारामारमा सीमित रहेको छ– संसदीय प्रजातन्त्रको पुनर्बहाली यता । सांसद् र मन्त्रीहरू पैसामा किनबेच हुनु, रातो पासपोर्ट व्यापार गर्नु, चेलीबेटी बेचबिखन गर्नु, पजेरो–प्राडोको निम्ति हुरुक्क हुनु र त्यसको व्यापार गर्नु, सुरासुन्दरीको ओसारपसार गर्नु र नानाथरी भ्रष्टाचारमा चुर्लुम्म डुबेर भ्रष्ट बन्नु आज सामान्य संसदीय आचरण बन्न पुगेको छ । कुर्सी हत्याएपछि र राज्यको सा“चो हातमा पारेपछि जीवनका आदर्श, बाचा र इमान या“क्नु मन्त्री र सांसद्को निम्ति सहज कुरो भएको छ । सारांशमा नेपालको आजको अवस्था यही हो ।
मुलुकको यो गंभीर अत्यासलाग्दो अवस्थाका कारण जनतामा संसदीय व्यवस्थाप्रति असन्तोष बढ्नु र यसको विकल्पको खोजी हुनु अस्वाभाविक थिएन । आज कथित जनयुद्धले आफ्नो वर्चश्व स्थापित गर्नुमा उसको सही कार्यदिशा र नीतिको कारणभन्दा जनताको यही विकल्पको खोजीले बढी काम गरिरहेको छ भन्ने कुरा प्रष्ट नै छ । नेपालको वर्तमान अर्धसामन्ती अर्धऔपनिवेशिक सम्पूर्ण किसिमका शोषण–उत्पीडनबाट मुक्त साम्यवादी आदर्शअनुरूप नया“ जनवादी गणतन्त्रको स्थापना नेपालका आमूल परिवर्तनकारी शक्तिहरूले गर्दैआएका छन् र त्यसनिम्ति उनीहरू क्रियाशील पनि छन् । त्यस्ता शक्तिहरूमध्ये तुलनात्मक रूपमा वैचारिक हिसाबले बढी सही देखिएकाहरूले जनतामा आफ्नो वर्चस्व राम्ररी स्थापित गर्न नसकेको कारण खास खास सवालमा उग्रवामपन्थी, जडसूत्रवादी, अधिभूतवादी र व्यक्तिवादी–अराजकतावादी सोचहरूबाट र सामाजिक फासीवादी व्यवहारबाट ग्रस्त तथापि क्रान्तिकारी कित्तामा रहेको ‘जनयुद्ध’ चर्चा एवं आकर्षण–विकर्षणको विषय भएको छ ।
नेपालमा यथास्थितिको समर्थन गरेर प्रगतिवादी हुन सकिन्छ भन्ने अत्यन्त भ्रामक चिन्तन विकसित हुन खोजिरहेको देखिन्छ । यथास्थितिको समर्थन र प्रगतिको चाहना वास्तवमा एउटै कुरो होइन । वर्तमान सामाजिक संरचनालाई यथावत् राखेर त्यसभित्र सुधारका केही कामहरू गर्नु प्रगतिशील हुनु होइन । प्रगतिशील हुनका निम्ति वर्तमान सामाजिक संरचना एवं त्यसलाई टिकाउन प्रयत्न गर्ने शक्तिहरूको विरोध र तिनका विरुद्ध क्रियाशील रहेका वर्ग एवं जनसमुदायको स्वार्थको पक्षपोषण गर्नु अनिवार्य हुन्छ । तर एकथरी शक्तिहरू नेपाली समाज अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थामा छ, सामन्तवाद, दलाल तथा नोकरशाही पू“जीवाद र साम्राज्यवाद तथा विस्तारवाद नेपाल र नेपाली जनताका आधारभूत शत्रुहरू हुन् भन्ने कुरालाई स्वीकार गर्दागर्दै पनि सामन्त, दलाल तथा नोकरशाह पू“जीपति वर्गको वर्तमान प्रतिक्रियावादी राज्यसत्ता र प्रतिक्रियावादी संसदीय व्यवस्थाले नेपाल र नेपाली जनताका उल्लेखित शत्रुहरूलाई नै सुरक्षा गर्ने काम गरिरहेको छ र नेपाली समाजको आमूल परिवर्तनमा बाधाव्यवधान खडा गरिरहेको छ भन्ने कुरोलाई चाहिं नेपाली जनताबाट लुकाउने काम गरिरहेका छन् । उनीहरू हाक्काहाकी वर्तमान संसदीय प्रजातन्त्रलाई ‘संस्थागत गर्ने’ र ‘सुदृढ बनाउने’ नारा अघि सारिरहेका छन् । वास्तवमा नेपाली समाजलाई आमूल परिवर्तन गर्ने कुरो र वर्तमान संसदीय व्यवस्थालाई सुदृढ पार्ने नारा पूर्णतया एकअर्काका विरोधी छन् । २०४६ को जनआन्दोलनबाट प्राप्त केही सीमित उपलब्धिहरूको सुरक्षाको नारा प्रगतिशीलहरूका निम्ति उपयुक्त भए पनि वर्तमान संसदीय व्यवस्थालाई सुदृढ गर्ने नारा भने सर्वथा गलत छ । किनभने संसदीय व्यवस्थालाई सुदृढ गर्नु भनेको यथास्थितिलाई मजबुत पार्नु र वर्तमान प्रतिक्रियावादी वर्गहरूको वर्गीय स्वार्थ र आम जनतालाई दमन गर्ने तिनको राज्यसत्तालाई नै अरू सुदृढ बनाउनु हो ।
यो विषयलाई वर्गीय रूपबाट नहेर्ने परिपाटीबाट सृजित समस्या हो । प्रजातन्त्र भनेको राज्यसत्ताको एउटा रूप हो र राज्यसत्ता सत्तारूढ वर्गद्वारा अर्को वर्गको विरुद्ध र जनसंख्याको एउटा हिस्साद्वारा अर्को हिस्साको विरुद्ध व्यवस्थित बलप्रयोगको संगठन हो । नेपालमा स्थापित संसदीय प्रजातन्त्र (पू“जीवादी प्रजातन्त्र) यही वर्गीय आधिपत्यको उपकरण बाहेक अरू केही होइन । यो सीमित, बन्देजयुक्त, छा“टका“ट पारिएको, झुठो, पाखण्डी र धनीहरूका लागि मात्र अनुकूलको छ । गरिबी र अभावमा जीवन बिताउनु परेकाहरूले यसको उपयोग गर्न सक्दैनन् । वर्गीय अन्तर्वस्तुका कारणले यसले सत्तारूढ वर्गहरूको हित र शोषणपद्धतिको रक्षा गर्दछ र आम नेपाली जनताको इच्छालाई त्यतिखेरसम्म मात्र क्रियान्वित गर्दछ जबसम्म त्यस इच्छाले सत्तारूढ वर्गको हितमा आघात पु¥याउ“दैन । अर्को यो फासिष्ट प्रवृत्तिबाट सर्वथा मुक्त पनि हु“दैन । शोषक–शासक वर्गहरूको हितलाई अघि बढाउन, आम जनतालाई दमन गर्न र धोखा दिनका लागि प्रजातान्त्रिक भनिने संस्था र अधिकारहरू उपयोग हुने स्थिति रहेसम्म तिनलाई क्रियाशील हुन दिइन्छ । तर श्रमिक जनताले आफ्ना जायज मागहरूको पक्षमा तिनको उपयोग गर्न थालेपछि र त्यस्तो उपयोगले शोषक वर्गहरूको हितमा धक्का पुग्न थालेपछि भने प्रजातन्त्रको वैधानिकतालाई च्यातचुत पारेर शोषकहरूले खुल्ला रूपमा हिंसा र आतंकका फासिष्ट तरिकाहरू प्रयोग गर्दछन् । जनताबाट आफ्नो पक्षमा विचारधारात्मक सहमति लिन असक्षम हुने वित्तिकै पू“जीवादी प्रजातन्त्रले तानाशाही रूप ग्रहण गर्दछ । आजको संकटकाल यसकै प्रमाण हो । नेपालमा सरकार–माओवादी वार्ताको अघिल्लो दिनसम्म भइरहेको संविधानप्रदत्त अधिकारहरूको उल्लंघन र अखण्ड हत्या, आतंक पनि त्यसैको उदाहरण हो ।
सामन्तवादविरोधी पू“जीवादी क्रान्तिको युगमा, ऐतिहासिक विकासको एउटा निश्चित चरणमा आएर पू“जीवादी प्रजातन्त्रको उत्पत्ति भएको थियो र प्रजातान्त्रिक गणतन्त्र, राष्ट्रपतीय शासनप्रणाली, संवैधानिक राजतन्त्र, संसदीय शासनप्रणाली र फासिष्ट शासन आदि विभिन्न रूपमा यो प्रकट हुने गरेको छ । पू“जीवादी प्रजातन्त्र सामन्ती अधिनायकवादी शासनका विरुद्ध जनताको संघर्षको परिणाम हो भने संवैधानिक राजतन्त्र चाहिं पू“जीवादी प्रजातन्त्रवादी र राजतन्त्रात्मक अर्थात् सामन्ती शक्तिहरूका बीचको सम्झौताको उपज हो । मध्ययुगीन निरंकुश राजतन्त्रात्मक व्यवस्थाका तुलनामा यो प्रगतिशील हुन्छ तापनि पू“जीवादी प्रजातन्त्र विशाल बहुसंख्यक श्रमजीवी जनतामाथि मुठ्ठीभर शोषकहरूको आधिपत्य राख्ने र तिनको हितको संरक्षण गर्ने साधन एवं पू“जीवादी अधिनायकत्व नै हो । आमूल समाज रूपान्तरणकारी विचारहरूको व्यापक प्रचारका लागि र वर्गसंघर्षको संगठन एवं विस्तारका लागि यसले निरंकुश शासनव्यवस्थामा भन्दा बढी अवसर एवं माध्यम प्रदान गर्दछ । यही नै यसको एक मात्र प्रगतिशील पक्ष हो । पू“जीवादी प्रजातन्त्रको यस प्रगतिशील पक्षलाई अतिरञ्जित गरेर सत्तारूढ वर्गबाट आर्थिक लाभ, पद एवं स–साना सहुलियतहरू लिएर सिद्धान्त एवं नीतिको परित्याग गर्नेहरू संसदीय प्रजातन्त्रलाई समाजको आमूल परिवर्तन ल्याउने काममा लगाउन सकिन्छ र शान्तिपूर्ण उपायबाट, संसद्मा बहुमत ल्याएर आमूल परिवर्तनको कार्यक्रम पूरा गर्न सकिन्छ, यस निम्ति क्रान्तिकारी वर्गसंघर्ष र सशस्त्र संघर्षको कुनै आवश्यकता छैन भन्ने निष्कर्ष निकाल्दछन् । यही कारण, उनीहरू आफ्ना सम्पूर्ण राजनीतिक तथा सांगठनिक गतिविधि यही विश्वासबाट निर्देशित गर्दछन् र पू“जीवादी संसद्लाई आफ्नो राजनैतिक क्रियाकलापको मुख्य क्षेत्र बनाउने गर्दछन् । त्यतिमात्र नभएर उनीहरू कतिपय सन्दर्भमा प्रजातन्त्रलाई अवर्गीय चीजको रूपमा समेत ग्रहण गर्दछन् । उनीहरूका दृष्टिमा संसदीय प्रजातन्त्रमा मौलिक प्रजातान्त्रिक अधिकारहरूको उपस्थितिका कारण, त्यहा“ कुनै वर्गको आधिपत्य रहेको हु“दैन । यो एकदमै गलत चिन्तन हो । मध्ययुगीन सामन्ती शासनव्यवस्थाका तुलनामा पू“जीवादी प्रजातन्त्र प्रगतिशील भए पनि यो प्रजातन्त्र अल्पसंख्यक केही शोषकहरूको वर्गीय हितको संरक्षण गर्ने साधन मात्र हो । वर्तमान सन्दर्भमा यस अन्तर्गत स–साना सुधारहरू, वर्गीय शोषणमा आमूल परिवर्तनकारी खतरा नपु¥याउने किसिमका सुधारहरू हुन सक्दछन्, जनसंघर्षको माध्यमबाट केही सहुलियतहरू प्राप्त हुन सक्दछन्, तर शोषक वर्गको हातबाट श्रमजीवी जनताको हातमा सत्ता स्थानान्तरण गर्ने र तत्कालीन शोषण–व्यवस्था उन्मूलन गरी नया“ समाजव्यवस्थाको निर्माण जस्तो महान्, गंभीर र आमूल परिवर्तनकारी काम पूरा हुन सक्दैन । त्यसका निम्ति त ठूलठूला वर्गसंघर्षको, क्रान्तिको अनिवार्यता हुन्छ, हुन्छ । पू“जीवादी प्रजातन्त्रको ठाउ“मा जनताको प्रजातन्त्र वा समाजवादी प्रजातन्त्रको स्थापना क्रान्तिकारी उपायबाट मात्र संभव छ ।
ज्या“ पाल सात्र्र कुनै प्रगतिवादी साहित्यकार होइनन् । उनी समेत के भन्ने गर्थे भने ‘कुनै युगको साहित्य आफ्नो युगलाई समग्रतामा आत्मसात् गर्नु बाहेक अरू के हो र ?’ आजको अवस्थामा प्रगतिवादी साहित्यकारले पनि आफ्नो युगलाई समग्रतामा आत्मसात् गर्दै त्यसलाई माथि उल्लेख गरिएको अवस्थाअनुरूप साहित्यमा प्रतिबिम्बन गर्न सक्नुपर्दछ । आफ्नो युगलाई अर्थात् यतिखेरको सामाजिक, आर्थिक, राजनीतिक अवस्थालाई समग्रतामा आत्मसात् गर्ने प्रक्रियामा नै साहित्यले आजको युगको यथार्थलाई उद्घाटित, निरूपित र प्रस्तुत गर्दछ । यस्तो खालको साहित्यबाट आफ्नो वास्तविक स्थितिका सम्बन्धमा परिचय प्राप्त गरेर नै जनताले आफ्नो मुक्तिको संघर्षलाई अघि बढाउने हो । साहित्यको आन्तरिक द्वन्दात्मक प्रक्रियाको एउटा विशेषता के हो भने एकातिर यसले सामाजिक यथार्थ, सामाजिक सम्बन्धहरू र समाजमा सक्रिय भौतिक वैचारिक शक्तिहरूको क्रियाशीलताको प्रतिबिम्बन गर्दछ भने अर्कातिर प्रभावकारी रूपबाट सामाजिक परिवर्तनको प्रेरक शक्ति र चेतनाको पनि निर्माण गर्दछ ।
युगको समग्र यथार्थको प्रतिबिम्बन गर्नु भनेको कुनै खण्डित यथार्थ अर्थात् ‘नवीन यथार्थ’ वा कथित पुरानो यथार्थमा मात्र सीमित रहेर साहित्य सृजना गर्नुपर्दछ भन्ने होइन । गतिशील यथार्थको सक्रिय प्रतिबिम्बनको क्रममा यथार्थप्रति इमानदार साहित्यकारले समाजलाई सम्पूर्णमा प्रतिबिम्बन गर्न सक्ने स्थिति र संभावना रहेकाले साहित्यकारले एकातिर आफ्नो वर्गको सीमा नाघ्न सक्तछ भने कतिपय अवस्थामा साहित्यकारको घोषित चिन्तन र वर्गीय विचारधारा अनुरूप नै रचनामा यथार्थको प्रतिबिम्बन नहुने संभावना पनि रहन्छ । वास्तविक सामाजिक यथार्थलाई प्रतिबिम्बन गरिएको यथार्थको समकक्षमा राखेर मूल्यांकन गर्ने र त्यस कृतिले आम जनताको हितलाई व्यक्त गर्छ कि गर्दैन, जनताका बैरीहरूको हितविरुद्ध त्यस्तो कृतिको उपादेयता छ कि छैन ? भन्ने आधारमा मात्र हामीले साहित्यकारलाई प्रगतिवादी हो कि प्रगतिवादी होइन भनी मूल्यांकन गर्ने गर्नुपर्दछ । प्रगतिवादको काम नया“ वा पुरानो यथार्थको संकुचित सीमारेखा नकोरी आजको नेपालको समग्र यथार्थलाई प्रस्तुत गर्ने, उत्पीडित जनताको स्वार्थलाई व्यक्त गर्ने र प्रतिक्रियावादको स्वार्थका विरुद्ध उभिने रचनाहरू सृजना गर्नु हो । प्रगतिवादको आजको दायित्व यो र ऊ यथार्थको विवाद सृजना गर्नुभन्दा बढी जीवनसत्यताको अवधारणाअनुरूप साहित्य सृजन गर्नु, क्रान्तिकारी विकासको क्रममा यथार्थलाई प्रतिबिम्बन गर्नु, समाजवाद एवं साम्यवादको भावनाअनुरूप जनतालाई वैचारिक एवं सौन्दर्यात्मक शिक्षा दिनु, सर्वहारा वर्ग एवं उत्पीडित जनसमुदायलाई आलोचनात्मक यथार्थवादले झैं दुःख भोगिरहने, शोषण–दमन सहेर मात्र बसिरहने सहनशील र समर्पणवादी वर्गका रूपमा मात्र चित्रित नगरी आन्तरिक र बाह्य बन्धनबाट आफू र सम्पूर्ण मानवजातिलाई मुक्त गर्ने आफ्नो कर्तव्य, अधिकार एवं क्षमताप्रति सजग, जुझारु र संघर्षशील वर्गका रूपमा चित्रण गर्नु, बाह्य यथार्थको चित्रणमा सीमित नरही अतीत, वर्तमान र आगत तीनोटै यथार्थलाई भविष्यदृष्टिसहित व्यक्त गर्नु हो । यसो गर्दा साहित्यकारले यथार्थलाई आधार बनाउने, त्यसलाई सटीक रूपबाट चित्रण गर्ने, त्यसको सार प्रस्तुत गर्ने, त्यसमा हुने विकास, गति र संघर्षलाई अनुभव गराउने, त्यसको संभाव्यपूर्ण चित्र प्रस्तुत गर्ने र संघर्षका क्रममा विकसित हुने सकारात्मक पात्रहरूलाई उभ्याउने कार्य गर्नुपर्दछ । सारमा भन्नुपर्दा गत शताब्दीका विश्वका महान् प्रगतिवादी साहित्यकार बर्तोल्त ब्रेख्तले यथार्थवादको उद्देश्य भनेर जे कुराहरू औंल्याएका थिए, ती आज पनि प्रगतिवादी साहित्यकारका निम्ति आदर्शको विषय बनेका छन् । उनले भनेका थिए– ‘समाजको कार्यकारणप्रक्रियाका जटिलताहरू अन्वेषण गर्नु, समाजमा प्रभुत्वमा रहेको शासक वर्गको विचारधारालाई अनावरण गर्नु, तत्काल मानवसमाजले जुन भीषण कठिनाइहरू भोग्नु परिरहेको हो, तिनबाट मुक्ति पाउन सर्वाधिक व्यापक उपायहरू प्रस्तुत गर्ने सर्वहारा वर्गको दृष्टिकोणबाट रचनाहरू सृजना गर्नु, विकासशील तŒवहरूलाई महŒव दिनु, संभावनाहरूलाई मूर्त रूप दिनु र ठोस वस्तुस्थितिबाट संभावित सामान्य निष्कर्ष निकाल्नु यथार्थवादको उद्देश्य हो ।’ वास्तवमा यो प्रगतिवादको पनि उद्देश्य हो र आजको अवस्थामा प्रगतिवादी साहित्यले माथि उल्लेख गरिएको अवस्थालाई आफूमा समावेश गरी बे्रख्तले भनेकै कार्यहरू गर्नुपर्दछ । यसो नगर्ने साहित्य प्रगतिवादी साहित्य हुन सक्दैन ।
– सानेपा, ललितपुर

000
---------------------------------------------------------------

नयाँ जनवादी क्रान्तिमा साहित्य र कलाको भूमिका 
- चैतन्य


१. विषयको थालनी 
नेपाल र नेपाली जनताको अर्धसामन्ती एवम् अर्ध/नवऔपनिवेशिक शोषण–उत्पीडनबाट मुक्तिका लागि सर्वहारावर्गको नेतृत्वमा सामन्तवाद, साम्राज्यवाद र विस्तारवादका विरुद्ध नयाँ जनवादी गणतान्त्रिक व्यवस्थाको स्थापना आजको ऐतिहासिक आवश्यकता हो । के कुरा निश्चित हो भने नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि गाउँले शहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्ध आवश्यक पर्दछ । यसका निम्ति बन्दूकधारी सेनाको भूमिका प्रमुख देखिन आउँछ । परन्तु के पनि त्यतिकै निश्चित हो भने मान्छेको दिल र दिमाखबिना हातले मात्र बन्दूक चल्न सक्दैन । बन्दूक समाउने हातहरु क्रियाशील एवम् जुझारु बनाउन आवश्यक हुन्छ । ठीक यसैकारण क्रान्तिका लागि बन्दूकधारी सेनाका साथै संस्कृतिधारी सेनाको पनि आवश्यकता पर्दछ र क्रान्तिमा कलासाहित्यले यसै संस्कृतिधारी सेनाको भूमिका खेल्दछन् ।
साहित्य र कला समाजको आर्थिक जगमा खडा उपरिसंरचनाका विशिष्ट रुप हुन् । राजनीति, दर्शन, कानून, साहित्य–कला आदिको विकास आर्थिक विकासमा आधारित हुन्छ । परन्तु ती सबैले एकअर्कोलाई प्रभावित पनि पार्दछन् । सामाजिक चेतनाको निर्माण सामाजिक सत्ताबाट हुन्छ र सामाजिक सत्ताको रुपान्तरणका लागि सामाजिक चेतनाले पनि महत्वपूर्ण भूमिका खेल्दछ । वस्तुको चेतना र चेतनाको वस्तुमा रुपान्तरण हुन्छ । 
माओ भन्नुहुन्छ– “आजको दुनियाँमा सम्पूर्ण संस्कृति र कलासाहित्य निश्चित वर्गहरुका नै हुन्छन् । तिनलाई निश्चित राजनीतिक कार्यदिशा अनुरुप ढाल्ने गरिन्छ । वास्तवमा ‘कलाका लागि कला’को सिद्धान्त मान्ने कला, वर्गहरुभन्दा माथि रहने कला र राजनीतिबाट अलग रहने अथवा स्वतन्त्र रहने कला नामको कुनै चीज हुँदैन । सर्वहारावर्गको कलासाहित्य सम्पूर्ण क्रान्तिकारी कार्यको एक अंग हो, लेनिनका शब्दमा त्यो सम्पूर्ण क्रान्तिकारी मेसिनका दाँती र पेचकै समान छ ।”
हामीले नेपाली नयाँ जनवादी क्रान्तिमा साहित्यकलाको भूमिकाबारे उल्लेख गर्दा उपर्युक्त माक्र्सवादी–लेनिनवादी–माओवादी मान्यतालाई दह्रोसँग पकड्न जरुरी छ । आज नेपाली साहित्यकला आन्दोलनका सामु अनगिन्ती समस्या खडा छन् । ती सबैको यहाँ उल्लेख गर्न सम्भव छैन । परन्तु सर्वाधिक महत्वका समस्याहरुबारे आवश्यक छलफल र अन्तक्र्रियासहित सहि निष्कर्षमा पुगेपछि नै जनवादी क्रान्तिमा यसको भूमिकाको पक्ष राम्ररी स्पष्टिनेछ ।
२. साहित्यकलाको विकासको दिशालाई बझ्ने समस्या :
नेपालमा लामो समयदेखि साहित्यकलाको फाँटमा प्रतिगामी, प्रगतिवादी र संशोधनवादी धाराहरुबीच सङ्घर्ष चल्दै आएको छ । यस सङ्घर्षमा प्रतिगामी तथा प्रगतिवादी धाराबीच प्रमुख अन्तरविरोध रहेको छ र यसले नै साहित्यकला आन्दोलनको गति र दिशालाई प्रभावित पार्ने निर्धारक कारकको काम गरेको छ ।
सामन्ती आभिजात्यवाद र बुर्जुवा आधुनिकतावादको मिलनबाट प्रतिगामी धाराको निर्माण भएको छ । स्तुतिवाद, धार्मिक मतवाद, वर्गसमन्वयवाद, यौनवाद, शून्यवाद, निराशावाद, पलायनवाद, विसङ्गतीवाद, व्यवसायवाद यस धाराका स्वर र प्रवृत्तिगत मूल विशेषता हुन् । प्रयोगवाद र रुपवाद यसका शिल्पगत मान्यता हुन् । यस धाराले आफुमा सड्दैगल्दै आएका सामन्ती हिन्दू धार्मिक मतवाद तथा श्रृङ्गारवाद, साम्राज्यवादी–फासीवादी भ्रष्टता, यौनवाद, अराजकता र भारतीय विस्तारवादी र रहस्यवाद तथा अंश्लीलताका साथै संशोधनवादका सामाजिक साम्राज्यवादी–फासीवादी अधःपतनका समग्र विकृत एवम् मरणाशील तत्वहरुलाई सारसङ्ग्रहवादी ढङ्गले समाहित गरेको छ । यसले गतिशील यथार्थ होइन, भ्रमको, जनहितको होइन निजी हितको, सौन्दर्य होइन कुरुपताको चित्रण गर्दछ । सामन्त, नोकरशाह एवम् दलाल पूँजीपति वर्ग, त्यसको सत्ता र वर्तमान राजतन्त्रतात्मक संसदीय व्यवस्थाको सेवा तथा जनता र क्रान्तिको विरोध गर्नु त्यसको मूल उद्देश्य हो । यद्यपि नेपालको कला साहित्यमा यो धारा अवश्यै प्रभावी रहेको छ, परन्तु यो स्वयं सङ्कटग्रस्त छ । यो अन्तर्वस्तु र रुप, आत्मगत र वस्तुगम, पक्ष, स्वतन्त्रता र आवश्यकतावीचका अनेकौँ अन्तर्विरोधहरुमा उम्कनै नसक्ने गरी फँस्तै गएको छ । 
प्रतिगामी धारा विपरीत नेपाली जनताको वर्गसङ्घर्षको विकासको गतिसँगै लोककला र जनवादी परम्पराका ऐतिहासिक सामग्रीलाई परिमार्जित गर्दै तथा सर्वहारा समाजवादी यथार्थवादी धारासँग आबद्ध हुँदै नेपालमा लामो समयदेखि प्रगतिवादी तथा नयाँ जनवादी कला र साहित्यको धाराले आफ्नो क्रान्तिकारी झण्डा उठाउँदै आएको छ । सङ्घर्षका क्रममा यसले आफुलाई राम्रोसँग स्थापित गरिसकेको छ । रुप र सङ्ख्याका दृष्टि तुलानात्मक रुपमा कमजोर रहे पनि सार र गुणका दृष्टिले यो मजबुद बन्दै गएको छ । नेपाली समाजको विकास सिङ्गो भावधारा र भविष्यलाई कलात्मक अभिव्यक्ति यसै धारामा छ । यहि जिम्मेवारी र दिशाबोधका साथ यो प्रभावी ढङ्गले अघि बढिरहेको छ । 
संशोधनवादी र प्रगतिवादी धाराबीचको अन्तविरोध नेपाली कलासाहित्य फाँटको आजको अर्को अन्तरविरोध हो । संशोधनवाद सारतः प्रतिगामी चिन्तनकै एउटा रुप भएकोले यसको आफ्नै स्वतन्त्र मौलिक विशेषता हुन्न । यसले रुपमा प्रगतिवादी र सारमा प्रतिगामी धाराबाट सामग्री जुटाउने गर्दछ । त्यसैले यो स्वभावतः सारसङ्ग्रहवादी हुन्छ । वर्गसङ्घर्षका विरुद्धमा वर्गसमन्वयमा जोड दिनु, क्रान्तिकारी विचारधारा, राजनीति र सौन्दर्यचिन्तनको अर्थात् माक्र्सवादी–लेनिनवादी–माओवादी सौन्दर्यदृष्टिको विरोध तथा विकृतीकरण गर्नु, प्रगतिवादी र प्रतिगामी मान्यताबीच निकै अमूर्त बनेर प्रस्तुत हुनु, निष्क्रियता, तटस्थता, उदासिनता र उदारतामा जोड दिनु, यौनवाद, बुर्जुवा मानवतावाद र रुपवादको पक्षपोषण गर्नु र क्रान्तिकारी कलासाहित्यलाई जड्सूत्रवादी तथा यान्त्रिकतावादी बताउँदै भँडुवा विकासवादी सिर्जनशीलतामा जोड दिनु यस धाराका मूल विशेषता हुन् । आज नेपालमा संशोधनवादको अर्थात् पक्षधर लेखक–कलाकारहरुको एउटा ठुलो हिस्साले प्रतिगामी धाराका सामु आत्मसमर्पण गरी आफुलाई उल्टो दिशामा रुपान्तरण गरि सकेको छ । आज यसरी साहित्य र कलाको फाँटमा विद्यमान संशोधनवादले एकातिर सङ्कटग्रस्त प्रतिगामी फाँटमा आवश्यक मलजल हालेर त्यसलाई पुनर्जीवित गर्ने र अर्कोतिर जीवनशील प्रगतिवादी फाँटमा विभिन्न ढङ्गका भ्रमहरु सिर्जना गर्दै त्यसलाई दिशा बिहिन तुल्याउने द्वैध प्रकारका भुमिका–निर्वाह गरिरहेको छ ।
यो स्थितिमा विचारधारा र कलासिर्जना दुवै क्षेत्रमा प्रतिगामी एवम् संशोधनवादी धाराद्धारा खडा गरिएको थप समस्या र चुनौतीहरुको सामना गर्ने कुरामा ध्यान दिँदै क्रान्ति र जनताप्रतिको जिम्मेवारीबोधलाई गम्भीरताका साथ हृदयङ्गम गरी अघि बढ्ने काममा प्रगतिवादी धाराका लेखक–कलाकारहरु अत्याधिक सचेत, क्रियाशील र दृढ रहन जरुरी छ ।
३. साहित्यकलाको भूमिकालाई ठीकसित बुझ्ने समस्या :
क्रान्तिका लागि साहित्यकलाले के कस्तो भूमिका खेल्न सक्तछ ? यो समस्यालाइ माथिका विषय र सन्दर्भहरुसँगै गाँसेर हेर्नुपर्छ । प्रतिक्रियावाद, संशोधनवाद र सम्पूर्ण खाले जीवनविरोधी प्रवृतीहरुसँग सङ्घर्ष नचलाई र वैचारिक तथा भावनात्मक रुपान्तरणको दिशामा समाहित नभई साहित्यकलाले नयाँ जनवादी क्रान्तिमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्न नसक्ने नै हुन्छ । त्यसैले यी दुवै आधारभूत समस्याहरुको सहि ढंगले बोध गर्दै तथा तिनको समाधान गर्दै साहित्यकलाको जसरी र जुन क्षेत्रमा आफ्नो भूमिका निर्वाह गर्न सक्तछ, त्यस पक्षलाई यहाँ निम्नानसार बुँदामा उल्लेख गर्न सकिन्छ :
१. शोषण, उत्पीडन, अशिक्षा र गरिबीले ग्रस्त जनतामा सरल र प्रभावकारी रुपमा जीवनको मूल्यबोध गराउनु ।
२. जनताका दुश्मनप्रति घृणा र मित्रहरुप्रति प्रेमभाव जगाउँदै वर्गचेतना जागृत गर्नु ।
३. जनताको रुचि, भावना तथा संस्कारसंग संबन्धित सकारात्मक पक्षलाई विकसित गर्ने, कमजोर पक्षलाई हटाउने र उनीहरुको वैचारिक तथा भावात्मक रुपान्तरण गर्ने काममा मद्दत पु¥याउनु ।
४. जनतामा धनीभूत ढंगले सामूहिक भावधाराको सृष्टि गर्नु तथा सौन्दर्यचेतना जगाउनु ।
५. जीवन र क्रान्तिको भविष्यबारे आशावादी दृष्टि अवलम्वन गर्न प्रेरित गर्नु ।
६. क्रान्तिको आवश्यकताबोध र समाज–रुपान्तरणका लागि जनतालाई सचेत एवम् क्रियाशिल बनाउनु ।
सामाजिक चेतनाका अन्य रुपहरु भन्दा भिन्न साहित्यकलाद्धारा यो भूमिका दुई रुपमा सम्पन्न हुन्छ–पहिलो, विशिष्ट अर्थबोध, भाषा, शब्द, ध्वनि तथा रंगरेखाको अभिव्यक्तिका बीचबाट र दोस्रो, सौन्दर्यबोधीय नियमका माध्यमबाट । यस अर्थमा साहित्यकलाको आफ्नै विशिष्ट स्वत्व हुन्छ । परन्तु त्यो निरपेक्ष र विशुद्ध हुन सक्तैन । संज्ञानात्मक, विचारधारात्मक, सांस्कृतिक एवम् सौन्दर्यपरक ढंगले जीवनको मूल्यबोध गराउनु र प्रशिक्षित गर्नु साहित्यकलाको विशिष्ट कार्य हो । आजको जमानामा साहित्य र कलाको क्षेत्रमा यसप्रकारको भूमिका निर्वाह गर्न काम जीवनबाट पृथक यान्त्रिक भौतिकवादी आदर्शवादी एवं. सौन्दर्यवादी लेखक–कलाकारद्वारा होइन, सामाजिक जीवन र वर्गसंघर्षको भावधारालाई कलात्मक ढंगले प्रतिबिम्बित गर्न समर्थ द्वन्द्वात्मक एवं, ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणले समृद्ध लेखक–कलाकारद्वारा नै सम्पन्न हुनसक्छ । क्रान्ति र सौन्दर्यबोधबीच घनिष्ट सम्बन्ध हुन्छ । साहित्य र कला वर्ग संघर्षमा संलग्न जनता र जनयोद्धाहरुका सामूहिक मनोभावनाका प्रतिबिम्ब नै हुन्, जसले मूल कार्य वर्गीय सम्बेदनालाई प्रखर, प्रभावी र घनीभूत ढंगले अभिव्यक्ति दिनु हुन्छ । यसको उद्देश्य जनता र क्रान्तिको सेवा गर्नु हुन्छ । नेपाली प्रगतिवादी कला साहित्यले यही भूमिका खेल्दै आएको छ र आजको नेपाली समाजको वर्ग संघर्षको भावधारालाई यसले अझै सशक्त रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता छ । 
४. वैचारिक तथा भावनात्मक रुपान्तरणको समस्या
वैचारिक तथा भावनात्मक रुपान्तरण एक वर्गको अर्को वर्गमा रुपान्तरण हो । यो उल्टो र सुल्टो दुवै दिशामा सम्पन्न हुन सक्छ । क्रान्तिको जटिल स्थितिमा कैयौं गैरसर्वहारा वर्गीय लेखक कलाकारहरु सर्वहारा र कैयौं प्रगतिवादी लेखक–कलाकारहरु गैरसर्वहारा पङ्क्तिमा सामेल हुन पुग्छन् । नेपालमा पनि यस्तो हुँदै आएको छ । वर्गसङ्घर्षका आरोह अवरोहका क्रममा यस्तै भइरहन्छ । परन्तु माक्र्सवादी–लेनिनवादी–माओवादी दृष्टिकोणको मूलभूत मान्यता के हो भने पुँजीवादले समाजवाद र समाजवादले साम्यवादमा फड्का् हान्छन् । यसरी हेर्दा भावनात्मक रुपान्तरणको सिद्धान्तलाई उल्टो होइन सुल्टो अर्थमा ग्रहण गर्नुपर्दछ ।
वैचारिक तथा भावनात्मक रुपान्तरणको समस्या सौन्दर्यचिन्तनको केन्द्रीय समस्या हो । यो व्यक्तिको समूहमा, व्यक्तिगत भावको सामूहिक भावमा, व्यक्तिवादको समाजवादमा, गैरसर्वहारा वर्गको सर्वहारा वर्गमा र अन्ततः वर्गीयताको वर्गविहीनतामा रुपान्तरण र पुनःसंस्कारसँग सम्बन्धित समस्या हो । 
क्रान्तिकारी साहित्य–कलामा अभिव्यक्त भावधारा कुनैपनि व्यक्तिपरक भावधारा नभई सामुहिक भावधारा हुन्छ । भावको साधारणीकरण वा प्रारुपीकरणबाट जनताको मनोभावको एउटै भावधारामा सामान्यिकरण हुन पुग्छ । त्यो बेला हजारौं, करोडौं दिल दिमागहरुले दुश्मनप्रति घृणा र मित्रहरुप्रति प्रेम गर्न थाल्दछन् । जनतामा भित्री हृदयदेखि नै वर्ग चेतना जागृत भएर आउँछ । यो स्थितिमा जनताले आफ्नो जीवनको मूल्यबोध गर्दछ । ऊ केवल तटस्थ प्रेक्षक वा द्रष्टा भएर बस्दैन, समाजकै रुपान्तरण र उदात्त आदर्शका लागि सचेत एवं क्रियाशील बनेर वर्गदुश्मनका विरुद्ध सङ्घर्षमा भिड्दछ । मुक्ति सङ्घर्षको योद्धा बन्नुलाई उसले गौरवको विषय ठान्दछ र त्यसैमा आनन्दानुभूति प्राप्छ गर्छ । यसरी जनताको रुचि, संस्कार र भावनामा रुपान्तरण हुँदै जान्छ । क्रान्तिमा साहित्य र कलाले ठीक यसै भूमिका निर्वाह गर्दछन् ।
जनताको वैचारिक तथा भावनात्मक रुपान्तरणका लागि स्वयं लेखक कलाकारहरुको भावनात्मक रुपान्तरण एक अनिवार्य आवश्यकता हो । यस प्रकारको रुपान्तरण चरणवद्ध रुपमा हुँदै जाने प्रक्रिया हो । यस निम्ति विविध सङ्घर्ष र आन्दोलनका आवश्यकता पर्दछ । वैचारिक तथा भावनात्मक रुपान्तरणका क्रममा निम्न कुरामाथि ध्यान दिन जरुरी छ । 
१) माक्र्सवाद–लेनिनवाद–माओवाद र त्यसप्रकारमा सिद्धान्तमा आधारित सौन्दयचिन्तनलाई आत्मसात गर्नु ।
२) नेपाली नयाँ जनवादी क्रान्तिको तथा दीर्घकालीन जनयुद्धको राजनीतिक तथा फौजी कार्यदिशाको महत्वलाई बुझ्दै त्यसै दिशामा ढालेर कलाकृतिको सृष्टि गर्नु । 
३) सांगठनिक हुनु र एकता, सङ्घर्ष रुपान्तरणको प्रक्रियालाई राम्रोसँग अवलम्बन गर्नु । 
४) वर्गसङ्घर्षको बीचमा जानु, जनताको बीचमा जानु, सिक्नु र सिकाउनु ।
५) नयाँनयाँ कृतिको सृष्टि गर्दै एकपछि अर्को छलाङ हान्दै अघि बढ्नु ।
६) संशोधनवाद, नवसंशोधनवादका विरुद्ध जुध्दै जानु ।
यस अतिरिक्त आज हामीले विश्वमा भइरहेका समाजवादी तथा नयाँ जनवादी आन्दोलन, पेरु, फिलिपिन्स, भारत लगायतका विभिन्न देशहरुको जनयुद्धका संस्कृति अनुभवहरुबाट पनि आफूलाई समृद्ध पार्दै जाने काममा विशेष ध्यान दिनु जरुरी छ । विश्व सर्वहारा वर्गका आजका सजिव, सांस्कृतिक अनुभवहरुले हामीलाई रुपान्तरित बनाउनका लागि राम्रो मद्दत पुर्याउँछन् । 
क्रान्तिको उज्ज्वल भविष्यप्रति वैज्ञानिक आशावादी दृष्टि नै एक यस्तो कुँजी हो, जसले हरेक लेख, कलाकारहरुलाई रुपान्तरिक हुन भित्री हृदयदेखि नै प्रेरित गर्दछ । आज हामीलाई यसै दृष्टिको आवश्यकता छ ।
५.संयुक्त मोर्चाको समस्या :
नयाँ जनसांस्कृतिक आन्दोलनमा मूलतः वैचारिक तथा भावनात्मक रुपान्तरणकै समस्यालाई प्राथमिकता दिनुपर्दछ । तर साथै क्रान्तिका लागि साहित्यकलाको फाँटमा संयुक्त मोर्चा पनि एक जरुरी सवाल र आवश्यकता हो भन्ने कुरालाई बिर्सन हुँदैन । हाम्रो विचार वा मान्यतासँग पूरै वा अंशतः सहमत हुन नसक्ने परन्तु विभिन्न ढंगले क्रान्तिमा सघाउ पु¥याउने र अन्य कैयौं देशभक्त जनवादी वा वामपन्थी लेखक, कलाकारहरुप्रति प्रशस्तै छन् । हामीले ती सबैसँग मिलेर काम गर्ने कुरामा विशेष ध्यान दिन जरुरी छ । यस निम्ति एक भरपर्दो संयुक्त मोर्चा आवश्यक बन्न गएको छ । क्रान्तिको आवश्यकताअनुरुप विभिन्न समयमा विभिन्न ढंगका संयुक्त मोर्चा बन्न सक्दछन् र तिनका मागहरु पनि फरकफरक हुने गर्दछ । परन्तु पहिले नेपाली नयाँ जनवादी क्रान्तिले जुन संयुक्त मोर्चाको अपेक्षा गरेको छ, त्यस निम्ति निम्न बुँदामा समान सहमतिको आधार खोज्न सकिन्छ । 
१) देशीय सामन्तवाद विरुद्ध जनवादी क्रान्तिका लागि सहमति ।
२) साम्राज्यवाद र भारतीय विस्तारवादका विरुद्ध राष्ट्रिय मुक्ति संघर्षका लागि सहमति । 
३) सामन्ती, धार्मिक रुढिवादी, भ्रष्ट पुँजीवादी एवं सबैखाले अवैज्ञानिक तथा हैकमवादी चिन्तन र मूल्य मान्यताका विरुद्ध वैज्ञानिक चिन्तन र मूल्य मान्यताको स्थापनाका लागि सहमति । 
४) वर्ग समन्वयवाद तथा शान्तिपूर्ण संक्रमणको सिद्धान्त मान्ने संशोधनवादी चिन्तनको विरुद्ध नेपाली नयाँ जनवादी क्रान्तिका लाथि जनयुद्धको भूमिकाप्रति सहमति ।
यस निम्ति हरेकले हरेकको स्वतन्त्रताको कदर गर्र्दै तथा परस्पर मैत्रीपूर्ण आलोचना चलाउँदै जानुपर्छ । यसबारे अन्तरक्रियाको थालनी गर्नु आवश्यक छ । 
प्रतिगामी साहित्यकलाको धाराले उपर्युक्त विषयलाई ठीक विपरीत दिशामा प्रवाहित गर्ने काम गर्दै आएको छ । यसको मूल उद्देश्य जनताको रुचि, भावना र संस्कारलाई सामन्तवादी, साम्राज्यवादी तथा विस्तारवादी स्वार्थअनुरुप सामन्त, दलाल तथा नोकरशाही पुँजीपति वर्गको हितअनुरुप ढाल्दै लग्नु र जनतालाई क्रान्तिप्रति विमुख तुल्याउनु हो । 
नेपालमा लामो समयदेखि साहित्यकलाका फाँटमा संशोधनवादको अस्तित्व पनि कायम रही आएको छ र आज यसले प्रतिक्रियावादको सेवा गरिरहेको छ । प्रतिगामी धाराका साथै संशोधनवादी धाराको पनि मूल उद्देश्य जनतालाई दिग्भ्रमित पार्दै प्रतिगामी वर्गको सेवा र क्रान्तिको विरोध गर्नु हो । 
आज नेपालको कला साहित्य फाँटमा प्रतिगामी र प्रगतिवादी धाराबीचको अन्तरविरोध नै प्रधान अन्तरविरोध हो । यी दुई भिन्न धाराका कला साहित्यले पनि ठीक यसरी गुणात्मक ढंगले भिन्न भूमिका खेलिरहेका छन् । संशोधनवादी धारा यी दुई बीचमा खेल्ने गर्छ । परन्तु यस धाराका कैयौं लेखक कलाकारहरु प्रतिगामी कित्तामा गिर्दै आएका छन् र आज यो क्रम निकै तीव्र भएको छ । यो स्थितिमा प्रगतिवादी धाराका सामु आज क्रान्तिका लागि निकै ठूलो ऐतिहासिक जिम्मेवारी खडा छ । तसर्थ यस धाराका लेखक कलाकारहरुले आफ्नो सही भूमिका निर्वाह गर्नका लागि प्रतिगामी तथा संशोधनवादी धाराका विरुद्ध संघर्ष चलाउनुका साथै जीवन र कला, अन्तरवस्तु र रुप, सरल र स्तरीयता, स्वतन्त्र र प्रतिबद्धताबीच द्वन्दात्मक सम्बन्ध कायम गर्दै रचनाको निर्माण र प्रसारण गर्ने काम अत्यधिक सचेत र क्रियाशील हुन जरुरी देखिन्छ । 
आज आवश्यकता विविध विधाहरुको सृष्टि र विकास गर्नुका साथै गीत, संगीत, नाटक र नृत्य फाँटमा विशेष ध्यान दिनुमा छ । किनभने जनता जगाउने कार्यमा यिनकै भूमिका प्रभावी हुँदै आएको छ । त्यसका साथै मगर, गुरुङ, लिम्बु, तामाङ, थारु, मैथिली, नेवारी, नेपाली आदि सबै भाषामा रचना सृष्टि गरी विविध जातिका जनतालाई ब्युँझाउनेतर्फ पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । लोक कला र लोक शैलीको आज प्रतिगामी कित्ताबाट धेरै नै उपेक्षा हुँदै आएको छ । यसको संरक्षण, परिमार्जन र विकासबारे पनि त्यत्तिकै ध्यान दिनुपर्ने आवश्यकता छ । किनकि क्रान्तिका लागि लोक कला र लोक शैलीको भूमिका विशिष्ट हुन्छ । 
मूलतः उपयुक्त प्रकारको संघर्ष र सिर्जनात्मक कार्यको सम्पादनबाटै नयाँ जनवादी क्रान्तिमा कला साहित्यको सांस्कृतिक सेनाको भूमिका सम्पन्न हुनसक्दछ ।
६. उपसंहार
नयाँ जनवादी क्रान्तिमा साहित्य कलाको भूमिकाबारे यसरी जुन कुरा उल्लेख गरियो । त्यसमा कैयौं महत्वपूर्ण कुरा छुट्न गएका छन् । आवश्यता, बहस र अन्तरक्रियाका बीचबाट नै चिजलाई बढी परिस्कृत तुल्याउन र समस्याहरुको समाधान गर्दै जान सकिनेछ । आज नेपाली क्रान्तिको प्रगतिवादी लेखक, कलाकारहरुसँग आआफ्ना कलम, कुची र मादल बोकेर पट्यारलाग्दो निरन्तरता तोड्दै वर्गसङ््घर्षका बीचबाट गुणात्मक ढङ्गले नया नयाँ कृतिहरुको सृष्टि गरी जनता ब्युँझाउनका लागि जोडदारा आह्वान गरिरहेको छ । त्यसलाई सबैले अत्यधिक गहिराइका साथ हृदयंगम गर्नु नै अहिलेको हाम्रो प्रमुख काम हो । 

000

-----------------------------------------------------

जनताको साहित्य र साहित्यकार 
- हरिबहादुर श्रेष्ठ 

साहित्यका थुप्रै विधाहरू छन्। सबैजसो शिक्षितहरूले साहित्यका कुनै न कुनै विधामा रुचि राख्छन्। अपवाद विरलै होला। मानिसहरूलाई साहित्य पढ्न जति रुचि हुन्छ साहित्यकार बन्ने चाहना पनि त्यतिकै प्रवल हुन्छ। त्यसैले अधिकांश शिक्षितहरूले साहित्यका कुनै एक विधामा कलम चलाएकै हुन्छन्। कतिपयका कलम तिखारिँदै जान्छ र स्थापित हुन्छ भने कतिपयका कलम छिट्टै बोधो हुन्छ र हराउँछ। साहित्यकार बन्न चाहने र साहित्यकार बनिसकेकालाई समेत यो पुस्तकले आफूलाई कस्तो र कसको लागि साहित्यकार बन्ने भन्ने प्रश्नको उत्तर र प्रेरणा दिन्छ। 
'साहित्य के हो?' यस पुस्तकको पहिलो विषय हो। यसमा समाज दुई वर्ग चुसाहा वर्ग र चुसाएर बस्ने वर्गमा विभाजित भएको व्याख्यासहित ती वर्गको परिचय दिइएको छ। शोषक वर्गले आफ्नो हुकुमलाई कायम राख्न तरवारको बलले मात्र शोषित वर्गलाई दबाउन नसकेपछि साहित्यको राजनीति गर्छ भनी लेखिएको छ। साहित्य राजनीतिको हतियार भएकोले साहित्य पनि वर्गीय हुने तथ्य स्पष्ट गरिएको छ। यसरी साहित्य र कला राजनीतिबाट अलग हुन्छन्, साहित्य स्वान्तसुखायको लागि हो जस्ता भ्रमलाई चिर्दै कामदार वर्गको साहित्यले वर्गीय चेतना फैलाउँदै वर्गसङ्घर्षलाई बढाउने प्रभावशाली हतियार हो भनी ठोकुवा गरिएको छ। 
'प्रतिक्रियावादी र प्रगतिशील साहित्य' शीर्षकमा लेखकले ती दुवैको सरल भाषामा उदाहरणसहित परिचय दिएका छन्। ती साहित्यका आ–आफ्ना उद्देश्य र प्रभावको व्याख्या गर्दै प्रतिक्रियावादी साहित्यले समाजको प्रगतिमा तगारो हाल्ने र प्रगतिशील साहित्यले जनता अर्थात् देशका बहुसङ्ख्यक किसान–मजदुर र कामदार जनताको सेवा गर्ने ठहर प्रस्ट लेखिएको छ। 
'साहित्यले जनताको कसरी सेवा गर्छ?' शीर्षकमा सङ्घर्षशील जनताको पक्षमा लेखेर साहित्यकारहरूले जनताको सेवा गर्छन्। यस्ता साहित्यले जनताको मनोबल उठाउँछ। शोषक, अन्यायी, अत्याचारी, आक्रमणकारीहरूको विरोधमा लेख्नु जनताका लेखक, कवि र कलाकारहरूको काम हो भनी लेखकले साहित्यकारहरूलाई घच्घच्याएका छन्। 
'पात्र र पात्रको चुनाव' शीर्षकमा साहित्य 'समाजको ऐना' मात्र बनाउन नहुने, वर्गसङ्घर्ष र जनताको जनवाद ल्याउने सङ्घर्षको एक सशक्त हतियार बनाउनुपर्छ भन्ने लेखकको ठम्याइ छ। आफ्नो रचनाका पात्र जीवनबाटै चुने पनि जस्ताको तस्तै प्रस्तुत नगरी आफ्नो कलाबाट ज्यान थपिदिनु र चम्काइदिनु नै लेखक, कलाकारको काम हो। 
'पात्रहरूको चुनावबारे' शीर्षकमा पात्रहरू जीवन सङ्घर्षबाटै प्राप्त गर्नुपर्ने र यसका लागि लेखक कलाकारहरू सङ्घर्षमै जानुपर्छ भनी लेखकले औंल्याएका छन्। सङ्घर्षमा होमिएका र खारिएका लेखकले नै जनतामा प्रभाव छोड्ने जीवित पात्र चुन्न सक्छन् भन्ने लेखकको ठम्याइ छ। 
'हामी आदर्शवादी वा यथार्थवादी?' शीर्षकमा आदर्श शब्द अर्थ्याउँदै उदाहरणीय र अनुकरणीय पात्र र साहित्यको पक्षमा उभिँदै जनताका साहित्यकारहरू आदर्शवादी पनि हुन्छन् भनिएको छ। साथै यथार्थमा आधारित आदर्शवादी साहित्य र आदर्शले सिंगारिएको यथार्थवादी साहित्यले जनताको सङ्घर्षलाई सहयोग पुर्‍याउने लेखकको निचोड छ। 
'के सबै यथार्थवादी साहित्य प्रगतिशील हुन्छन्?' शीर्षकको रचनामा एक समयको प्रगतिशील साहित्य अर्को समयमा जतिसुकै यथार्थवादी भए पनि प्रगतिशील नहुने सत्य उघारिएको छ। दास युगमा लेखिएका सामन्तवादी साहित्य र सामन्ती युगमा लेखिएका पूँजीवादी साहित्य समयकालको आधारमा प्रगतिशील हुन्छ तर समाजवादी युगमा ती सबै साहित्य यथार्थवादी भए पनि प्रगतिशील हुन नसक्ने र नहुने विश्लेषण गरिएको छ। सारमा सबै यथार्थवादी साहित्य प्रगतिशील हुँदैनन् भनी ठोकुवा गरिएको छ। 
'के सबै प्रगतिशील साहित्य मार्क्सवादी हुन्छन्?' शीर्षकमा 'सबै मार्क्सवादी साहित्य प्रगतिशील हुन्छन् तर सबै प्रगतिशील साहित्य मार्क्सवादी हुँदैनन्' वाक्यबाट रचना सुरु गरिएको छ। प्रगतिशील भन्नासाथै युग र समयको तुलनाको कुरा आउँछ भने मार्क्सवादमा वर्ग र दर्शनको। प्रगतिशील तत्त्वहरूमा कम्युनिष्ट र मार्क्सवादीहरू सबैभन्दा अघिल्लो पङ्क्तिमा आउने र सबै वर्ग र दर्शनभन्दा मार्क्सवाद अगाडि बढेको हुनाले सबै प्रगतिशील साहित्य मार्क्सवादी हुँदैन तर सबै मार्क्सवादी साहित्य प्रगतिशील हुने दाबी गरिएको छ। 
'यथार्थवादी साहित्यको विकास' शीर्षकमा दास र सामन्ती युगका साहित्यकारले ईश्वर, धर्म, स्वर्ग–नर्क आदि लेखेर राजामहाराजाहरूको गद्दी, शोषण, अत्याचारलाई जोगाउन काल्पनिक साहित्य लेखेर जनतालाई 'भेडो' बनाएका थिए। तर युग बदलियो, विज्ञानले प्रगति गर्न थालेपछि मानिसहरूमा चेतना बढ्यो, हेर्ने आँखा फेरिन थाले र भौतिकवादी दृष्टिकोण विकास भयो। त्यसैको परिणाम यथार्थवादी साहित्यको विकास भयो। (प्रकाशकीय टिपोटमा यो रचना अपुरो भएको उल्लेख छ।) 
'उदाङ्ग्याउनुको अर्थ के हो?' शीर्षकको रचनामा लेखकले उदाङ्ग्याउनु अर्थात् शोषक वर्गका अन्याय, अत्याचार, अपराध आदिको पोल खोल्नु, नङ्ग्याउनुमात्र जनताका साहित्यकारको काम होइन भनेका छन्। त्यस्ता यथार्थलाई प्रस्तुत गर्नुका साथै शोषण, दमन, उत्पीडनविरुद्ध जनताको सङ्घर्षमा सहायक हुने विषयवस्तुलाई अगाडि ल्याउनुपर्छ। सारमा समाजलाई कसरी बदल्ने भन्ने मुख्य समस्याको समाधान दिनुलाई लेखकले उदाङ्ग्याउनु हो भनी अर्थ्याएका छन्। 
'उदाङ्ग्याउने र खोट देखाउने कसरी?' शीर्षकमा लेखकले जनतामा चेतना र देशभक्ति भावना बढाउने, जनताका सङ्घर्ष र क्रान्तिलाइ सघाउ पुर्‍याउने ढङ्गले उदाङ्ग्याउने र खोट देखाउनुपर्ने बताएका छन्। 
'जनताको खोट किन र कसरी देखाउने?' शीर्षकमा किसान मजदुरहरू पनि समाजकै उपज भएकाले समाजका खराबीहरूबाट सबै मुक्त हुँदैनन्, सङ्घर्ष गर्न जानेका हुँदैनन्, राज्यसत्ता कब्जा गर्ने अनुभवको कमी कमजोरीलाई छलफल, आलोचनाबाट तिनीहरूलाई सुधार्ने, नयाँ जोश थप्नेतर्फ खोट देखाउने क्रममा जनताका साहित्यकारहरूले ध्यान दिनुपर्ने विषय औंल्याइएको छ। 
'जनताको साहित्यकार कसरी बन्ने?' शीर्षकमा कामदार वर्गको पक्षमा कलम चलाउने साहित्यकारमात्र जनताको साहित्यकार हुने स्पष्ट गर्दै लेखकले जनताको साहित्यकार हुन सबभन्दा पहिले जनताको माझमा जानुपर्ने र जनताको समस्यालाई लिएर लेखिएको साहित्यलाई जनताले मन पराउने र साहित्यकारलाई आफ्नो मान्छे ठान्ने स्पष्ट गरेका छन्। 
'के जनताको साहित्य 'प्रचार साहित्य' हो?' शीर्षकमा विनाछलछाम 'जनताको साहित्य' जनताको प्रचार साहित्य' भएको स्वीकार गर्दै 'हरेक वर्गले साहित्यलाई आ–आफ्नो वर्गीय स्वार्थको ज्यावलको रुपमा उपयोग गर्दै आएको' तथ्यलाई स्पष्ट गरिएको छ। साहित्यलाई वर्ग र राजनीतिबाट अलग र चोखो भन्नेहरूले जालसाझी र बेइमानी गरेको ठहर गर्दै रामायण, महाभारत, गरुड पुराणलगायतका साहित्य दासमालिक, सामन्त र शोषक वर्गकै हित गर्ने 'प्रचार साहित्य' हो भनी ठोकुवा गरिएको छ। त्यसैले जनताको साहित्य शोषित, उत्पीडित र कामदार वर्गको 'प्रचार साहित्य' हो र दास मालिक, सामन्त, पूँजीपतिलगायतका शोषक वर्गका 'प्रचार साहित्य' कामदार वर्गका लागि कागजका खोस्टा हुन् भनिएको छ। 
'साहित्यकारहरूको अन्तर्राष्ट्रिय कर्तव्य' शीर्षकमा विकास र प्रगतिले एक देशका शोषक वर्गले अरु देशका जनतालाई समेत शोषण गर्ने, उपनिवेश बनाउँदै साम्राज्यवादको जाँतोमा पिल्सिने भन्दै विदेशी शोषक वर्ग, तिनका स्वदेशी दलाल र आक्रामक शक्तिको पक्ष र विपक्षमा सङ्घर्ष हुन्छ। उपनिवेशवादी र आक्रमणकारी देशमा पनि त्यहाँका शोषित–पीडित जनता सङ्घर्ष गरिरहेका हुन्छन्। अन्य देशमा पनि स्वतन्त्रता र मुक्ति आन्दोलन भइरहेको हुन्छ। कुनै पनि देश अन्तर्राष्ट्रिय घटनाको प्रभावबाट अलग रहन सक्दैन। त्यसैले जनताका साहित्यकार, जनताको सेवा गर्न राजनीतिमा लागेकाहरूको विश्वका कुनै पनि भागमा स्वतन्त्रता र मुक्ति सङ्घर्षको समर्थन गर्नु अन्तर्राष्ट्रिय कर्तव्य हो, त्यो समर्थन आफ्नै सङ्घर्षको सफलताको निम्ति पनि आवश्यक छ भनिएको छ। 
'जनताको साहित्यमा कला पक्षको महत्त्व' शीर्षकको रचना पुस्तकको अन्तिम रचना हो। यसमा साहित्यमा कलापक्ष हुनैपर्छ, जनताको साहित्यमा पनि कलापक्ष रहेको छ भन्दै जनताको साहित्यको कलापक्ष सुनमा सुगन्ध हो, तीतो औषधिको चक्कीमा गुलियो पोतेको मीठो स्वाद हो भनिएको छ। शोषक वर्गको साहित्यमा पनि कला पक्ष छ तर त्यो 'विषको चक्कीमा गुलियो पोतेको मिठास हो।' यसरी जनतालाई हानि पुर्‍याउने कलाको पक्षमा लेखक नरहेको र जनताका साहित्यकारहरू भ्रममा पर्न नहुने स्पष्ट गरिएको छ। 
शोषक वर्गका लेखक, समालोचकहरूलाई जनताको साहित्यमा कलापक्ष छ भन्नासाथ आफ्ना वर्गीय साहित्य खोस्टा, बोक्रे र खस्रा हुने डर रहेको सत्य पनि रचनामा उघारिएको छ। 
सारमा भन्ने हो भने जनताको साहित्यमा विचार प्रवल हुन्छ, कलाको जलप हुन्छ जुन सामन्त र पूँजीवादीहरूको निम्ति कहिल्यै मान्य र ग्राह्य हुनसक्दैन। शोषक वर्गले जलप देखाएर पित्तललाई सुन भनी जनतालाई ठग्न र भ्रमित पार्न खोज्छन्। जनताको साहित्य र शोषक वर्गको साहित्यमा कला पक्षको मुख्य भिन्नता यही देखिन्छ। 
लेखक हरिबहादुर श्रेष्ठले आजभन्दा चार दशकअघि साहित्यसम्बन्धी लेख र छलफलहरूको सङ्कलन गरी प्रकाशित यस सरल र सहज भाषाको पुस्तकको पृष्ठ ६८ रहेको छ। यस पुस्तकले स्थापित र नवोदित साहित्यकारहरूलाई पनि जनताको साहित्यबारे रचनात्मक र सिर्जनात्मक आलोक दिने र छर्ने आशा र विश्वास अझै गर्नसकिन्छ।


000

No comments:

Post a Comment